• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सर्लाहीका १४ पालिका प्रमुखमा महिला उम्मेदवार

64x64
रासस शुक्रबार, वैशाख २३, २०७९  १५:००
1140x725

सर्लाही- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीबाट १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। 

मुलुककै सबैभन्दा बढी अर्थात् २० स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट आठ र ६ स्वतन्त्र गरी १४ महिलाले अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका हुन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले स्थानीय तहका अध्यक्ष वा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ।

नेकपा एमालेबाट तीन तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एक महिलालाई पालिकाको अध्यक्ष वा प्रमुख पदमा उम्मेदवार बनाएको हो। 

नेकपा (एमाले)ले ५४ वर्षीया कल्पना कटुवाललाई बरहथवा नगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाएको छ। यसअघि विसं २०७४ को निर्वाचनमा पनि सो पालिकाको प्रमुख पदमा एमालले कटुवाललाई उम्मेदबार बनाएको थियो। कटुवालले त्यसबेला चार हजार ८०७ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेकी थिइन्। 

त्यतिबेला माओवादी केन्द्रबाट नगर प्रमुखका उम्मेदवार देवानन्द महतोले सात हजार ३०८ र कांग्रेसका निरञ्जनप्रसाद दासले पाँच हजार २७ मत प्राप्त गरे। यस पटक कटुवालले निवर्तमान नगर प्रमुख माओवादी केन्द्रका महतो र कांग्रेसका विगु चौधरीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

त्यस्तै एमालेले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा सङ्गीतादेवी महतो नुनिया र ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीलाई उम्मेदवार बनाएको छ।

चन्द्रनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको छ। एमालेले चन्द्रनगर गाउँपालिका उपाध्यक्षमा दलित समूहबाट राजन्ती पासवानलाई उम्मेदवार बनाएको छ। पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिएकी ३३ वर्षीया सङ्गीताले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष महेन्द्र महतो सुडी, कांग्रेसका राजकुमार महतो, माओवादी केन्द्रका लोकेन्द्र मुखिया, जसपाका सुधीरकुमार यादव, जनमत पार्टीका किशोरी महतो सुडीलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। 

Ncell 2
Ncell 2

त्यसैगरी एमालेबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी ३८ वर्षीया रीता कुमारीले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष विनोदकुमार साह, कांग्रेसका रामपदारथ साह, जसपाका वीरेन्द्रकुमार राय, माओवादी केन्द्रका कृष्णा राय, जनमत पार्टीका शैलेन्द्र कुशवाहा, बहुजन एकता पार्टी नेपालका देवेन्द्र रामलगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ। 

त्यस्तै माओवादी केन्द्रले गोडैता नगरपालिकाको प्रमुखमा अनिता देवीलाई उम्मेदवार बनाएको छ। उनले २०७४ सालको निर्वाचनमा पनि सोही पदमा दुई हजार ३९७ मत ल्याएकी थिइन्।

त्यहाँ तत्कालीन राजपाबाट निवर्तमान नगर प्रमुख देवेन्द्रकुमार यादवले तीन हजार ९०२ तथा कांग्रेसका उपेन्द्रप्रसाद कुशवाहाले तीन हजार ६७४ मत प्राप्त गरेका थिए। उनले यो पटक पनि यसअघिका निर्वाचित नगर प्रमुख लोसपाका यादव, कांग्रेसका कुशवाहालगायतसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। त्यसैगरी कौडेना गाउँपालिकामा जनमत पार्टीबाट ३१ वर्षीया सावित्री धिताल तथा राष्ट्रिय सद्भावना पार्टीबाट ५१ वर्षीया अर्चनादेवी गिरीले अध्यक्षमा उम्मेदवारी दिए।

उनीहरुले निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव, कांग्रेसका रुपेशकुमार, जसपाका राज नन्दनप्रसाद, माओवादी केन्द्रका महादेव साह, एमालेका श्यामप्रसाद चौधरी कलवारलगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। त्यसैगरी हरिवन नगरपालिकामा नेपाल सद्भावना पार्टीबाट ५५ वर्षीया बचवीदेवी साह तेली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६५ वर्षीया राधाकुमारी बरालले हरिपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी छन्।

हरिवनकी तेलीले निवर्तमान नगर प्रमुख एमालेका गणेश प्रसाद प्रसाईं कांग्रेसका रामप्रसाद मैनाली, माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल), नेकपा(एकीकृत समाजवादी)का सुरेन्द्र लामालगायतसँग प्रतिस्पर्धा गर्नुपर्ने छ भने हरिपुरकी बरालले निवर्तमान मेयर एकीकृत समाजवादीका जमिरुद्धिन मंसुर, कांग्रेसका गोपाल पञ्जीयार, एमालेका यादव सरकार, माओवादी केन्द्रका सुनिल बुढाथोकी, लोसपाका रामचन्द्र साह, जनमतका राजेन्द्ररायलगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। 

त्यस्तै बागमती नगरपालिकाको प्रमुख पदमा ४३ वर्षीया धनकुमारी खड्का पौडेलले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। जिल्लामा उनीसहित छ महिलाले पालिका प्रमुखको रुपमा उम्मेदवारी दिएका छन्।

पालिका प्रमुखमा छ स्वतन्त्रसहित १४ जना तथा उपप्रमुखमा भने २० जना स्वतन्त्रसहित १४१ जना महिलाले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीमा कूल चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन्। तीमध्ये दुई लाख ५७ हजार १३८ पुरुष तथा दुई लाख १७ हजार २९२ महिला र नौ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ। करिब आधा मतदाता महिला भए पनि उम्मेदवारको रुपमा महिलालाई अगाडि बढाउन भने प्रमुख राजनीतिक दलहरुले कञ्जुस्याइँ गर्दै आएको पाइएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बिहीबार, पुस १०, २०८२
प्रतिनिधि सभा चुनावका लागी रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस बिहीबार, पुस १०, २०८२
‘निर्धारित मितिमै निर्वाचन हुन्छ’ : अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको छ : प्रधानमन्त्री कार्की बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्