• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

लामो र जटिल मतपत्र हुँदा मतदाता शिक्षा फजुल भयो : इला शर्मा (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ बुधबार, वैशाख २८, २०७९  १४:१९
1140x725

वैशाख ३० गते देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ। नेपालको संविधान २०७२ जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो। २०७४ सालमा भएको पहिला निर्वाचनमा करिव ५ प्रतिशत मत बदर भएको थियो। त्यति बेला निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम लागू गरेको थियो। आयोगले मतदाता शिक्षामा ठूलो लगानी गरे पनि प्रभावकारी हुन नसकेको भनेर आलोचना भएको थियो। तर, यसपटक मतदाता शिक्षालाई उति महत्त्व दिएको देखिएन। त्यसैले बदर मत संख्या बढ्न सक्ने जानकारहरूको अनुमान छ। यसै विषयमा पूर्व निर्वाचन आयुक्त इला शर्मासँग नेपाल लाइभले गरेको कुराकानी :

यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई महत्त्व दिएन। अघिल्लो स्थानीय तह निर्वाचनमा कार्यक्रम चलाए पनि प्रभावकारी नभएको भनेर आलोचना भयो। मतदाता शिक्षा कार्यक्रम किन प्रभावकारी रूपमा गरिँदैन?
यसको पछाडि दुईतीन वटा कारण छन्। पहिलो, हाम्रो निर्वाचन प्रणालीसँग सम्बन्धित छ। मतपत्र धेरै ठूलो र जटिल प्रकारको हुन्छ। दोस्रो हो, समयावधि हो। आयोगले निर्वाचन गर्न १२० दिनको समय पाउनुपर्ने हो। यसलाई पनि घटाएर ८०/९० दिन दिइन्छ। समय एकदमै कम हुन्छ। निर्वाचन सुरु हुन पहिला दल दर्ता हुनुपर्छ। अनि, दलहरुले उम्मेदवार मनोनयन गर्छन्। स्वतन्त्र उम्मेदवार पनि हुन्छन्। उम्मेदवारी दर्ताको प्रक्रिया थालेपछि मतपत्रको डिजाइन सुरु हुन्छ। यसपछि मात्र मतदाता शिक्षाको कुरा आउँछ। यसमा अडियो, भिजुयल र छापा माध्यमका लागि सबै सामग्री आयोगले नै निर्माण गर्नुपर्छ। किनकि, फरक स्थान वा अन्य विभिन्न समूहले गर्दा निर्वाचनलाई प्रत्यक्ष प्रभाावित पार्न सक्ने हुन्छ। 

बल्ल मतदाता शिक्षा दिने कार्य शुरु हुन्छ। २०७४ सालको निर्वाचनमा यही प्रक्रिया चलिरहँदा बीचमै मतपत्रको डिजाइन परिर्वतन भयो, जसले मतदाता शिक्षा प्रभावित भएको थियो। यसपटक स्वयंसेवकमार्फत र अन्य माध्यमबाट आयोगले मतदाता शिक्षा दिएको छ। गत निर्वाचनमा धेरै आलोचना भएकै कारण आयोगले यसपटक धेरै जिम्मा लिएको छैन। सामग्री तयार गरेर वितरण मात्र गरेको छ। प्रकाशन तथा प्रशारणको जिम्मा अरुलाई नै दिएको छ। गैरसकारी संस्था, स्थानीय क्लब र अन्य सामाजिक संस्थाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएका छन्। मतदाता शिक्षा राम्रोसँग पुग्न नसक्नु मुख्यकुरा भनेको समय अभाव नै हो। 

मतदाता शिक्षाको उद्देश्य बदर घटाउनु मात्र हो कि अरु पनि केही हुन्छ? 
मतदाता शिक्षाको प्रमुख उद्देश्य भनेको मतदान गर्न जनतालाई सिकाउने नै हो। त्यसैले बदर मत घटाउने मुख्य उद्देश्य हो। जनताले हालेको सबै मत सदर होस् र आफूले दिन चाहेको उम्मेदवारले मत पाउनुपर्छ भन्ने हो। यसो हुँदा मतदान गर्ने हरेक जनताको मतको सदुपयोग हुन्छ। 

यसपटक मतदाता शिक्षा कार्यक्रमलाई किन प्राथमिकता दिइएन? 
गत निर्वाचनमा मतदाता शिक्षामा भएको लगानीदेखि चलाइएका कार्यक्रमहरूमा धेरै नकारात्मक टिप्पणी आए। अहिले पनि समस्या साझा छन्। मुख्य कुरा समय नै हो। १२० दिन आयोगलाई आवश्यक हुनेमा ९० दिनमा निर्वाचन गराउन पर्छ। सबै कुरा हतारमै हुन्छन्। हतारमा हुने भएकाले पर्याप्त र सोचेअनुसार काम हुन सक्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

