• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
फैसलाको मुखबाट पटक–पटक फर्किएकाे एउटा भ्रष्टाचार मुद्दा 
64x64
दुर्गा दुलाल बिहीबार, वैशाख २९, २०७९  १२:४२
1140x725

काठमाडौं– वैशाख २२ गते सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुँडालको इजलास नम्बर ९ मा एउटा भ्रष्टाचार मुद्दामा बहस चलिरहेको थियो। बहसकै क्रममा एक अधिवक्ताले भने, ‘श्रीमान् यो मुद्दा दुई पटक फैसलाको मुखमा फर्केको हो। अब तेस्रो पटक पक्कै फैसला होला।’

उनले पटक–पटक अन्तिम सुनुवाइ हुने अनि फैसलाका लागि निसु (निर्णय सुनाउने मिति) पनि तोकिने, तर फैसला नहुने र नयाँ इजलास गठन हुँदै पुनः प्रारम्भदेखि नै बहस सुरु हुने कुरातर्फ संकेत गर्दै इजलासमा यस्तो प्रश्न उठाएका थिए। 

यसरी पटक–पटक निसु तोकिएर पनि फैसला नभएको भ्रष्टाचार मुद्दा नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माविरुद्धको हो। २०६९ चैत ९ गते सर्वोच्च पुगेको उक्त मुद्दा १० वर्षदेखि एकपछि अर्को इजलासमा पेसी चढ्दै सर्दै आएको छ। विशेष अदालतले अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध उनी र सरकारी पक्ष दुवै सर्वोच्च पुगेका हुन्। 

यो मुद्दामा सर्वोच्चले फैसला पनि सुनायो। तर, उक्त फैसलामा आय गणना नमिलेको भन्दै फेरि मुद्दा सुरु भयो। यो मुद्दा दर्ता भएको ३ वर्षपछि २०७२ मा सुनुवाइ सुरु भयो। संयुक्त इजलासबाट भएको फैसलालाई चुनौती दिएकाले तीन न्यायाधीशको पूर्ण इजलासबाट यसको सुनुवाइ हुनुपर्ने भएकाले पनि पटक–पटक सुनुवाइमा समस्या भएको हो। 

दुई पटक 'झण्डै' फैसला 
पहिलो पटक २०७३ फागुन २६ गते अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सुनुवाइ सुरु गरेको थियो। उक्त इजलासले २०७४ वैशाख २८ मा पक्ष, विपक्ष र सरकारी पक्षको बहस सक्दै निसु तोक्यो। २०७४ असारमा तोकिएको निसुमा फैसला हुन सकेन। निसु सरेपछि अर्को पेसी २०७४ असार २९ गते तोकियो। तर, उक्त दिन पनि फैसला भएन। फेरि पनि निसु सारियो। लगत्तै अर्को पेसी २०७४ फागुन ३ गतेका लागि तोकियो। दुई पटक अन्तिम बहस र दुई पटक निसु तोकिएको मुद्दामा उक्त दिन फाइल अपुग देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश भयो। 

यो आदेशसँगै मुद्दा फेरि नयाँ न्यायाधीशको इजलासमा पुग्यो। २०७४ फागुन ३ मा  सर्वोच्चले फेरि अख्तियारको फाइल निर्णय मगाउने आदेश गर्‍यो। न्यायाधीशहरु केदारप्रसाद चालिसे, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको नयाँ इजलासले यस्तो आदेश गरेसँगै मुद्दाको फेरि सुनुवाइ हुने चरणमा पुग्यो। २०७७ माघ २६ गते दोस्रो पटक मुद्दाको अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासले पाँच वर्षपछि अन्तिम सुनुवाइ सुरु गरेको थियो। 

उक्त मुद्दामा २०७७ फागुन ६ र २०७७ चैत १९ गतेसम्म सबै पक्षको बहस समाप्त गर्दै फैसलाको मिति तोकियो। २०७८ वैशाख २ गते तोकिएको निसुमा फैसला भएन। निसु सर्‍यो। २०७८ वैशाख ९ गतेको पेसीमा हेर्न नभ्याउने भएपछि यो मुद्दा फैसलाको मुखमा पुगेर पुनः सुनुवाइमा गयो। न्यायाधीश भण्डारीले पदबाट अनिवार्य अवकाश पाएपछि नयाँ इजलासमा पेसी तोकिनुपर्ने भयो। 

