प्रतीकात्मक तस्बिर
भोजपुर–भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ।
जिल्लाको षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ।
खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ। घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।