• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

निर्वाचन आचारसंहिता उल्लंघन : स्पष्टीकरणमा तानिए शीर्ष नेतादेखि मुख्यमन्त्रीसम्म

64x64
ईश्वर बराल बुधबार, वैशाख २८, २०७९  १६:४०
1140x725

काठमाडौं– निर्वाचन आयोगले मंगलबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोध्यो। उनले वैशाख २३ गते भरतपुरमा आयोजित सभामा कांग्रेस कार्यकर्तालाई लक्षित गर्दै हँसियाहथौडामा भोट नहाले देश दुर्घटनामा जाने धम्की दिएका थिए। आयोगले 'जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ कि हुँदैन?' भन्ने जस्ता प्रश्नहरु सोधेर २४ घण्टाभित्र जवाफ दिन भनेको छ।

मंगलबार नै आयोगले कांग्रेस नेता तथा प्रधानमन्त्रीपत्नी आरजु राणालाई पनि स्पष्टीकरण सोध्यो। उनले वैशाख २२ गते डडेलधुरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै 'कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ?' भन्ने विवादित अभिव्यक्ति दिएकी थिइन्। उनलाई पनि आयोगले चौबिस घण्टे स्पष्टीकरण सोधेको हो।

निर्वाचन आयोगले २०७८ चैत्र २५ गतेबाट स्थानीय तहको निर्वाचन लक्षित आचारसंहिता २०७८ जारी गरेको थियो। आचारसंहिताले निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनुका साथै पार्टीहरुलाई संयमित गराउने अपेक्षा गरिएको थियो। तर, उल्लेखित दुई उदाहरणले त्यस्तो अपेक्षालाई खण्डित गर्छन्। उम्मेदवार वा अन्य सरोकारवालाहरु मात्रै होइन, विभिन्न पार्टीका शीर्ष नेताहरु तथा राज्यका विभिन्न ओहोदामा बसेकाहरुले नै आचारसंहिताको उल्लंघन गरेको तथ्यहरुले बताउँछन्।

निर्वाचन आयोगले प्रकाशित गरेको विज्ञप्ति अनुसार चैत २५ देखि मौन अवधि सुरू हुनुअघि अर्थात् वैशाख २७ गतेसम्ममा राजनीतिक दलका शीर्ष नेतृत्व, प्रदेशका मुख्यमन्त्रीदेखि पार्टीका अन्य प्रभावशाली नेताले आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको छ। यस्तै नेपाल सरकारका बहालवाला कर्मचारी र शिक्षकहरूले पनि आचारसंहिता उल्लंघन गरेको उजुरी परेको छ।

निर्वाचन आयोगमा आएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण र चित्त नबुझे कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

Ncell 2
Ncell 2

आयोगले प्रचण्ड र राणाका अतिरिक्त वैशाख २१ गते पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि आचारसंहिताको उल्लंघन गरेको आरोपमा चौबिस घण्टे स्पष्टीकरण सोधेको थियो। उनले अग्निपीडित मुक्त कमैया बस्तीमा पैसा बाँडेको आरोप थियो।

त्यस्तै २२ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पनि चौबिस घण्टाभित्र स्पष्टीकरण बुझाउनुपर्‍यो। उनलाई आचारसंहिता विपरीत नियमित चुनाव प्रचारमा हिँडेको आरोप थियो। २२ गते नै निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति दिएका कारण आयोगले पत्र काट्यो।

राजनीतिक दल तथा तिनका उम्मेदवारले प्रतिस्पर्धी उम्मेदवारप्रति टिप्पणी गरी निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गतिविधि गरेको आरोपमा वैशाख २२ गते काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरणका लागि पत्र काटेको थियो। उनले एक कार्यक्रममा मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन साहप्रति लाञ्छना गर्दै विवादित अभिव्यक्ति दिएका थिए।

यस्तै, वैशाख २६ गते गोरखापत्रका प्रधानसम्पादकलाई राजनीतिक दल विशेषलाई सहयोग पुग्ने गरी सामग्री प्रकाशन गरेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको थियो।

यस्तो आरोप–प्रत्यारोप वडादेखि केन्द्रसम्मै देखिएको थियो। जसका कारण आचारसंहिताको उल्लंघनको आरोप पनि प्रशस्तै लाग्ने गरेका छन्। कैयौँलाई आयोगले स्पष्टीकरण पनि सोधेको छ। त्यसो त, आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तदारूकताका साथ कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता कार्यान्वयनका लागि १९ वटा उच्चस्तरीय टोली बनाएर काम गरिरहेको बताएको थियो। तर, स्पष्टीकरण सोधिएका 'हाइप्रोफाइल'लाई कारबाही नै गरिएको घटना भने सार्वजनिक भएको छैन।
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्