काठमाडौं– संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाइने भएको छ।
स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए।
केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए।
बुबा सत्यमोहनलाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।