१. बुद्ध जयन्तिको अवसरमा जेठ दुई गते नेपाल आउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, देउवासँग वार्ता हुने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गरिने । (पाँचौ पटक नेपाल आउँदै मोदी)
२. सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९/८० को लागि १६ खर्ब ५० अर्ब रुपैयाँको बजेट सिलिङ, कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिने उल्लेख । (१६ खर्ब ५० अर्बको बजेट सिलिङ)
३. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २९ गतेबाट सातामा तीन दिन जजिरा एयरवेजले नियमित उडान गर्ने, जेठ २ गते बुद्ध पूर्णिमाका दिन उद्घाटन उडानको तयारी । ( गौतमबुद्ध विमानस्थलमा सातामा तीनदिन उडान)
४. समाचार सङ्कलन गर्ने क्रममा मारिइन् अल जजिराकी वरिष्ठ प्यालेस्टाइनी–अमेरिकी पत्रकार शिरीन अबु अक्ला, इजरेली सेनाले जेनिनमा अक्लालाई “जानाजानी“ गोली प्रहार गरेको दाबी । (मारिइन् पत्रकार शिरिन अबु अक्ला)
५. र, राजस्थान रोयल्सविरुद्धको जितले आईपीएलको प्लेअफमा पुग्ने दिल्लीको आशा बढ्यो, लखनऊ सुपर जायन्ट्स र राजस्थानबीचको आइतबारको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण । (बढ्यो दिल्लीको आशा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।