• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मतदान केन्द्र ज्येष्ठ नागरिक र अपांगमैत्री, तर मतदाता शिक्षा कमजोर

64x64
ईश्वर बराल शुक्रबार, वैशाख ३०, २०७९  १९:१५
1140x725

काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा अधिकांश मतदान केन्द्रलाई निर्वाचन आयोगले ज्येष्ठ नागरिक, अपांग र अशक्तमैत्री बनाएको थियो। तर मतदान गर्नका लागि आयोगले पर्याप्त शिक्षा नदिएकोले मत बदर हुने सम्भावना रहेको मतदाताहरुको भनाइ छ।

नेपाल लाइभले केही मतदान स्थलमा पुगेर केही ज्येष्ठ नागरिक र अपांगहरूसँग संवाद गरेको थियो। तीमध्ये एक हुन्, ललितपुर महानगरपालिका- ३ निवासी ८६ बर्षीया ज्ञानी महर्जन। धोबिघाट मतदान केन्द्रबाट सहज तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा ज्ञानी खुसी थिइन्। 

छोरी र नातीको सहयोगमा महर्जन मतदान केन्द्र आइपुगेकी थिइन्। उनले मतदान केन्द्रमा कुनै झन्झट बेहोर्नु परेन। नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई बेग्लै बाटो बनाइदिएकोले मैले सहजै मतदान गरेँ।’ 

तर, मतपत्र ठूलो रहेकाले चुनाव चिह्न पहिचान गर्न आफूलाई केही अप्ठ्यारो परेको उनले बताइन्। उनलाई मतदान गर्न छोरीले सहयोग गरेकी थिइन्।

त्यस्तै, सोही केन्द्रमा आफ्नो मत जाहेर गर्न आइपुगेकी ७७ बर्षीया कृष्णमाया श्रेष्ठले पनि मतदान केन्द्र ज्येष्ठ नागरिकमैत्री रहेकोले मतदान गर्न सजिलो रहेको बताइन्। घरबाट छिमेकीसँग आएको र उत्साहजनक रुपमा मतदान गरेको उनले बताइन्। उनले मतपत्र भने झन्झटिलो रहेको गुनासो गरिन्।

श्रेष्ठलाई आफूले रोजेको उम्मेदवारलाई मत दिनका लागि मतपत्रमा निकै बेर चिह्न खोज्नुपर्‍यो। भन्छिन्, ‘मतपत्र ज्यादै लामो भएकोले चिह्न खोज्न समय लाग्ने रहेछ। मत नै बदर हुने हो कि भन्ने चिन्ता लागेको छ।’

Ncell 2
Ncell 2

तर उनी आफूले जाहेर गरेको मत बदर नहुनेमा ढुक्क पनि सुनिइन्।

उक्त केन्द्रमा खटिएका एक सुरक्षाकर्मीले ज्येष्ठ नागरिक र अपांगलाई मतदान गर्न सहज वातावरण बनाइएको बताए। जसकारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले सहजै र छिटो मतदान गर्न पाएको उनले सुनाए। 

भक्तपुर नगरपालिका-१ को मतदान केन्द्र रहेको भक्तपुर बहुमुखी क्याम्पसमा मत जाहेर गर्न पुग्ने ज्येष्ठ नागरिक, अपांग तथा अशक्तलाई पनि सहज बनाइएको थियो।

घरबाट बिहानको काम सकेर खाना खाइवरी मतदान गर्न आएका बाबुकाजी धाैबन्जार, ७५, लाई मतदान गर्न एकदमै कम समय लाग्यो। उनले आफू ज्येष्ठ नागरिक भएकाले छिट्टै पालो आएको बताए।

तर उनी पनि मतपत्र लामो भएकाले मत हाल्न जटिल भएकाे भने स्वीकार गर्छन्। त्यस्तै, राम्रोसँग मतदान शिक्षा नपाएकाले आफ्नो मत बदर भयो कि भन्ने चिन्ता उनलाई छ।

त्यस्तै, ९१ वर्षीया कुलीकुली वैद्य पनि परिवारको सहयोगमा ह्विलचेयर चढेर मतदान केन्द्र आइपुगिन्। उनी पनि आफ्नो मत जाहेर गर्न समय नलागेकोमा खुसी थिइन्। उनलाई मत हाल्न उनको छोराले सहयोग गरेका थिए।

कुलीकुलीसँगै आएकी थिइन् उनकी छिमेकी ७९ वर्षीया कृष्णकुमारी मर्हजन। उनी लामो समयदेखि ह्विलचेयरको सहयोगमा हिँड्ने डुल्ने गर्छिन्। उनी नातिको सहयोगमा मतदान केन्द्रमा आएकी हुन्। उनले यसरी मतदान गर्न आएको पाँचौँ पटक हो।

उनलाई अहिलेको मतपत्र लामो र जटिल रहेकोले नातीसँग मतपत्रमा मत हाल्न नसकेकोमा थकथकी लागेको छ। तर मतदान केन्द्रका कर्मचारीको सहयोगमा उनले मतदान गरेको बताइन्।

काठमाडौं महानगरपालिका- ३१ का ८२ बर्षीया केदार अमात्य यसपटकको मतदान केन्द्रको व्यवस्थापन देखेर दंग छन्। बानेश्वरको मीनभवन क्याम्पस केन्द्रमा मत हाल्न आएका उनले बिना झन्झट मत हालेको बताए। तर उनलाई पनि मतपत्र 'बहुरंगी' लागेको छ। यति धेरै चिह्नहरु रहेकोले पर्याप्त मतदान शिक्षा चलाउनुपर्नेमा आयोग चुकेको उनको मूल्यांकन छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
चितवनविरुद्ध पोखरा ८ विकेटले विजयी शनिबार, मंसिर २०, २०८२
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना शनिबार, मंसिर २०, २०८२
दक्षिण अफ्रिकाको छात्रावासमा गोलीचल्दा ११ जनाको मृत्यु शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्