दल दर्ता, उम्मेदवार दर्तापछि मतपत्र डिजाइन गरेर त्यसपछि मतदाता शिक्षा निश्चित हुन्छ। अनि मात्र स्वयमंसवकहरूलाई मतदाता शिक्षाको लागि घरघर पठाउने हो। यो अवधिमा उनीहरु सबैको घरमा नपुग्ने र पुगे पनि मतदाता नभेटिने भएकाले कार्यक्रम प्रभावकारी हुँदैन। अनि, नकारात्मक टिप्पणी हुनु स्वाभाविक नै हो। यसरी आयोग विवादमा परेका कारण अहिले धेरै स्वयंसेवक परिचालन नगरेका कारण कम प्राथमिकता दिएको देखिएको हुनसक्छ।  

मतदाता शिक्षामा भएको लगानी अनुसार उपलबधी हासिल हुन्छ? 
जबसम्म हाम्रो मतपत्र जटिल हुन्छ, तबसम्म जति लगानी गरे पनि पर्याप्त हुँदैन। कागजको यति धेरै लामो मतपत्र हुँदा मतदाताले भोट गर्न सिकाएको तरिका नै बिर्सन्छन्। यसरी हुने निर्वाचनले बदर मत घटेको देखेको छैन। यसको एक मात्र विकल्प भनेको विद्युतीय मतदान हो। विद्युतीय मतदान गर्ने हो भने बदर हुने मत शून्यमा झार्न सकिन्छ। 

यो पनि पढ्नुहोस्

पूर्वपर्यवेक्षकको प्रतिवेदन : बदर मत वृद्धि हुन्छबुधबार, वैशाख २८, २०७९

यसपटक पनि यति लामो मतपत्र छ कि, मतदान शिक्षा दिएर पनि मतदाता झुक्किने संभावना छ। यो सधैँ रहने समस्या हो। हरेक पटक फरक मतपत्र हुन्छ। यसले नयाँ मतदातालाई मात्र नभइ पुरानालाई पनि समस्या गर्छ। यसको जिम्मेवारी राजनीतिक दलहरूले लिनुपर्छ। आयोगले सामग्री तयार तयार गर्ने, अनि राजनीतिक दलहरुले त्यसको शिक्षा दिने गर्नुपर्छ। किनकि, उनीहरुको तल्लो तहसम्म संयन्त्र हुन्छ र बुझाउन पनि सक्छन्। नत्र हामी सधैँ बदर मतको प्रतिशत गनेर बस्नुपर्ने हुन्छ। 

Xtrem
Xtrem

मतदाता शिक्षाका लागि प्राथमिकतामा शहरी वा ग्रामीण क्षेत्र भनेर छुट्याइन्छ कि सबै क्षेत्रमा उत्तिकै महत्त्व दिइन्छ?
मतदाता शिक्षा सबै क्षेत्रलाई दिनु आवश्यक छ। किनकि, हरेक पटक नयाँ मतपत्र आइरहेको हुन्छ। नयाँ मतपत्रबारे र मतदान गर्ने तरिका सिकाउन क्षेत्र छुट्याएर हुँदैन। धेरै मत बदर गाउँमा मात्र भएको छैन, शहरमा पनि उस्तै अवस्था छ। त्यसैले सबै क्षेत्रलाई उत्तिकै प्राथमिकता राखेर गर्न जरुरी छ। 

विद्युतीय मतदानको कुरा गर्नुभयो। यो लागू गर्न किन सकिँदैन?
विश्वमा धेरै देशमा विद्युतीय मतदान सुरु भएको छ। भारतमा पनि यसको सफल अभ्यास भएको छ। नेपालमा समेत यसलाई प्रयोगमा ल्याउनुपर्छ। तर, प्रयोगमा ल्याउने पहल सरकार र राजनीतिक दलहरूले गर्ने हो। आयोगले यसमा भूमिका निर्वाह गर्न सक्दैन। आयोग सवैधानिक निकाय त हो, तर यसले विद्युतीय मतदानका लागि मेसिन खरिदलगायतका काम गर्न सक्दैन। हाम्रोमा खरिदको प्रक्रिया एकदमै गाह्रो छ। 

अदालत र आर्मीले जस्तो खरिद गर्न आयोग सक्दैना। कमिसनदेखि मिडियासम्मका कुरा आउँछन। त्यस्तै, यस्ता मेसिन खरिद निर्वाचनको समयमा हैन त्यसको करिब एक वर्षअघि नै गर्नुपर्छ। भारतमा आयोग र राजनीतिक दलहरु मेसिन प्रयोग गर्न तयार भएर सफल भएको हो।

मुख्य कुरा, मेसिन खरिदमा को संलग्न हुने भन्ने हो। किनकि, हाम्रोमा खरिदमा संलग्न भयो भने अख्तियार धाउनुपर्ने हुन्छ। यसका लागि को तयार हुने? तपाईं हामी कोही तयार छैनौं।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्