• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

निर्वाचन आचारसंहिता उल्लंघन : स्पष्टीकरणमा तानिए शीर्ष नेतादेखि मुख्यमन्त्रीसम्म

64x64
ईश्वर बराल बुधबार, वैशाख २८, २०७९  १६:४०
1140x725

काठमाडौं– निर्वाचन आयोगले मंगलबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोध्यो। उनले वैशाख २३ गते भरतपुरमा आयोजित सभामा कांग्रेस कार्यकर्तालाई लक्षित गर्दै हँसियाहथौडामा भोट नहाले देश दुर्घटनामा जाने धम्की दिएका थिए। आयोगले 'जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ कि हुँदैन?' भन्ने जस्ता प्रश्नहरु सोधेर २४ घण्टाभित्र जवाफ दिन भनेको छ।

मंगलबार नै आयोगले कांग्रेस नेता तथा प्रधानमन्त्रीपत्नी आरजु राणालाई पनि स्पष्टीकरण सोध्यो। उनले वैशाख २२ गते डडेलधुरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै 'कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ?' भन्ने विवादित अभिव्यक्ति दिएकी थिइन्। उनलाई पनि आयोगले चौबिस घण्टे स्पष्टीकरण सोधेको हो।

निर्वाचन आयोगले २०७८ चैत्र २५ गतेबाट स्थानीय तहको निर्वाचन लक्षित आचारसंहिता २०७८ जारी गरेको थियो। आचारसंहिताले निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनुका साथै पार्टीहरुलाई संयमित गराउने अपेक्षा गरिएको थियो। तर, उल्लेखित दुई उदाहरणले त्यस्तो अपेक्षालाई खण्डित गर्छन्। उम्मेदवार वा अन्य सरोकारवालाहरु मात्रै होइन, विभिन्न पार्टीका शीर्ष नेताहरु तथा राज्यका विभिन्न ओहोदामा बसेकाहरुले नै आचारसंहिताको उल्लंघन गरेको तथ्यहरुले बताउँछन्।

निर्वाचन आयोगले प्रकाशित गरेको विज्ञप्ति अनुसार चैत २५ देखि मौन अवधि सुरू हुनुअघि अर्थात् वैशाख २७ गतेसम्ममा राजनीतिक दलका शीर्ष नेतृत्व, प्रदेशका मुख्यमन्त्रीदेखि पार्टीका अन्य प्रभावशाली नेताले आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको छ। यस्तै नेपाल सरकारका बहालवाला कर्मचारी र शिक्षकहरूले पनि आचारसंहिता उल्लंघन गरेको उजुरी परेको छ।

निर्वाचन आयोगमा आएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण र चित्त नबुझे कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आयोगले प्रचण्ड र राणाका अतिरिक्त वैशाख २१ गते पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि आचारसंहिताको उल्लंघन गरेको आरोपमा चौबिस घण्टे स्पष्टीकरण सोधेको थियो। उनले अग्निपीडित मुक्त कमैया बस्तीमा पैसा बाँडेको आरोप थियो।

त्यस्तै २२ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पनि चौबिस घण्टाभित्र स्पष्टीकरण बुझाउनुपर्‍यो। उनलाई आचारसंहिता विपरीत नियमित चुनाव प्रचारमा हिँडेको आरोप थियो। २२ गते नै निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति दिएका कारण आयोगले पत्र काट्यो।

राजनीतिक दल तथा तिनका उम्मेदवारले प्रतिस्पर्धी उम्मेदवारप्रति टिप्पणी गरी निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गतिविधि गरेको आरोपमा वैशाख २२ गते काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरणका लागि पत्र काटेको थियो। उनले एक कार्यक्रममा मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन साहप्रति लाञ्छना गर्दै विवादित अभिव्यक्ति दिएका थिए।

यस्तै, वैशाख २६ गते गोरखापत्रका प्रधानसम्पादकलाई राजनीतिक दल विशेषलाई सहयोग पुग्ने गरी सामग्री प्रकाशन गरेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको थियो।

यस्तो आरोप–प्रत्यारोप वडादेखि केन्द्रसम्मै देखिएको थियो। जसका कारण आचारसंहिताको उल्लंघनको आरोप पनि प्रशस्तै लाग्ने गरेका छन्। कैयौँलाई आयोगले स्पष्टीकरण पनि सोधेको छ। त्यसो त, आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तदारूकताका साथ कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता कार्यान्वयनका लागि १९ वटा उच्चस्तरीय टोली बनाएर काम गरिरहेको बताएको थियो। तर, स्पष्टीकरण सोधिएका 'हाइप्रोफाइल'लाई कारबाही नै गरिएको घटना भने सार्वजनिक भएको छैन।
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्