योसँगै नयाँ इजलासमा मुद्दा सुनुवाइको पेसी तोकिन थाल्यो। एकै पटक २०७९ वैशाखमा पेसी तोकिएर मुद्दाको सुनुवाइ सुरु भयो। वैशाख ८ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ, हरिप्रसाद फुयाल र नहकुल सुवेदीको इजलासमा पेशी पर्‍यो। उक्त इजलासले मिसिल साथै राख्ने आदेश गर्‍यो। योसँगै वैशाख २२ गतेबाट तेस्रो पटक अन्तिम सुनुवाइ सुरु भएको छ। अर्को पेसी जेठको पहिलो साता हुने सर्वोच्चले जनाएको छ।

Ncell 2
Ncell 2

जसले रोक्यो भीआईपीका भ्रष्टाचार मुद्दा 
यो मुद्दाले सर्वोच्चमा रहेका केही पूर्वमन्त्री, सचिव र अधिकृतहरुको मुद्दाको सुनुवाइ रोकिँदै आएको छ। आय गणनामा यो मुद्दामा हुने व्याख्यालाई हेर्न भन्दै सुनुवाइ रोकिएको थियो। यसरी सुनुवाइ रोकिने अर्को चर्चित भ्रष्टाचारको मुद्दा थियो गोविन्दराज जोशीको मुद्दा। नेपाली कांग्रेसको कारबाहीमा परेका नेता जोशीको मुद्दा आय गणनाको नयाँ विवाद सुरु भएपछि रोकिँदै आएको छ। यो मुद्दामा जोशीका कानुन व्यवसायीले आय गणना र मुद्दा चलाउने अख्तियारको सक्कल फाइल मगाउनुपर्ने माग गरेपछि सरेको सुनुवाइको फैसला अहिले पुनः सुनुवाइमा गएको छ। 

जोशीको भ्रष्टाचार मुद्दामा २०७६ साउन २३ देखि अन्तिम सुनुवाइ सुरु भएको थियो।  सँगै मुद्दा दायर भएका जेपी गुप्ता, खुमबहादुर खड्का र अन्य प्रतिवादीहरुले फैसला भुक्तान गरी सक्दा पनि जोशीको मुद्दा सर्वोच्चमा विचाराधीन नै रहेको छ। 

जोशीको भ्रष्टाचार मुद्दा २०६९ सालदेखि सर्वोच्चमा सुनुवाइ हुँदै आएको छ। सर्वोच्चमा अन्तिम सुनुवाइका लागि २०७३ सालमै जोशीको मुद्दामा अंग पुगेको थियो। उनको मुद्दा सर्वोच्च अदालतमा २०६९ फागुन ८ मा दर्ता भएको थियो। युवराज शर्माको मुद्दाका कारण भन्सार विभागका पूर्वप्रमुख केशरजंग खड्का, सावित्री राजभण्डारी, बहालवाला सचिव श्रीराम पन्त, पूर्वआईजीपी प्रदीपशमशेर जबरा, रामप्रसाद अर्याल र सुरेशकुमार रेग्मीलगायतको भ्रष्टाचारको मुद्दा रोकिएको  छ। 

त्यस्तै, नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक शेरबहादुर थापा, सहसचिव मुरारीबहादुर कार्की र भन्सारका पूर्वसहसचिव जनार्दन शर्मा, पूर्वएसपी अरुणकुमार सिंह, भन्सारका कर्मचारी केशवराज गौतमविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ हुन सकेको छैन। सर्वोच्चले फैसला गर्दा गलत आय गणना गरेको दाबी उक्त मुद्दामा लिइएको छ। कृषिलगायत अन्य आयको गणना नगरी सर्वोच्चले दोषी ठहर गरेको उनको जिकिर छ।   

एक वर्ष कैद र १ करोड असुल गर्ने ठहर
सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक शर्मालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद तथा बिगो र जरिवानावापत १ करोड ७ लाख ९९ हजार ५६० रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले २०५५ वैशाख ३० गतेदेखि २०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका बखत भ्रष्टाचार गरेकाले ५३ लाख ९९ हजार ७८० रुपैयाँ बिगो असुल हुनुपर्ने ठहर गरेको थियो। सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धकजस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप तीन महिना कैद हुने फैसला सुनाएको थियो। 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्... मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । मंगलबार, असोज २१, २०८२
विपद्‍मा सरकारको तत्परता र समर्पण उल्लेखनीय : रास्वपा दसैँ पर्वकै बीचमा आएको यो विपद्को बेला राज्य संयन्त्र, सुरक्षाबल, नागरिक समाज, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय सरकारह... सोमबार, असोज २०, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्