• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कहिले सकिएला मतगणना?

64x64
ईश्वर बराल आइतबार, जेठ १, २०७९  २०:२२
1140x725

काठमाडौं- वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले जेठ ५ गतेभित्र मतगणना सक्ने उद्देश्य राखेको भए त्यस्तो सम्भावना कम देखिन्छ। जेठ १ गते साँझसम्मको अद्यावधिक मतपरिणामलाई आधार मान्ने हो भने मतगणना एकदमै सुस्त रहेको देखिन्छ। यसले आम मतदाताले पूर्ण नतिजा प्राप्त गर्न अझै केही दिन कुर्नुपर्ने देखिन्छ।

मतगणना ढिला हुनुमा मुख्यतः राजनीतिक दलको असहयोग र पर्याप्त जनशक्तिको अभाव नै कारण देखिन्छ।
 
पहिले राजनीतिक दलको असहयोगको बारे चर्चा गरौँ। आइतबार दिउँसो भरतपुर महानगरपालिकामा राजनीतिक दलहरूबीच सदर मत र बदर मत छुट्याउने आधारबारे विवाद भयो। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थलबाट उठेर हिँडे। यो विवादले मतगणना प्रक्रियालाई प्रभावित गर्‍यो। छलफलपछि फेरि गणना सुरु त भयो तर फेरि पनि विवाद हुने र मत गणना प्रभावित हुने आशंका थपिएको छ। यो तीव्र चासो र प्रतिस्पर्धा भएको महानगरपालिका हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिकामा एक जना दलका प्रतिनिधिले मतगणनास्थल सानो भयो भनेर विवाद र्सिजना गरे। जसका कारण शनिबार अपराह्नबाट मात्र मतगणना सुरु भयो। समयभन्दा ढिला सुरु भएको मतगणना फेरि प्रतिनिधित्वको विषयलाई लिएर साँझमा स्थगित भयो। फेरि मतगणना सुरु हुन सकेको छैन।

यस्तै, वीरगञ्ज र पोखरामा पनि मतगणना सुरु गर्न ढिलाइ भयो। जसको कारण थियो, राजनीतिक दलहरूबीच असमझदारी।

यी त केही प्रतिनिधिमूलक घटना हुन् । अधिकांश स्थानमा दलका प्रतिनिधि तथा उम्मेदवारकै कारणले मतगणना ढिलाइ भएको देखिन्छ।

दलहरुको यस्तो शैलीलाई लिएर निर्वाचन आयोगले गम्भीर असन्तुष्टि प्रकट गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले सामान्य मानवीय त्रुटिलाई समेत आधार बनाइ मतगणना कार्य प्रभावित गरेको भन्दै राजनीतिक दल तथा उम्मेदवारहरू प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाइ मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नारावाजी गर्ने र समग्र मतगणना कार्यलाई ढिलाइ गर्ने गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगले विज्ञप्तिमार्फत भनेको छ।

त्यस्तै, निर्वाचनमा खटिएका कर्मचारीको व्यवस्थापकीय कमजोरीका कारण पनि मतगणना प्रभावित भएको देखिन्छ। जनशक्ति पर्याप्त नहुनुले पनि गणनामा ढिलाइ भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर पोखरा महानगरपालिकाका निर्वाचन अधिकृत सुरज अधिकारी कर्मचारीको कारणले मतगणना ढिलाइ भएको मान्न तयार छैनन्। ‘मतगणना ढिलाइ हुनुमा कर्मचारी अभाव कारण होइन। कर्मचारी पर्याप्त छन्’, उनले भने।

उनी भन्छन्, ‘गणनामा ६ जना र सर्टिङमा थप धेरै जना छन्। व्यवस्थापन भएको छ। तर, राजनीतिक दलले पनि गणनाको विषयमा सहयोग गर्नुपर्ने हुन्छ।’

देशको पूर्वी क्षेत्रको मतगणनालाई नजिकबाट नियालेका पत्रकार पर्वत पोर्तेल पनि गणना ढिलाई हुनुमा दलहरूलाई नै जिम्मेवार देख्छन्। नेपाल लाइभसँगको कुराकानीमा उनले भने, 'दलहरुनै जिम्मेवार हुन्। उनीहरुमा सानो कुरामा पनि बखेडा झिक्ने प्रवृत्ति देखियो।’

दलहरू जिम्मेवार हुनुपर्ने पोर्तेलको आग्रह छ। ‘जनताले मत दिएका छन्’, उनी भन्छन्, ‘अब चाँडोभन्दा चाँडो नतिजा सार्वजनिक गर्ने काम दलहरु र कर्मचारीको हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, निर्वाचन आयोगले ५ गते सम्ममा मतगणना सक्ने उद्देश्य राखेकोले आवश्यक जनशक्ति व्यवस्था गरेर मतगणनालाई तीव्रता दिन र राजनीतिक दललाई सहजीकरण गर्न आग्रह गरेको छ।

आयोगले मतगणना निर्देशिकाको व्यवस्था तथा आयोगको निर्णय अनुसार जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरी मतगणनामा खटाउन सरोकारवालाहरूसँग आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्