• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

विराटनगर महानगरपालिका : जोगिएला त कांग्रेसको विरासत?

64x64
ईश्वर बराल सोमबार, वैशाख २६, २०७९  ११:५८
1140x725

काठमाडौं- विराटनगर महानगरपालिकाको आगामी नेतृत्वको लागि मुख्यतः दुई घटकबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ। तर, मैदानमा अन्य लोकप्रिय हस्ती पनि छन्।

सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेका छन्, कांग्रेस नेता नागेश कोइराला। त्यस्तै, एमालेले सागर थापालाई उम्मेदवार बनाएको छ। उमेशकुमार यादवले पनि जसपाबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसैले गर्मीको ग्राफ बढ्दै गरेको विराटनगरमा चुनावी माहोल अझ तातेको छ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मत ल्याएर मेयरमा विजयी भएका थिए। दोस्रो भएका एमालेका विनोद ढकालले १७ हजार ३३१ मत, तेस्रो भएका तत्कालीन संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत र चौथो भएका राप्रपाका नेता तथा पूर्वमेयर प्रह्लादप्रसाद साह (हलुवाई)ले ५ हजार ५२४ मत प्राप्त गरेका थिए।

आउँदो स्थानीय निर्वाचनमा विराटनगरको राजनीतिक समीकरण र गतिविधिले मेयर कसले जित्ला? यसै अनुमान लाउन भने कठिन छ।

कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीबीच नागेश कोइरालाले टिकट पएका हुन्। निर्वतमान मेयर भीम पराजुलीले दोहोरिन चाहेका थिए। त्यस्तै, देउवा प्यानलबाट केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौलाको अन्तिम समयसम्म दाबेदारी थियो।

मेयरका आकांक्षी धेरै भएकाले तिनलाई पार्टीले व्यवस्थापन गर्न नसके कांग्रेसभित्रैबाट कोइरालालाई असहयोग हुन सक्छ। यद्यपि मोरङ कांग्रेस सभापति डिक बहादुर गुरुङ कांग्रेसभित्र कुनै असन्तुष्टि नरहेको बताउँछन्। नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, ‘शीर्ष नेतृत्वबाटै आएको निर्णयप्रति कसैको गुनासो छैन। सबै एकजुट भएर जनताको घरदैलो गरिरहेका छौँ।’

महानगरपालिकामा सत्ता गठबन्धन रहे पनि वडाहरूमा कांग्रेस-जसपाले माओवादी र एकीकृत समाजवादीलाई समेटेका छैनन्। यसले पनि कांग्रेसलाई जनमत आफूतिर तान्न चुनौती हुन सक्छ। तर गुरुङ भन्छन्, ‘केन्द्रको निर्णय कुर्दाकुर्दै महानगरमा तालमेलको लागि समय रहेन। अन्य पालिकामा सम्मानजनक गठबन्धन गरेका छौँ।’

नागेश कोइराला शेखर कोइराला निकट हुन्। शेखर तालमेलको विरोधी थिए। उनको कारण सत्ता गठबन्धनका दलहरुबीच तालमेल सहज हुन सकेको थिएन। कांग्रेस इतरका दलले शेखरको भूमिकालाई इखको विषय बनाए भने नागेशलाई कठिन हुनसक्छ। तर गुरुङ नागेशलाई गठबन्धनका सबै दलबाट मत प्राप्त हुने आशा व्यक्त गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, तालमेलमा जसपाले उपमेयर लिएको छ। उपमेयर उम्मेदवारमा जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव छन्। यसले जसपाको एउटा पंक्ति असन्तुष्ट छ। असन्तुष्ट मध्येका उमेशकुमार यादवले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

जनतामाझ राम्रै पकड बनाएका यादव कांग्रेस–जसपा गठबन्धनका लागि अर्को चुनौती बन्न सक्छन्। 

