• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

खेलकुदमा बजेट : कीर्तिपुरमा राति क्रिकेट हेराउने लक्ष्य, खेलाडीलाई आजीवन भत्ताको आश्वासन

64x64
नेपाल लाइभ आइतबार, जेठ १५, २०७९  २०:२३
1140x725

काठमाडाैं-सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदतर्फको बजेट २८ करोड घटाएको छ।  अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ छुट्टाएको जानकारी दिएका हुन्।

यसअघि सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। सरकारले बहुप्रतिक्षित मूलपानी मैदान निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्नेसहित पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको छ। यता राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ।

खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनिक-निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकूदका पुर्वाधार निर्माण र सञ्चालन, जुम्लामा हाईअल्टिच्युड स्पाेर्ट्स एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्न बजेट विनियोजन गरिएकाे छ। 

कीर्तिपुर मैदानमा राति क्रिकेट
सरकारले देशको एकमात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई रातिसमेत खेल गराउन सक्ने गरि स्तर उन्नति गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दै यसै आर्थिक वर्षमा राति पनि खेल गराउन ‘फ्लड लाइट’ जडान गर्ने घोषणा गरेका हुन्। 

गत पुसमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले त्रिवि क्रिकेट मैदानमा  ‘फ्लड लाइट’ राख्ने प्रक्रिया सुरु गरेको बताएका थिए। त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’ अभावमा रातको समयमा खेल हुन सकेको छैन। त्यसैले नेपाली खेलाडीले  ‘फ्लड लाइट’मा खेल्नुको अनुभव गर्न सकेका छैनन्। यसले अन्तर्राष्ट्रिय स्तरमा खेल्न जाने नेपाली खेलाडीको प्रदर्शनमा पनि प्रभाव पार्ने गरेको छ।

त्यस्तै कतिपय प्रतियोगितामा एकै दिन दुई खेल गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा साँझको समयमा पुगेका खेल स्थगित पनि हुने गरेको छ। पछिल्लो पर्याप्त प्रकाशको कमी भएकै कारण गत वर्ष एभरेस्ट प्रिमियर लिग (ईपीएल)कै खेल सुपर ओभर पनि हुन सकेको थिएन।

त्यस्तै, फ्डलाइटमा खेल नहुँदा क्रिकेट आयोजकले साँझमा खेल हेर्न आउने खेलाडीबाट आउने टिकट मूल्य बराबरको आम्दानी गर्न सकेको छैन। नेपाल क्रिकेट संघ क्यानले रातिकाे समयमा पनि क्रिकेट प्रतियोगिता आयोजना गर्न लामो समयदेखि सरकारसँग  ‘फ्लड लाइट’ जडानका लागि बजेट माग गरिरहेको थियो ।

मूलपानी रंगशालाको काममा तीव्रता
करिब दुई दशकदेखि निर्माणाधीन अवस्थामा रहेको मूलपानी क्रिकेट रंगशालाको काम यसै वर्षभित्र सम्पन्न गर्ने अर्थमन्त्री शर्माले बताए। मूलपानीमा करिब २० हजार दर्शक क्षमताको अत्याधुनिक क्रिकेट रंगशाला निर्माण थालिएको थियो। तर, २०६० सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास गरिएको रंगशालाको काम कछुवा गतिमा बढिरहेको छ। अहिले पनि मूलपानी (तल्लो) क्रिकेट रंगशाला अहिलेसम्म निर्माणाधीन छ।

nimb
nimb

यस परियोजनका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा बजेट विनियोजन हुँदै आएको छ। अहिलेसम्म यो परियोजनाका लागि सरकारले ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ। अहिले पनि सरकारले आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण पूरा गर्ने लक्ष्य
सरकारले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण पूरा गर्ने भएको छ।  धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन रामपुरमा बनाउन सुरु गरेकाे गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम गत भदौदेखि स्थगित छ। रंगशाला बनाउँदा ऋण लागेको भनेर फाउन्डेसनले काम अगाडि बढाउन नसक्ने भन्दै  स्वामित्व ग्रहण गर्न भरतपुर महानगरपालिका र मन्त्रालयलाई पत्र काटेको थियो। 

फाउन्डेसनका अनुसार रंगशाला निर्माणको काम ३५ प्रतिशतको हाराहारीमा मात्रै पूरा भएको छ। रंगशाला बनाउन तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो। सो रकम फाउन्डेसनले जुटाउनुपर्ने थियो। तर, कोरोना प्रकोप बढेसँगै सहयोग जुट्न नसकेको, काम अगाडि बढाउँदा ऋण बढ्दै गएको कारण देखाएर फाउन्डेसनले विशेष परिस्थिति आएको भन्दै अपुरो रंगशालाको स्वामित्व हस्तान्तरण गर्न भरतपुर महानगर र मन्त्रालयलाई पत्र लेखेकाे थियो। फाउन्डेसनलाई रंगशाला बनाउन भरतपुर महानगरपालिका–१५ मा २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराइएको थियो।

सो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको हो। सो जग्गामा रंगशाला बनाउन दुवै विश्वविद्यालयका उपकुलपतिले ०७५ साल असोज १९ मा महानगरलाई सहमति दिएका थिए। अहिलेसम्म ५४ करोड रुपैयाँबराबरको निर्माण भएको फाउन्डेशनको दाबी छ।

