• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

बुद्धिजीवी वा विद्वान कसरी चिन्ने?

डिल्ली अम्माई (अनाथ अंकल) शनिबार, जेठ १४, २०७९  ११:२१
1140x725

‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!!
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ।।
सारा सार लिई कन्था छोडी–दिन्छ गुणी जन।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन??’

कवि शिरोमणि लेखनाथ पौड्यालले नैतिक दृष्टान्तमा लेखेका यी तीन श्लोकले नै बताउँछ कि गुणी व्यक्ति अथवा विद्वान कस्तो मतिको हुनु पर्छ? एउटा आदर्श विद्वानको शिष्टताभित्रको संवेदनशीलता, आवेग, कर्म र त्यसको गरिमा कस्तो हुन सक्छ?

पुरातन मान्यताअनुसार विद्वान भएर मात्रै मानिस ज्ञानी र गुणी हुन सम्भव छ। गुणी मानिस आफ्नै गुणको कारण समुदायसँग झुकेर सहयोग गर्छ। समाजका दुर्बलता हटाउन दिनरात लागी पर्छ। उसले समाजकै सार खिचेर समाज सुधारका उपाय खोज्छ। सबैलाई आफूले आर्जन गरेको ज्ञान प्रदान गर्छ। ज्ञानी अर्थात्, विद्वान मानिसमा समानताको भावना विकास भएकोले समाजका सबै तप्कालाई समान व्यवहार गर्छ।

डिल्ली अम्माई (अनाथ अंकल)

पुरातन मान्यतामा मानिसलाई मुख्यतः तीन तहमा विभाजन गरेर हेरिन्थ्यो। राजा वा शासक वर्ग, ऋषिमुनिहरूको विद्वान मण्डली तथा गुरु वा पुरोहित वर्ग र अल्पज्ञानी वा अज्ञानी जनसमुदाय। तत्कालीन मान्यताअनुसार ज्ञान विज्ञानको सारभूत गहनताभन्दा भिन्न जितको मात्रै संस्कारबाट हुर्केका राजा वा शासकहरूलाई शिष्टताको कुनै ज्ञान हुँदैन भनी राजगुरु र विद्वानलाई परामर्शदाताको रुपमा नियुक्त गरिन्थ्यो। मुर्ख मानिस वा शासकहरूको बुझाइमा घुँडा टेक्नु, विनयी बन्नु, समुदायको हितमा आफ्नो हितको तस्बिर देख्नु र मानवताको क्षेत्रमा न्यायिक समाजको सपना देख्ने सामर्थ्य राख्नु भनेको युद्ध हार्नु जस्तै हो। मुर्ख मनुष्य विनयी हुन सक्दैन।

पौराणिककालमा ऋषिहरूको मण्डलीले मात्रै विद्वानको दर्जा पाएको थियो। पौराणिक कालका विद्वानहरूमा चार्वाक, बुद्ध, वेदव्यास, सप्तऋषि, सनत, वाल्मिकी, जनकलगायत धेरै सन्तहरूको नाम आउँछ। माध्यामिक कालका विद्वानहरू बल्लभाचार्य, सन्त भिखादास, चैतन्य महाप्रभु, गुरु गोविन्द सिंह, हरिदास, हित हरिवंश आदिलाई मानिएको छ। 

त्यस्तै, तिब्बती इतिहासअनुसार त्यहाँका पौराणिक सिद्ध विद्वानहरूमा लुहिपा, लोल्लप, विरूपा, डोम्भीपा, शबरीपा, सरहपा, कंकालीपा, मीनपा, गोरक्षपा, चोरंगीपा, वीणापा, शांतिपा, तंतिपा, चमरिपा, खंड्पा, नागार्जुन, कराहपा, कर्णरिया, थगनपा, नारोपा, शलिपा, तिलोपा, छत्रपा, भद्रपा, दोखंधिपा, अजोगिपा, कालपा थिए। त्यस्तै घोम्भिपा, कंकणपा, कमरिपा, डेंगिपा, भदेपा, तंघेपा, कुकरिपा, कुसूलिपा, धर्मपा, महीपा, अचिंतिपा, भलहपा, नलिनपा, भुसुकपा, इंद्रभूति, मेकोपा, कुड़ालिया, कमरिपा, जालंधरपा, राहुलपा, धर्मरिया, धोकरियालगायत थिए।

