काठमाडौं– बर्दियाको राजापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी निर्वाचित भएका हुन्।
प्रमुखमा निर्वाचित थारुले ९ हजार ८०७ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपकजंग शाहले ९ हजार ७६० मत पाए।
उपप्रमुखमा निर्वाचित मनकलाकुमारीले १० हजार ८६ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत ल्याइन्।
माओवादी केन्द्रले वडा नम्बर ३, ४, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ। वडा नम्बर १, २ र ९ मा कांग्रेस, वडा नम्बर ५ मा स्वतन्त्र र ७ मा एमालेले वडाध्यक्ष जितेकको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।