यादव आफ्नो जित सुनिश्चित रहेको बताउँछन्। नेपाल लाइभसँग कुरा गर्दै उनी आफूले ५० प्रतिशतभन्दा ज्यादा मत प्राप्त गर्ने दाबी गर्छन्। उनको आक्रोश जसपाको केन्द्रीय नेतृत्वसँग रहेको छ। ‘मधेस आन्दोलनको बलले रातारात नेता बनाइएका उपेन्द्र यादवको परिवार मोहले जित हासील गर्न सक्ने महानगर कांग्रेसलाई बुझाए’, उनले भने, ‘जनताले मलाई कुल झरेको मतको ५० प्रतिशतभन्दा ज्यादा मत दिएर जिताएर अरूलाई सबक सिकाउँछन्।’

उनले जनताको रुचि स्वतन्त्र उम्मेदवारलाई जिताउने भन्ने रहेको पनि दाबी गरे। २०७४ सालको निर्वाचनमा राजनीतिक दलबाट उम्मेदवार बन्दा नै करिब १५ हजार मत पाएका उनको दाबी भरपर्दो भने छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, मुख्य प्रतिस्पर्धी मध्येका अर्का एमालेका उम्मेदवार सागर थापा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष हुन्। स्थानीय जनता माझ परिचित छन्। गठबन्धनको एउटा दल जसपाबाट बागी उम्मेदवारी परेको परिप्रेक्ष्यमा अहिलेसम्म कुनै लाभको पद नलिएका थापालाई फाइदा पुर्‍याउन सक्छ। यद्यपि एमाले फुटेपछि उसको सांगठनिक अवस्था कस्तो छ भन्ने कुराले पनि उनको भविष्य निर्धारण गर्छ।

थापा आफूलाई जनताले समृद्ध महानगर बनाउन मेयरमा चुन्नेमा ढुक्क छन्। नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, ‘कागजी गठबन्धनबाट जनता आजित छ, त्यसैले विकासको मूल फुटाउन मेरो नेतृत्वमा समृद्ध विराटनगरको सपना पूरा गर्न जनताले मलाई निर्वाचित गर्छन्।’

गठबन्धनबाट आफूलाई कुनै चुनौती नरहेको थापाको दाबी छ। उनी भन्छन्, ‘भागबण्डा र बाँडफाँटमा भाग नपुगेर पार्टी छोडेर उठेका छन्। त्यहीँभित्र भद्रगोल छ। त्यस्तो समूहलाई जनताले अमूल्य मत दिने छैनन्।’ उनी एमालेलाई मेयर पदमा कसैले रोक्न नसक्ने दाबी गर्छन्।

राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरूको आधार इलाका रहेको विराटनगरको प्रतिस्पर्धा नेताहरूको लागि आसन्न संघीय र प्रदेश सभाको निर्वाचनको पूर्वतयारी पनि हो। त्यसैले यहाँको प्रतिस्पर्धा प्रतिष्ठा र वर्चस्वको लडाइँ पनि हो। 

यस्तै, अघिल्लो निर्वाचनका मुख्य प्रतिस्पर्धी बीचको मतान्तर करिब ५ हजार ५०० थियो। यो बीचमा नेकपाको गठन–विघटन हुँदै एमाले पार्टीको फुट, साथै मधेस केन्द्रित दलहरुको पनि एकीकरण–विघटनले कार्यकर्ता तथा मतदाता पंक्तिको झुकाव कता रहेको छ भन्ने आकलन गर्न कठिन छ।

यस्तै, २०७४ मा विराटगनर महानगरपालिकामा कुल १ लाख १३ हजार ७३१ मतदाता रहेका थिए। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार आसन्न निर्वाचनका लागि १ लाख ३३ हजार १४२ मतदाता रहेका छन्। थप भएका १९ हजार ४११ नयाँ मतदाताको झुकाव कसप्रति रहन्छ भन्ने कुराले पनि विराटनगरको नेतृत्व कसले गर्छ भन्ने कुराको आधार तयार गर्छ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्