• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फैसलाको मुखबाट पटक–पटक फर्किएकाे एउटा भ्रष्टाचार मुद्दा 

64x64
दुर्गा दुलाल बिहीबार, वैशाख २९, २०७९  १२:४२
1140x725

काठमाडौं– वैशाख २२ गते सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुँडालको इजलास नम्बर ९ मा एउटा भ्रष्टाचार मुद्दामा बहस चलिरहेको थियो। बहसकै क्रममा एक अधिवक्ताले भने, ‘श्रीमान् यो मुद्दा दुई पटक फैसलाको मुखमा फर्केको हो। अब तेस्रो पटक पक्कै फैसला होला।’

उनले पटक–पटक अन्तिम सुनुवाइ हुने अनि फैसलाका लागि निसु (निर्णय सुनाउने मिति) पनि तोकिने, तर फैसला नहुने र नयाँ इजलास गठन हुँदै पुनः प्रारम्भदेखि नै बहस सुरु हुने कुरातर्फ संकेत गर्दै इजलासमा यस्तो प्रश्न उठाएका थिए। 

यसरी पटक–पटक निसु तोकिएर पनि फैसला नभएको भ्रष्टाचार मुद्दा नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माविरुद्धको हो। २०६९ चैत ९ गते सर्वोच्च पुगेको उक्त मुद्दा १० वर्षदेखि एकपछि अर्को इजलासमा पेसी चढ्दै सर्दै आएको छ। विशेष अदालतले अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध उनी र सरकारी पक्ष दुवै सर्वोच्च पुगेका हुन्। 

यो मुद्दामा सर्वोच्चले फैसला पनि सुनायो। तर, उक्त फैसलामा आय गणना नमिलेको भन्दै फेरि मुद्दा सुरु भयो। यो मुद्दा दर्ता भएको ३ वर्षपछि २०७२ मा सुनुवाइ सुरु भयो। संयुक्त इजलासबाट भएको फैसलालाई चुनौती दिएकाले तीन न्यायाधीशको पूर्ण इजलासबाट यसको सुनुवाइ हुनुपर्ने भएकाले पनि पटक–पटक सुनुवाइमा समस्या भएको हो। 

दुई पटक 'झण्डै' फैसला 
पहिलो पटक २०७३ फागुन २६ गते अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सुनुवाइ सुरु गरेको थियो। उक्त इजलासले २०७४ वैशाख २८ मा पक्ष, विपक्ष र सरकारी पक्षको बहस सक्दै निसु तोक्यो। २०७४ असारमा तोकिएको निसुमा फैसला हुन सकेन। निसु सरेपछि अर्को पेसी २०७४ असार २९ गते तोकियो। तर, उक्त दिन पनि फैसला भएन। फेरि पनि निसु सारियो। लगत्तै अर्को पेसी २०७४ फागुन ३ गतेका लागि तोकियो। दुई पटक अन्तिम बहस र दुई पटक निसु तोकिएको मुद्दामा उक्त दिन फाइल अपुग देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश भयो। 

यो आदेशसँगै मुद्दा फेरि नयाँ न्यायाधीशको इजलासमा पुग्यो। २०७४ फागुन ३ मा  सर्वोच्चले फेरि अख्तियारको फाइल निर्णय मगाउने आदेश गर्‍यो। न्यायाधीशहरु केदारप्रसाद चालिसे, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको नयाँ इजलासले यस्तो आदेश गरेसँगै मुद्दाको फेरि सुनुवाइ हुने चरणमा पुग्यो। २०७७ माघ २६ गते दोस्रो पटक मुद्दाको अन्तिम सुनुवाइ सुरु भयो। न्यायाधीशहरु पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासले पाँच वर्षपछि अन्तिम सुनुवाइ सुरु गरेको थियो। 

उक्त मुद्दामा २०७७ फागुन ६ र २०७७ चैत १९ गतेसम्म सबै पक्षको बहस समाप्त गर्दै फैसलाको मिति तोकियो। २०७८ वैशाख २ गते तोकिएको निसुमा फैसला भएन। निसु सर्‍यो। २०७८ वैशाख ९ गतेको पेसीमा हेर्न नभ्याउने भएपछि यो मुद्दा फैसलाको मुखमा पुगेर पुनः सुनुवाइमा गयो। न्यायाधीश भण्डारीले पदबाट अनिवार्य अवकाश पाएपछि नयाँ इजलासमा पेसी तोकिनुपर्ने भयो। 

