काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई विचरा भन्दै यसको आयु धेरै नरहेको ठोकुवा गरेका छन्।
शनिबार विराटनगरमा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै उनले आफूले एउटा अन्तर्वार्तामा शेरबहादुर देउवालाई ज्योतिषी हेराउन भनेको बताए।
'शेरबहादुरजी असाध्यै ज्योतिषमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस् भनेर जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ, सोध्नुस्', उनले भने, 'मैले दिन तोकिदिएको छु एउटा, असार १७ गते, कस्ता ग्रह, दशा, नक्षत्रहरु कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् त कस्तो छ भनेर मैले भनेको छु।'
उनले अहिले आफूहरुले गठबन्धन तोड्न नचाहेको बताए। 'गठबन्धन तोड्ने हो भने पाँच वटा कचौरा अलग-अलगमा हालेर अलग-अलग खर्च गर्नुपर्छ। नतोडीकन एउटैमा राखेर ३० गते नै बाटो लगाउन सुरु गर्ने र आउँदो निर्वाचनसम्म यो गठबन्धन भयो भने पाँचै वटालाई एउटै पेरुंगामा हालेर (फाल्ने)। त्यो सजिलो हुन्छ', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।