१. मतदान सकिएका मत केन्द्रबाट मतपेटिका संकलन हुँदै, रातिबाट मतगणना सुरु गर्ने तयारी (मतपेटिका संकलन हुँदै)
२. गठबन्धन गरेर कांग्रेस कमजोर नभएको प्रधानमन्त्री देउवाको प्रतिक्रिया, एउटा पार्टीले जित्छ वा जित्दैन भन्ने नभइ लोकतन्त्रले जित्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ । ( मतदानपछि शीर्ष नेताको प्रतिक्रिया)
३. स्याङ्जाको वालिङ नगरपालिका १४ कोखे अखलाबासका मतदाता बोकेको जीप दुर्घटना, १४ जनाको मृत्यु १३ जना घाइते, घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार हुँदै । ( स्याङ्जा जिप दुर्घटना)
४. श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षद्वारा जारी प्रदर्शनलाई निरुत्साहित गर्ने प्रयासका रूपमा नयाँ प्रधानमन्त्री नियुक्त, वरिष्ठ विपक्षी सांसद रनिल विक्रमसिङ्गले प्रस्तावित संयुक्त सरकारको नेतृत्व गर्ने । (श्रीलङ्कामा नयाँ प्रधानमन्त्री नियुक्त) ५.
र, ह्यारी केनको दुई गोलमा आर्सनलविरुद्ध टोटनहमको जित, आर्सनल ३–० गोलअन्तरले पराजित, जितसँगै टोटनहमको इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो । (आर्सनललाई टोटनहमको दबाब)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।