पौराणिक शास्त्रमा हिन्दू दर्शनका विद्वान सप्तऋषि जस्तै नवनाथ छन्। जसमा मच्छिंद्रनाथ, गोरक्षनाथ, जालिंदरनाथ, कानिफनाथ, चौरंगीनाथ, अडबनगीनाथ, रेवणनाथ, चर्पटनाथ, गहिनीनाथ छन्। पौराणिक दर्शनमा जसरी विद्वानहरूको सामाजिक योगदानबारे चर्चा गरिएको छ, ठीक त्यसैगरी विश्वआरा, अपाला, घोषा, गार्गी, लोपामुद्रा, मैत्रेयी, सिकता, रत्नावलीलगायत विदुषीहरूको महिमाबारे पनि उल्लेख छ।

यी सबै विद्वान विदुषीहरू पौराणिक समाजकै बीचबाट माथि उठेका थिए। उनीहरूले तत्कालीन समाजको लागि ज्ञान, आविस्कार र रुपान्तरणको क्षेत्रमा उल्लेख्य भूमिका खेलेको कारणले नै अहिलेसम्म उनीहरूको नाम स्मरण गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सृष्टिको लयलाई बुझ्न सक्ने विद्वानलाई थाह हुन्छ कि, उनीहरूले जुन ज्ञान प्राप्त गरेका थिए वा छन्, त्यो एकैदिन, एकैचोटि सिकेको हैन। उनीहरूले सिकेका ज्ञान युगौँ युगको अनुभवको संगालोबाट सम्भव भएको हो। अथवा, त्यसलाई सभ्यताका अनगिन्ति श्रेणीहरूको संग्रहित ज्ञान पनि भन्न सकिन्छ।

मानव सभ्यता सदैव व्यवहारिक ज्ञानबाट सिर्जित र चलायमान छ। यसमा हजारौँ दार्शनिक, युगपुरुष, लेखक, कवि, नेतृत्वकर्ता र हारजितका अनुभवहरू छन्। त्यसैले सांस्कृतिक सभ्यताको जगमा छुट्टै मानव क्रियाकलापको एउटा शृंखला जोडिएको हुन्छ भने दर्शनको क्षेत्रमा अर्को त्यस्तै तहगत मानव श्रेणीको योगदान छ। राजनीति, समाज सेवा, दर्शन, श्रम वा भाषा साहित्य सबैमा सम्बन्धित क्षेत्रका विज्ञहरूको योगदान हुन्छ। जसरी माथिबाट पानी बगिरहेको ढुंगामा एकैदिन लेउ लाग्न सक्दैन, ठीक त्यसैगरी मानव विकासको विभिन्न चरणमा ज्ञान, विज्ञानको समृद्धि पनि विस्तारै चलायमान प्रक्रियाबाट मात्र सम्भव हुन्छ। 

त्यसैले, कसलाई ठ्याक्कै विद्वान वा विदुषी घोषणा गर्ने भन्ने विषय विवादरहित छैन। तर, विद्वानको शाब्दिक अर्थ मानव, प्रकृति, सीप, कला, क्षमता र अनुसन्धानको तहमा विशिष्ट ज्ञान भएको मानिस हुन सक्छ। सामान्य मानवको तुलनामा विद्वान बढी आकर्षक, भिन्न वैचारिक चित्त भएको र क्षमतायुक्त हुन्छ। उसका वैचारिक तथा व्यवहारिक लक्षण सामान्य मानिसको तुलनामा कविशिरोमणि लेखनाथ पौड्यालले भनेझैं अनुभव र ज्ञानको सार खिचेर बिनम्रतापूर्वक समुदायको सेवा गर्ने खालका हुन्छन्।

