• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बाध्यकारी नहुँदा पालिकामा दलित समुदायको नेतृत्व न्यून, देशभरि जम्मा नाै जना प्रमुख

64x64
धनु विश्वकर्मा मंगलबार, जेठ १०, २०७९  १२:३८
1140x725

काठमाडौं– संविधानले हरेक निकायमा १३ प्रतिशत दलित समुदायको प्रतिनिधित्वको व्यवस्था गरेको छ। तर, संविधानले स्थानीय तह प्रमुख/उपप्रमुखको हकमा यो व्यवस्था बाध्यकारी नबनाउँदा दलित समुदायबाट संविधानले व्यवस्था गरेको संख्यामा प्रतिनिधित्व हुन सकेको छैन।

यसपटकको स्थानीय तहको निर्वाचनमा संविधानले व्यवस्था गरेअनुसारको प्रतिनिधित्व त परै जाओस्, एक प्रतिशतभन्दा केही बढी पालिकामा मात्र दलितको नेतृत्व कायम भएको छ। यसअघि, संविधान जारीपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा जम्मा सात पालिकामा दलित समुदायबाट प्रमुखमा निर्वाचित भएका थिए।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन्। २०७४ को निर्वाचनमा दलित महिला प्रतिनिधित्व भने ९७.३८ प्रतिशत रह्यो। तर, दलित महिला सदस्य पद कार्यकारी भने होइन। संविधानले व्यवस्था गरेको यही पदका कारण दलित महिलाको प्रतिनिधित्व बढी देखिएको हो।

गत निर्वाचनमा २९३ नगरपालिका प्रमुखमध्ये जम्मा ६ जना दलित निर्वाचित भएका थिए भने उपप्रमुख ११ जना थिए। ४६० गाउँपालिका अध्यक्षमध्ये पहिलो निर्वाचनमा देशभरका गाउँपालिकामध्ये एउटामा मात्र दलित अध्यक्षा निर्वाचित भएका थिए। गाउँपालिका उपाध्यक्षमा भने १६ जना थिए। यता देशभरका ६ हजार ७४३ जना वडामा १९७ जना दलित प्रतिनिधि निर्वाचित भए।

यसपटकको स्थानीय तहको आइतबारसम्मको परिणाम हेर्दा दलित समुदायको प्रतिनिधित्वमा अघिल्लो निर्वाचनभन्दा खासै भिन्नता देखिएको छैन। परिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये तीन जना नगरपालिका प्रमुख र ६ जना गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। सात प्रदेशमध्ये बागमतीमा भने कुनै पालिकामा दलित प्रतिनिधि प्रमुखमा निर्वाचित भएका छैनन्। 

प्रदेश नम्बर १ को एक जिल्लामा एक पालिकामा दलित प्रतिनिधि प्रमुखमा निर्वाचित भएका छन्। उदयपुरको ताप्ली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट ढुङ्गराज विश्वकर्मा विजयी भएका हुन्। उनले १ हजार ७८७ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम राईले १ हजार ७४९ मत ल्याए।

मधेश प्रदेशमा पनि एक जिल्लामा मात्रै पालिका प्रमुखका रूपमा दलित प्रतिनिधि निर्वाचित भएका छन्। धनुषाको विदेह नगरपालिकाको मेयरमा एमालेबाट बेचन दास तत्मा विजयी भएका  छन्। उनले ४ हजार ४१२ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले ३ हजार ४२६ मत ल्याए।

गण्डकी प्रदेशमा भने एक जिल्लाका दुई पालिका प्रमुखमा दलित निर्वाचित भएका छन्। बागलुङ्गको ढोरपाटन नगरपालिकाको प्रमुखमा एमालेका देवकुमार नेपाली र ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विक विजयी भए। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालीले ५ हजार ७३५ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५ हजार १३५ मत ल्याए। ताराखोलाको प्रमुखमा निर्वाचित धनबहादुर विकले २ हजार २८५ मत ल्याए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २ हजार ९० मत ल्याए। 

लुम्बिनी प्रदेशमा पनि दुई जना दलित प्रतिनिधि पालिका प्रमुखमा निर्वाचित भएका छन्। प्युठानको सरुमारानी गाउँपालिका अध्यक्षमा एमालेबाट झगबहादुर विश्वकर्मा र बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट डम्बरबहादुर विक निर्वाचित भए।

सरुमारानीमा निर्वाचित झगबहादुरले ४ हजार २८० मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका मुकुन्दराज शर्माले ४ हजार १९४ मत पाएका छन्। खजुरामा निर्वाचित डम्बरबहादुर विकले १० हजार ७९० मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका सुमन मल्लले ९ हजार १३७ मत पाए।

दलित समुदायको धेरै बसोबास भएको क्षेत्र कर्णालीमा यसपटक पनि दलित समुदायको प्रतिनिधित्व बलियो हुन सकेन। १० जिल्ला रहेको कर्णालीमा जम्मा दुई पालिकाले मात्र प्रमुखका रूपमा दलित प्रतिनिधि पाएका छन्। सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्क विक र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयरमा माओवादी केन्द्रकै पुष्प वादी विजयी भए। 

चौकुनेमा निर्वाचित खड्क विकले ५ हजार ४७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरि अधिकारीले ३ हजार ४१४ मत ल्याए। चौरजहारी नगरपालिकाको प्रमुखमा निर्वाचित पुष्प वादीले ६ हजार ८८२ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३११ मत ल्याए।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको एक जिल्लामा एक जना मात्र दलित प्रतिनिधि पालिका प्रमुखमा निर्वाचित भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका शेरसिंह पार्की विजयी भएका छन्। उनले २३८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका बलबहादुर गुरुङले २ हजार २२४ मत ल्याए।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्