• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

विराटनगर महानगरपालिका : जोगिएला त कांग्रेसको विरासत?

64x64
ईश्वर बराल सोमबार, वैशाख २६, २०७९  ११:५८
1140x725

काठमाडौं- विराटनगर महानगरपालिकाको आगामी नेतृत्वको लागि मुख्यतः दुई घटकबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। तर, मैदानमा अन्य लोकप्रिय हस्ती पनि छन्।

सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेका छन्, कांग्रेस नेता नागेश कोइराला। त्यस्तै, एमालेले सागर थापालाई उम्मेदवार बनाएको छ। उमेशकुमार यादवले पनि जसपाबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसैले गर्मीको ग्राफ बढ्दै गरेको विराटनगरमा चुनावी माहोल अझ तातेको छ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर मेयरमा विजयी भएका थिए। दोस्रो भएका एमालेका विनोद ढकालले १७ हजार ३३१ मत, तेस्रो भएका तत्कालीन संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत र चौथो भएका राप्रपाका नेता तथा पूर्वमेयर प्रह्लादप्रसाद साह (हलुवाई)ले ५ हजार ५२४ मत प्राप्त गरेका थिए।

आउँदो स्थानीय निर्वाचनमा विराटनगरको राजनीतिक समीकरण र गतिविधिले मेयर कसले जित्ला? यसै अनुमान लाउन भने कठिन छ।

कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीबीच नागेश कोइरालाले टिकट पएका हुन्। निर्वतमान मेयर भीम पराजुलीले दोहोरिन चाहेका थिए। त्यस्तै, देउवा प्यानलबाट केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौलाको अन्तिम समयसम्म दाबेदारी थियो।

मेयरका आकांक्षी धेरै भएकाले तिनलाई पार्टीले व्यवस्थापन गर्न नसके कांग्रेसभित्रैबाट कोइरालालाई असहयोग हुन सक्छ। यद्यपि मोरङ कांग्रेस सभापति डिक बहादुर गुरुङ कांग्रेसभित्र कुनै असन्तुष्टि नरहेको बताउँछन्। नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, ‘शीर्ष नेतृत्वबाटै आएको निर्णयप्रति कसैको गुनासो छैन। सबै एकजुट भएर जनताको घरदैलो गरिरहेका छौँ।’

महानगरपालिकामा सत्ता गठबन्धन रहे पनि वडाहरूमा कांग्रेस-जसपाले माओवादी र एकीकृत समाजवादीलाई समेटेका छैनन्। यसले पनि कांग्रेसलाई जनमत आफूतिर तान्न चुनौती हुन सक्छ। तर गुरुङ भन्छन्, ‘केन्द्रको निर्णय कुर्दाकुर्दै महानगरमा तालमेलको लागि समय रहेन। अन्य पालिकामा सम्मानजनक गठबन्धन गरेका छौँ।’

नागेश कोइराला शेखर कोइराला निकट हुन्। शेखर तालमेलको विरोधी थिए। उनको कारण सत्ता गठबन्धनका दलहरुबीच तालमेल सहज हुन सकेको थिएन। कांग्रेस इतरका दलले शेखरको भूमिकालाई इखको विषय बनाए भने नागेशलाई कठिन हुनसक्छ। तर गुरुङ नागेशलाई गठबन्धनका सबै दलबाट मत प्राप्त हुने आशा व्यक्त गर्छन्।

Ncell 2
Ncell 2

त्यस्तै, तालमेलमा जसपाले उपमेयर लिएको छ। उपमेयर उम्मेदवारमा जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव छन्। यसले जसपाको एउटा पंक्ति असन्तुष्ट छ। असन्तुष्ट मध्येका उमेशकुमार यादवले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जनतामाझ राम्रै पकड बनाएका यादव कांग्रेस–जसपा गठबन्धनका लागि अर्को चुनौती बन्न सक्छन्। 

