• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
सालको पातबाट आम्दानी: दुनाटपरी बनाएर घरखर्च धान्छन् कञ्चनपुरका महिला
64x64
रासस बुधबार, वैशाख २८, २०७९  १३:०५
1140x725

कञ्चनपुर– दुनाटपरी बचेर कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छन्। घरको कामबाट फुर्सद पाइएका बेला उनले दुनाटपरी बनाउँछिन्।
 
उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरिया बजार र कैलालीको धनगढी बजारमा बिक्री हुने गर्दछ। उनी भन्छिन्, 'बाँसको सिन्का सालको पातमा गाँसेर दुनाटपरी बनाउँदै आएको छु  ।यसबाट महिनामा १० हजारदेखि १५ हजार जति आम्दानी हुने गरेको छ।'

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउने पात ल्याउनका लागि सहज गरिदिएको जनाइएको छ।  उनले भनिन्, 'पात ल्याएर फुर्सदका बेला दुनाटपरी लगाउँछु। लगाएको दुनाटपरी बिक्री गरेर आउने पैसाले समूह बचत गर्ने कार्यसँगै घरको नुन, तेल, साबुन, कपडा धुने सोडा खरिद गरेर ल्याउँछु।' 

विद्यालयमा पढ्ने बालबालिकाको खर्च समेत दुनाटपरी बिक्री गरी आएको पैसाले धान्ने गरिएको छ।

घरको अत्यावश्यक कार्यका लागि समेत दुनाटपरी बेचेर आएको पैसा खर्च हुने गरेको उनले बताइन्। धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ। मन्दिर, बौद्ध गुम्बालगायतमा दुना टपरीको बढी माग आउने गर्दछ। 

'पहिला एक दुनाटपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो। हाल मूल्य बढेर पाँच रुपैयाँमा बिक्री हुन्छ। जति बनाउन सक्यो त्यति नै फायदा छ,' किसान चौधरीले भनिन्। 

दुनाटपरी विशेष गरी सालको पात र मालुको पातको बन्ने गरेको छ। सालको पातको दुनाटपरी बढी दिनसम्म चल्ने भएकाले त्यसकै माग बजारमा बढी हुने गरेको छ।

दुनाटपरी विभिन्न प्रकारको हुने गरेको छ। जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोष्टी डोन्या बढी प्रचलित रहेका छन्। देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन्। 

'बजारमा दुनाटपरीको माग धेरै छ,' श्यानीदेवीले भनिन्, 'पुर्‍याउनै सकिँदैन। जति बनाए पनि बजारमा बिक्री हुन्छ। यसलाई व्यवसायीकरण गरी बजारमा ल्याउन सके बढी आम्दानी लिन सकिन्छ।'

Ncell 2
Ncell 2

उनले आफ्नी बुहारीलाई समेत दुनाटपरी बनाउने सीप सिकाइरहेकी छन्। 

 यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पुर्‍याउनका लागि सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा प्रशिक्षक भएर बीस  महिलालाई सीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन् श्यानीदेवी। श्यानीजस्तै बिर्सना चौधरीलेसमेत दुनाटपरी बनाइ बजारमा बिक्री गर्ने गर्छिन्। 

'पहिला ग्राहक खोज्न निकै अप्ठेरो थियो। हाल ग्राहक दुनाटपरी खोज्दै घरमै आइपुग्ने गरेका छन्। घरमै आफूलाई पनि दुनाटपरी चाहिन्छ। माग आएअनुसार बजारमा समेत बेच्छौं,' बिर्सना चौधरीले भनिन्। 

थारु समुदायमा दुनाटपरी बनाउने कला पुस्तौंदेखि पुस्तान्तरण हुँदै आएको छ। धार्मिक कार्य र अनुष्ठानमा सालको पातका दुनाटपरी सामग्री राख्नका लागि परापूर्वकाल देखि नै प्रयोग हुँदै आएका छन्। 

हाल  यसको प्रचलन पहिला जस्तै रहेको छ । धार्मिक कार्यसँगै थारु समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ। 

पहाडी समुदायले समेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन्। महकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रुपमा दुनाटपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको जानकारी दिए।
 
यस व्यवसायमा आर्थिक रुपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराइ आर्थिक रुपमा सवल पार्ने योजना रहेको उनको भनाइ छ। 

हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कार सम्ममा प्रयोग हुने गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन्। गाउँपालिकाका स्थानीयका अनुसा... आइतबार, जेठ ४, २०८२
ताजा समाचारसबै
दलित परिवारका लागि सुरक्षित आवास बुधबार, जेठ ७, २०८२
पौडी पोखरीमा डुबेर एक जनाको मृत्यु, ८ जना पक्राउ बुधबार, जेठ ७, २०८२
गाजामा अझै भएन राहत वितरण, हजारौँ बालबालिकाको ज्यान जाने राष्ट्रसंघको चेतावनी बुधबार, जेठ ७, २०८२
भाेलिदेखि पोखरामा सुरू हुँदै प्रधानमन्त्री कप भलिबल प्रतियोगिता बुधबार, जेठ ७, २०८२
विभिन्न पाँचवटा समितिका बैठक बस्दै बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
रविको रिटमा सुनुवाइ जारी मंगलबार, जेठ ६, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्