काठमाडौं- अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा केपी शर्मा ओलीले 'असार १७ बारे' चर्चा गरिरहेका छन्। तर त्यसबारे थप स्पष्ट पार्न भने अस्वीकार गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यसबारे ज्योतिषीलाई सोधेर स्पष्ट हुन पत्रकारलाई आग्रह गरे।
'ज्योतिषीलाई सोध्नुस् न स्पष्ट पार्छन्। ज्योतिषीहरु भनिरहेका छन्,' पत्रकारलाई पन्छाउँदै उनले भने।
उनले ग्रह दशा हेर्ने र राजनीति हेर्ने ज्योतिषीहरु हुने भन्दै अहिले दुवै प्रकारका ज्योतिषीहरुले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भनिरहेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्ना ज्योतिषी बोलाएर सोध्न आग्रह गरे।
'ज्योतिषीहरुको भनाइचाहिँ गठबन्धनका लागि सबैभन्दा ठूलो खड्गो यही वैशाख ३० नै हो। यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ। कस्तो दिन छानेर उहाँहरुले राख्नुभएछ। ज्योतिषीहरुको भनाइ है,' उनले भने।
ओलीले वैशाख ३० मा त गठबन्धनलाई हुनैसम्म हुने बताए। 'ढाडै भाँचिने गरी। ज्योतिषीहरुको कुरा है, मेरो कुरा होइन। म ज्योतिषी होइन। तपाईंहरुलाई भ्रम नरहोस्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।