यादव आफ्नो जित सुनिश्चित रहेको बताउँछन्। नेपाल लाइभसँग कुरा गर्दै उनी आफूले ५० प्रतिशतभन्दा ज्यादा मत प्राप्त गर्ने दाबी गर्छन्। उनको आक्रोश जसपाको केन्द्रीय नेतृत्वसँग रहेको छ। ‘मधेस आन्दोलनको बलले रातारात नेता बनाइएका उपेन्द्र यादवको परिवार मोहले जित हासील गर्न सक्ने महानगर कांग्रेसलाई बुझाए’, उनले भने, ‘जनताले मलाई कुल झरेको मतको ५० प्रतिशतभन्दा ज्यादा मत दिएर जिताएर अरूलाई सबक सिकाउँछन्।’

उनले जनताको रुचि स्वतन्त्र उम्मेदवारलाई जिताउने भन्ने रहेको पनि दाबी गरे। २०७४ सालको निर्वाचनमा राजनीतिक दलबाट उम्मेदवार बन्दा नै करिब १५ हजार मत पाएका उनको दाबी भरपर्दो भने छैन।

त्यस्तै, मुख्य प्रतिस्पर्धी मध्येका अर्का एमालेका उम्मेदवार सागर थापा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष हुन्। स्थानीय जनता माझ परिचित छन्। गठबन्धनको एउटा दल जसपाबाट बागी उम्मेदवारी परेको परिप्रेक्ष्यमा अहिलेसम्म कुनै लाभको पद नलिएका थापालाई फाइदा पुर्‍याउन सक्छ। यद्यपि एमाले फुटेपछि उसको सांगठनिक अवस्था कस्तो छ भन्ने कुराले पनि उनको भविष्य निर्धारण गर्छ।

थापा आफूलाई जनताले समृद्ध महानगर बनाउन मेयरमा चुन्नेमा ढुक्क छन्। नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, ‘कागजी गठबन्धनबाट जनता आजित छ, त्यसैले विकासको मूल फुटाउन मेरो नेतृत्वमा समृद्ध विराटनगरको सपना पूरा गर्न जनताले मलाई निर्वाचित गर्छन्।’

गठबन्धनबाट आफूलाई कुनै चुनौती नरहेको थापाको दाबी छ। उनी भन्छन्, ‘भागबण्डा र बाँडफाँटमा भाग नपुगेर पार्टी छोडेर उठेका छन्। त्यहीँभित्र भद्रगोल छ। त्यस्तो समूहलाई जनताले अमूल्य मत दिने छैनन्।’ उनी एमालेलाई मेयर पदमा कसैले रोक्न नसक्ने दाबी गर्छन्।

राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरूको आधार इलाका रहेको विराटनगरको प्रतिस्पर्धा नेताहरूको लागि आसन्न संघीय र प्रदेश सभाको निर्वाचनको पूर्वतयारी पनि हो। त्यसैले यहाँको प्रतिस्पर्धा प्रतिष्ठा र वर्चस्वको लडाइँ पनि हो। 

यस्तै, अघिल्लो निर्वाचनका मुख्य प्रतिस्पर्धी बीचको मतान्तर करिब ५ हजार ५०० थियो। यो बीचमा नेकपाको गठन–विघटन हुँदै एमाले पार्टीको फुट, साथै मधेस केन्द्रित दलहरुको पनि एकीकरण–विघटनले कार्यकर्ता तथा मतदाता पंक्तिको झुकाव कता रहेको छ भन्ने आकलन गर्न कठिन छ।

यस्तै, २०७४ मा विराटगनर महानगरपालिकामा कुल १ लाख १३ हजार ७३१ मतदाता रहेका थिए। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार आसन्न निर्वाचनका लागि १ लाख ३३ हजार १४२ मतदाता रहेका छन्। थप भएका १९ हजार ४११ नयाँ मतदाताको झुकाव कसप्रति रहन्छ भन्ने कुराले पनि विराटनगरको नेतृत्व कसले गर्छ भन्ने कुराको आधार तयार गर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै आइतबार, मंसिर २१, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
गोवाको नाइट क्लबमा विष्फोट, २३ जनाको मृत्यु आइतबार, मंसिर २१, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्