• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कहिले सकिएला मतगणना?

64x64
ईश्वर बराल आइतबार, जेठ १, २०७९  २०:२२
1140x725

काठमाडौं- वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले जेठ ५ गतेभित्र मतगणना सक्ने उद्देश्य राखेको भए त्यस्तो सम्भावना कम देखिन्छ। जेठ १ गते साँझसम्मको अद्यावधिक मतपरिणामलाई आधार मान्ने हो भने मतगणना एकदमै सुस्त रहेको देखिन्छ। यसले आम मतदाताले पूर्ण नतिजा प्राप्त गर्न अझै केही दिन कुर्नुपर्ने देखिन्छ।

मतगणना ढिला हुनुमा मुख्यतः राजनीतिक दलको असहयोग र पर्याप्त जनशक्तिको अभाव नै कारण देखिन्छ।
 
पहिले राजनीतिक दलको असहयोगको बारे चर्चा गरौँ। आइतबार दिउँसो भरतपुर महानगरपालिकामा राजनीतिक दलहरूबीच सदर मत र बदर मत छुट्याउने आधारबारे विवाद भयो। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थलबाट उठेर हिँडे। यो विवादले मतगणना प्रक्रियालाई प्रभावित गर्‍यो। छलफलपछि फेरि गणना सुरु त भयो तर फेरि पनि विवाद हुने र मत गणना प्रभावित हुने आशंका थपिएको छ। यो तीव्र चासो र प्रतिस्पर्धा भएको महानगरपालिका हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिकामा एक जना दलका प्रतिनिधिले मतगणनास्थल सानो भयो भनेर विवाद र्सिजना गरे। जसका कारण शनिबार अपराह्नबाट मात्र मतगणना सुरु भयो। समयभन्दा ढिला सुरु भएको मतगणना फेरि प्रतिनिधित्वको विषयलाई लिएर साँझमा स्थगित भयो। फेरि मतगणना सुरु हुन सकेको छैन।

यस्तै, वीरगञ्ज र पोखरामा पनि मतगणना सुरु गर्न ढिलाइ भयो। जसको कारण थियो, राजनीतिक दलहरूबीच असमझदारी।

यी त केही प्रतिनिधिमूलक घटना हुन् । अधिकांश स्थानमा दलका प्रतिनिधि तथा उम्मेदवारकै कारणले मतगणना ढिलाइ भएको देखिन्छ।

दलहरुको यस्तो शैलीलाई लिएर निर्वाचन आयोगले गम्भीर असन्तुष्टि प्रकट गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले सामान्य मानवीय त्रुटिलाई समेत आधार बनाइ मतगणना कार्य प्रभावित गरेको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरू प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाइ मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले विज्ञप्तिमार्फत भनेको छ।

त्यस्तै, निर्वाचनमा खटिएका कर्मचारीको व्यवस्थापकीय कमजोरीका कारण पनि मतगणना प्रभावित भएको देखिन्छ। जनशक्ति पर्याप्त नहुनुले पनि गणनामा ढिलाइ भएको छ। 

Ncell 2
Ncell 2

तर पोखरा महानगरपालिकाका निर्वाचन अधिकृत सुरज अधिकारी कर्मचारीको कारणले मतगणना ढिलाइ भएको मान्न तयार छैनन्। ‘मतगणना ढिलाइ हुनुमा कर्मचारी अभाव कारण होइन। कर्मचारी पर्याप्त छन्’, उनले भने।

उनी भन्छन्, ‘गणनामा ६ जना र सर्टिङमा थप धेरै जना छन्। व्यवस्थापन भएको छ। तर, राजनीतिक दलले पनि गणनाको विषयमा सहयोग गर्नुपर्ने हुन्छ।’

देशको पूर्वी क्षेत्रको मतगणनालाई नजिकबाट नियालेका पत्रकार पर्वत पोर्तेल पनि गणना ढिलाई हुनुमा दलहरूलाई नै जिम्मेवार देख्छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले भने, 'दलहरुनै जिम्मेवार हुन्। उनीहरुमा सानो कुरामा पनि बखेडा झिक्ने प्रवृत्ति देखियो।’

दलहरू जिम्मेवार हुनुपर्ने पोर्तेलको आग्रह छ। ‘जनताले मत दिएका छन्’, उनी भन्छन्, ‘अब चाँडोभन्दा चाँडो नतिजा सार्वजनिक गर्ने काम दलहरु र कर्मचारीको हो।’

यस्तै, निर्वाचन आयोगले ५ गते सम्ममा मतगणना सक्ने उद्देश्य राखेकोले आवश्यक जनशक्ति व्यवस्था गरेर मतगणनालाई तीव्रता दिन र राजनीतिक दललाई सहजीकरण गर्न आग्रह गरेको छ।

आयोगले मतगणना निर्देशिकाको व्यवस्था तथा आयोगको निर्णय अनुसार जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरी मतगणनामा खटाउन सरोकारवालाहरूसँग आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
चितवनविरुद्ध पोखरा ८ विकेटले विजयी शनिबार, मंसिर २०, २०८२
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना शनिबार, मंसिर २०, २०८२
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्