कोहलपुरमा महिला क्रिकेट एकेडेमी
सरकारले बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ मा निर्माणाधीन अवस्थामा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा खेलकुदमन्त्री गहतराजले गत मंसिरमा शिलान्यास गरेका थिए।

एकेडेमीको शिलान्यास गर्दै गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताएका थिए। एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डिपिआर तयार भइसकेको बताउँदै उनले आफ्नै कार्यकालमा पूर्वाधार निर्माणको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। 

रात्रिकालीन खेल सञ्चालन गर्न सकिने तथा आवासीय सुविधासहित अन्तर्राष्ट्रिय स्तरमा निर्माण गरिने एकेडेमीको लागत १ अर्ब २२ करोड अनुमान गरिएको छ। बहुवर्षीय योजनामा रहेको एकेडेमी आगामी ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

नवौं राष्ट्रिय खेलकुदलाई प्राथमिकता
सरकारले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको छ। गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद चार महिना पछाडि सरेर असोज–कात्तिकमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले गत मंगलबार यो निर्णय गरेको हो। त्यसअनुसार अब असोज २८ देखि कात्तिक ३ सम्म नेपाली खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव हुनेछ। 

यसअघि प्रतियोगिता जेठ २२ देखि २८ सम्म हुने तय भएको थिय। तर, खेलकुदमन्त्री गहतराजले पत्रकार सम्मेलन गर्दै सबै पक्षको सल्लाहमा प्रतियोगिता सार्ने निर्णय भएको जानकारी गराएका थिए। प्रतियोगिता पछाडि सरे पनि यसलाई लिएर पूर्वनिर्धारित कार्यक्रम भने त्यसैअनुसार सञ्चालन हुनेछ। नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ औं एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ। एसियाली खेलकुद स्वयं पछाडि सरेको स्थितिमा राष्ट्रिय खेलकुद पनि पछाडि सरेको हो। प्रतियोगितामा ३६ खेल समावेश हुनेछन्।

समावेश खेलमा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आईटीएफ तेक्वान्दो,सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ रहेको छ । रग्बी पहिलो पटक समावेश गरिएको हो। दुई परम्परागत ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ।

यसका साथै सरकारले दशौं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार तयार गरिने जनाएको छ।

२० वर्षे गुरुयोजना 
खेलकुदको दीर्घकालीन विकासको ठोष लक्ष्यसहित सरकारले २० वर्षे गुरुयोजना निर्माण गर्ने भएको छ। नेपालको खेलकुदमा यसअघि पनि अन्तर्राष्ट्रिय सफलतामा आधारित दीर्घकालीन योजना तयार गरिएको थियो। तर, पूर्वाधार, प्रशासनिक र प्रतियोगितामा आधारित गुरुयोजनाका लागि भने अहिलेसम्म काम भएको छैन।

राष्ट्रिय खेलकुद परिषदले यसअघि भिजन २०२० र ‘स्कुल टू ओलम्पिक’को नारासहित अन्तर्राष्ट्रिय उपलब्धीको दीर्घकालीन लक्ष्य निर्धारण गरे पनि सफल हुन सकेको थिएन। सरकारले खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनिक-निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहित गर्ने बताएको छ। 

यसका लागि जुम्लाको टोप्ला पाटनलगायत स्थानमा ‘हाई अल्टिच्यूड’ स्पोटर्स एण्ड ट्रेनिङ्ग सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको छ। सरकारले एक खेलग्राम कार्यक्रमलाई निरन्तरता दिएको छ। सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्रामको निर्माण गरिने भएको छ। 

खेल पूर्वाधारतर्फ ८७ करोड विनियोजन गरिएको छ। खेलकुद विकासको २० वर्षे गुरूयोजना तयार गरी कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ। यता, निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गर्ने बताइएको छ। विदेशी क्लबहरूलाई नेपालमा फ्रेञ्चाईज लिग आयोजना गर्न अनुकुल वातावरण निर्माण गर्ने सरकारको लक्ष्य छ।

सरकारले खेलकुद संघहरूको संस्थागत क्षमता अभिवृद्धि गरी खेलकुद प्रतियोगिताहरूको आयोजनामा खेल संघहरूको भूमिकालाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। यसका साथै खेलाडी र प्रशिक्षकहरूको क्षमता विकासका लागि कार्यक्रमहरू सञ्चालन गर्ने खेलाडीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिएको छ। 

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूको बिमा गर्ने व्यवस्था मिलाइएको बताइएको छ। खेलकद संघहरूलाई दिई आएको अनुदान वद्धि गरिएको छ भने राष्ट्रिय खेलकुद परिषद्को लागि र २ अर्ब ९करोड विनियोजन गरिएको छ। 

यसका साथै महोत्तरीको मटिहानी, चितवनको कठार र पूर्वी नवलपरासीको मध्यविन्दुमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ। एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीहरूलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
सम्बन्धित सामग्री
१४ औँ साग चैतमा १४ औँ साग चैत २०  देखि २८ गते (सन् २०२७ को अप्रिल ३ देखि ११) सम्म  आयोजना हुनेछ। प्रतियोगितामा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेप... आइतबार, भदौ ७, २०८३
नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक आज आइतबार पाटन दरबार स्क्वायरमा ट्रफी सार्वजनिक गरिएको हो। आइतबार, भदौ ७, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ। शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्