योसँगै नयाँ इजलासमा मुद्दा सुनुवाइको पेसी तोकिन थाल्यो। एकै पटक २०७९ वैशाखमा पेसी तोकिएर मुद्दाको सुनुवाइ सुरु भयो। वैशाख ८ गते न्यायाधीशहरु बमकुमार श्रेष्ठ, हरिप्रसाद फुयाल र नहकुल सुवेदीको इजलासमा पेशी पर्‍यो। उक्त इजलासले मिसिल साथै राख्ने आदेश गर्‍यो। योसँगै वैशाख २२ गतेबाट तेस्रो पटक अन्तिम सुनुवाइ सुरु भएको छ। अर्को पेसी जेठको पहिलो साता हुने सर्वोच्चले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसले रोक्यो भीआईपीका भ्रष्टाचार मुद्दा 
यो मुद्दाले सर्वोच्चमा रहेका केही पूर्वमन्त्री, सचिव र अधिकृतहरुको मुद्दाको सुनुवाइ रोकिँदै आएको छ। आय गणनामा यो मुद्दामा हुने व्याख्यालाई हेर्न भन्दै सुनुवाइ रोकिएको थियो। यसरी सुनुवाइ रोकिने अर्को चर्चित भ्रष्टाचारको मुद्दा थियो गोविन्दराज जोशीको मुद्दा। नेपाली कांग्रेसको कारबाहीमा परेका नेता जोशीको मुद्दा आय गणनाको नयाँ विवाद सुरु भएपछि रोकिँदै आएको छ। यो मुद्दामा जोशीका कानुन व्यवसायीले आय गणना र मुद्दा चलाउने अख्तियारको सक्कल फाइल मगाउनुपर्ने माग गरेपछि सरेको सुनुवाइको फैसला अहिले पुनः सुनुवाइमा गएको छ। 

जोशीको भ्रष्टाचार मुद्दामा २०७६ साउन २३ देखि अन्तिम सुनुवाइ सुरु भएको थियो।  सँगै मुद्दा दायर भएका जेपी गुप्ता, खुमबहादुर खड्का र अन्य प्रतिवादीहरुले फैसला भुक्तान गरी सक्दा पनि जोशीको मुद्दा सर्वोच्चमा विचाराधीन नै रहेको छ। 

जोशीको भ्रष्टाचार मुद्दा २०६९ सालदेखि सर्वोच्चमा सुनुवाइ हुँदै आएको छ। सर्वोच्चमा अन्तिम सुनुवाइका लागि २०७३ सालमै जोशीको मुद्दामा अंग पुगेको थियो। उनको मुद्दा सर्वोच्च अदालतमा २०६९ फागुन ८ मा दर्ता भएको थियो। युवराज शर्माको मुद्दाका कारण भन्सार विभागका पूर्वप्रमुख केशरजंग खड्का, सावित्री राजभण्डारी, बहालवाला सचिव श्रीराम पन्त, पूर्वआईजीपी प्रदीपशमशेर जबरा, रामप्रसाद अर्याल र सुरेशकुमार रेग्मीलगायतको भ्रष्टाचारको मुद्दा रोकिएको  छ। 

त्यस्तै, नेपाल बैंकका पूर्वनायब महाप्रबन्धक शेरबहादुर थापा, सहसचिव मुरारीबहादुर कार्की र भन्सारका पूर्वसहसचिव जनार्दन शर्मा, पूर्वएसपी अरुणकुमार सिंह, भन्सारका कर्मचारी केशवराज गौतमविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ हुन सकेको छैन। सर्वोच्चले फैसला गर्दा गलत आय गणना गरेको दाबी उक्त मुद्दामा लिइएको छ। कृषिलगायत अन्य आयको गणना नगरी सर्वोच्चले दोषी ठहर गरेको उनको जिकिर छ।   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक वर्ष कैद र १ करोड असुल गर्ने ठहर
सर्वोच्च अदालतले आयल निगमका पूर्वकार्यकारी निर्देशक शर्मालाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद तथा बिगो र जरिवानावापत १ करोड ७ लाख ९९ हजार ५६० रुपैयाँ तिर्नुपर्ने फैसला गरेको थियो। 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले २०५५ वैशाख ३० गतेदेखि २०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक रहेका बखत भ्रष्टाचार गरेकाले ५३ लाख ९९ हजार ७८० रुपैयाँ बिगो असुल हुनुपर्ने ठहर गरेको थियो। सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धकजस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप तीन महिना कैद हुने फैसला सुनाएको थियो। 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्