समाज विकासको सन्दर्भमा हेर्दा, आधुनिक मानिसले आफ्नो क्षमताकै कारण विज्ञान प्रविधिको क्षेत्रमा धेरै आविस्कार गरिसकेको छ। यो क्रम निरन्तर अगाडि बढिरहेको छ। त्यस्तै, समुदायको साँस्कृतिक, दार्शनिक र राजनैतिक नेतृत्व गर्ने दिशामा सुकरात, अरिस्टोटल, मार्क्स, लेनिन, गान्धी, मन्डेलालगायतले समाजको नेतृत्व मात्र गरेनन्, वैकल्पिक राजनैतिक प्रणालीको मार्गदर्शक सिद्धान्त  पनि दिए। विज्ञानको क्षेत्रमा न्युटन, आइष्टाइन, स्टेफल हकिंस, म्याडम क्युरीलगायत धेरै भौतिकशास्त्रीहरूले मानव समुदायको लागि अनुपम योगदान दिए। जीव विकासको सिद्धान्त पत्ता लगाउने चार्ल्स डार्विनले पनि पुरानो रुढीग्रस्त जड मानसिकतालाई उल्ट्याइ दिएर मानव उत्पत्तिको नयाँ धारणा विकास गरे। यी सबै मानिस आफ्नो क्षेत्रका विद्वान थिए। त्यसैले भन्नै पर्ने हुन्छ, अन्त्यहीन संघर्ष, कठिन खोज र अनन्त भावनामा आफ्नो आकार नबदलिकन संसारलाई आफ्नै लयमा तान्न सक्ने मानिस नै विद्वान वा बुद्धिजीवी हो।

Xtrem

Xtrem

हामी पनि कुनै क्षेत्रको बुद्धिजीवि बन्न सक्छौँ, तर विद्वान बन्नको लागि हामीले आफ्नो संकल्पलाई गहनातामा लैजानु पर्छ। अध्ययनमार्फत खोजलाई पक्रन सक्नु पर्छ। त्यसैले समाजलाई विद्वताले आफ्नो गोरेटोमा हिँडाउनु त्यति सहज छैन।

अहिलेसम्मका ज्ञानी र विद्वानलाई एउटै मान्ने परम्परा गलत छ। ज्ञान र विद्वतामा कर्म र चेतनाको जस्तै अन्तर छ। विद्वता व्यवहारिक रूपमा खारिएर ज्ञान बन्छ र समुदाय, राष्ट्र तथा विश्वकै लागी मार्गदर्शक बन्न सक्छ। किताब पढेर, यता उताबाट जानकारी लिएर, अडियो भिडियो हेरेर जो कोही पनि विद्वान बनेको स्वाङ त गर्न सक्छ, तर प्रज्ञा नजानी बनेको विद्वता समुदायलाई काम लाग्दैन। अनुभवबाट वा पढेको कुरालाई आत्मसात गरेर आफैले आफूलाई रुपान्तरण गरेपछि मात्र साँचो ज्ञानको जन्म हुन्छ। 

बुद्धिमान त्यो हो, जसले बस्तुस्थितिको विश्लेषण गरेर सही बेलामा सही निर्णय दिन्छ। अध्ययन र अनुभवको संस्लेषणले जब सुसुप्त भावना जागृत हुन्छ, त्यसपछि मानिसको विवेक जाग्छ। अनि, अन्तस्करण परिपक्व हुन्छ। अन्तमा मानिसभित्र भएका सबै प्रकारका विभेद सकिन्छन् र गहन ज्ञानको प्रकाश बुद्ध बनेर चम्किन थाल्दछ ।

त्यसैले पूर्वीय दर्शनमा भनिएको छ कि, जब अध्ययन र व्यवहारिक अनुभवले बुद्धि परिपक्व हुदै जान्छ, त्यसपछि मात्रै ऋतुम्भर ज्ञानको उत्पन्न हुने हो। ऋतुम्भर ज्ञान भन्नाले प्रमाणिक ज्ञानको शुद्ध अवस्थालाई बुझिन्छ। मानिसको विद्वताको पराकाष्टा विभेदरहित मानव हित, सामुदायिक समानता र प्रकृतिको श्रेष्ठतामा अन्तरनिहित हुन्छ।

