• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

पूर्वपर्यवेक्षकको प्रतिवेदन : बदर मत वृद्धि हुन्छ

64x64
नेपाल लाइभ बुधबार, वैशाख २८, २०७९  १३:२२
1140x725

काठमाडौं– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मत बदर धेरै हुने देखिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ। आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले तयार पारेको प्रतिवेदनमा यस्तो दाबी गरिएको छ।

स्थानीय चुनावमा मतदाताले एकै मतपत्रमा सात ठाउँमा चिनो लगाउनु पर्ने र  कतिपय मतदातामा कसरी चिह्न लगाउनुपर्छ भन्ने जानकारी नहुँदा मतपत्र बदर हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, सहर–बजारका केही क्षेत्रमा नमूना मतपत्रमा ‘मक इलक्सेन’ गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ। ‘गाउँ–ठाउँमा त्यसरी नै मतदान केन्द्रबाटै मतदातालाई नमूना मतपत्र देखाउँदै प्रशिक्षित गर्ने भनाइ मतदान अधिकृतहरुको रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन आयोगले पनि मतदान प्रक्रियाबारे मिडियामार्फत प्रचार सामग्री राखेको देखिन्छ। मोबाइल रिङटोनमार्फत मतदानका निम्ति उत्साहित गरे पनि मतपत्र बदर हुन नदिन मतदातालाई शिक्षा पर्याप्त नदिँदा यसपालि मतपत्र बदर संख्या बढ्ने सम्भावना देखिन्छ।’ 

राजनीतिक दलहरुले पनि मतपत्र बदर नहुने गरी मतदान गर्न सिकाउनुपर्ने भए पनि उनीहरु आफ्नो प्रचार–प्रसारमै लागेर मतपत्र बदर हुन नदिनेतिर ध्यान नदिएको प्रतिवेदनमा उल्लेख छ। ‘यसपटक दुई वा दुई भन्दा बढी दलहरुबीच तालमेल गरी उम्मेदवारी दिइएको छ। तालमेलबारे मतदाता पूर्ण जानकार नहुँदा उम्मेदवार नभएको ठाउँमा मतदान हुन सक्ने र त्यसले बदर मतको संख्या बढाउन सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ। 

उत्साही माहोलमा उम्मेदवारी दर्ता   
जिओकले गरेको अध्ययन प्रतिवेदनमा  उम्मेदवारी दर्ताको पहिलो दिन दलसँग आबद्ध नभएका स्वतन्त्र, साना दलका तर्फबाट मात्रै उम्मेदवारी दर्ता गराउन उत्साहित भएको पाइयो। ठूला दलहरूका तर्फबाट दोस्रो दिन पनि ढिलो गरी उम्मेदवारी दर्ताका लागि लाइन बसेको हुँदा मध्यरातसम्म दर्ता गर्नुपरेको अवस्था देखा परे पनि निर्वाचनका लागि जनतामा उत्साही देखिएको प्रतिवेदनमा उल्लेख छ। 

राजनीतिक दलहरूले उम्मेदवारी दर्ताका दिन अधिकांश स्थानमा आफ्नो शक्ति प्रदर्शन गर्ने नाउँमा आचारसंहिताविपरीत सवारीसाधन, ब्यानरको प्रयोगलगायतका कार्य गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। नुवाकोटमा राजनीतिक दलले चुनाव चिह्नसहितका टोपी, टी–सर्ट, प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले नाम दर्ता गर्न जाँदा पाँच बालिकालाई पञ्चकन्याका रुपमा प्रयोग गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताको कुटपिटका कारण सामान्य घाइते भएको प्रतिवेदनमा उल्लेख छ। 

उम्मेदवारी दर्ताका दिन सिन्धुपाल्चोकमा नेकपा माओवादी (केन्द्र) का आधिकारिक र विद्रोही उम्मेदवारका समर्थक बीच आपसी झडप हुँदा माओवादीको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड भएको, सिन्धुपाल्चोककै बलेफीमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच उम्मेदवारी दर्ताको दिन सामान्य झडप भएको पर्यवेक्षणबाट पाइएको प्रतिवेदनमा उल्लेख छ। 

आचार–संहिताको पालना
उम्मेदवारी दर्ताका दिन राजनीतिक दलका गतिविधिहरु भड्किला देखिए पनि प्रचार–प्रसारका क्रममा एकाध ठाउँ र छिटपुटबाहेक मूलभूत रुपमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गरेको पाइएको  प्रतिवेदनमा उल्लेख छ।

Xtrem
Xtrem

निर्वाचन आयोगका अनुगमन टोलीले ठाउँठाउँमा आचारसंहिताविपरीतका प्रचार सामग्री हटाएको  र आयोगले पहिला सम्बन्धित राजनीतिक दलहरूलाई प्रचार सामग्री हटाउन निर्देशन दिने गरेको र तिनले अटेर गरेमा प्रहरी–प्रशासन लगाउँदै आफैं हटाएको अनुगमन प्रतिवेदनमा उल्लेख छ। 

घरदैलो कार्यक्रममा धेरै भीड गरेर जाँदा मतदाताहरूलाई समस्या परेको र मतदाताबाट ५/६ जनासम्म मात्र आए राम्रो हुने भन्ने सुझाव प्राप्त भएका प्रतिवेदनमा उल्लेख छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्