अचेल विद्वान र विदुषी अथवा बुद्धिजीवी शब्दको जताततै प्रयोग गरिन्छ। कुनै एक विषयमा आधारभूत ज्ञान नभएको व्यक्तिलाई पनि विद्वान भन्न थालिएको छ। जसले समाजमा नचाहिँदो विवाद गर्छ र सामाजिक समस्यालाई समाधान गर्नुको सट्टा समस्या बढाउने काम मात्र गरिरहन्छ, त्यस्ता संकीर्ण सोच लिएर टाउको हल्लाउनेहरूलाई पनि अहिले विद्वान भनिदिनु पर्छ। 

शैक्षिक प्रमाणपत्रको चाङ कम भए पनि आफ्नो पेसामा आबद्ध अनुभवले निखारिएको समूह पनि विद्वत वर्ग हो। शैक्षिक प्रमाणपत्र मात्र बुद्धिजीवीको परिचय बन्न सक्दैन। बुद्धिको क्षेत्रफल चेतनाको प्रकाशले मात्र मापन गर्न सकिन्छ। 

विद्वत वर्गको विचारले समाजलाई डोर्‍याउँछ वा उसले जलाएको दियोको प्रकाशमा मानव सभ्यता अगाडि बढ्छ। विद्वानले दिएका विचारहरू समाजमै निर्मित भए पनि अग्रगामी हुन्छन्। राज्यसँग हस्तक्षेपकारी भूमिका निर्वाह गरी सत्यको पैरवी गर्ने चरित्रकै कारण बुद्धिजीवीलाई अन्य व्यक्तित्वभन्दा विशिष्ट ठानिने मान्यता समाजमा स्थापित छ।

अमेरिकी विद्वान नोम चोम्स्कीले बुद्धिजीवीहरूको उत्तरदायित्वलाई लिएर भनेका छन्, ‘सत्य बताउनु र झूटको पर्दाफास गर्नु नै साँचो अर्थमा बौद्धिक वर्गको उत्तरदायित्व हो।’ चोम्स्कीका शब्दमा, बौद्धिक वर्ग सधैं सत्ताको विपक्षमा र बहुसंख्यामा रहेका समुदायको पक्षमा उभिएको हुन्छ। स्रोतसाधन र शक्तिसम्पन्न सत्ताको चरित्र सधैं सर्वसाधारणलाई कुनै न कुनै आशा र भरोसा बाँडेर आफ्नो स्वार्थ सिद्ध गर्नतर्फ केन्द्रित हुन्छ। सर्वसाधारणले सत्ताको यो कूटनीतिलाई बुझ्न सक्दैनन् र सत्ताको झूटो जालमा फस्छन्। तसर्थ, सत्यतथ्यलाई सर्वसाधारणसामु पुर्‍याउने, बुझाउने र ब्युझाउने तथा आवश्यक परे सामाजिक न्यायको लागी विद्रोहमा उतार्ने दायित्वसमेत बौद्धिकहरूले नै निर्वाह गर्न सक्नुपर्छ। अर्का अमेरिकी लेखक क्रिस्टोफर हिचेन्स्कोले भनेका छन्, ‘बौद्धिकहरूलाई सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु निर्भिकतापूर्वक सत्य बोल्ने क्षमता भने उसमा हुनैपर्छ।’

अन्त्यमा, बुद्धिजीवी, विद्वत वर्ग र ज्ञानीहरूमा सत्यलाई चिन्ने उच्च सजगताको साथै, सत्यलाई हतियारका रूपमा प्रयोग गर्ने सीप पनि हुनैपर्छ। सत्य कसको सामु पुर्‍याउने र कसरी फैलाउने भन्नेमा पनि विद्वान/विदूषी सचेत हुन उत्तिकै आवश्यक हुन्छ ।

यसरी हेर्दा, सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट समाज वा राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई मात्र बुद्धिजीवी वा विद्वान भन्न सकिएला। कामचोर, श्रम चोर, दलाल, करुणाविहीन, घमण्डी र प्रज्ञाविहीन पाखण्डी सबैलाई बुद्धिजीवी भन्दै हिँडियो भने युगले सम्मान गरेका करुणामय बुद्धहरूको अपमान मात्रै हुनेछ।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्