• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मैले गरेको राम्रो कामका कारण देउवासँग फेरि बाजी राख्नु परेन : चिरिबाबु महर्जन (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ शनिबार, वैशाख २४, २०७९  १९:०३
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफूअनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले पनि सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ। गठबन्धनबाट नगर प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन पुन: उम्मेदवार बनेका छन्। उनीसँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुराकानीको सम्पादित अंश-

स्थानीय तहमा राम्रा काम गरेका केही जनप्रतिनिधिले भन्ने गरेका छन् कि उत्कृष्ट अंक ल्याएर पास भएको विद्यार्थीले दाहोर्‍याएर पढ्दैन। तर तपाईंले दोहोर्‍याएर ललितपुरको मेयरमा उम्मेदवारी दिनुभएको छ, किन?
विद्यालयमा १० वर्ष पढ्नुपर्छ। तर हाम्रो संविधानले दुई चोटी मेयर हुन सक्ने व्यवस्था गरेको छ। तसर्थ त्यसको मैले उच्चतम प्रयोग गर्न खोजेको हो। उच्चतम प्रयोग गर्न खोज्दै गर्दा यदि मैले गएको पाँच वर्षमा सबै कामहरु गर्न भ्याएको भए फेरि दोहारिनु पर्ने आवश्यकता थिएन। ललितपुर नगरबासी मैले गरेका कामहरुले बेखुस भएर चिरिबाबु तैँले गरेका कामहरु भएन भनेको भए म उठ्ने थिइनँ। मैले जति काम गरेँ उहाँहरुको सुझाव, सल्लाह र चाहना बमोजिम नै उहाँहरुलाई शिरमा राखेर काम गर्दा बढी भन्दा बढी धन्यवाद र आर्शिवाद दिनुभएको छ। कामहरु गर्दै जाँने क्रममा गर्नुपर्ने धेरै हुँदो रहेछ। र, सुरु गरेका कामहरु फेरि सम्पन्न पनि त गर्नु पर्‍यो। कुनै कामहरु दुईतिहाई सकियो, कुनै आधा सकियो, कुनै भर्खर सुरु भएको छ। ती प्रोजेक्टहरु सक्काउनु पर्‍यो पहिलो नम्बरमा। दोस्रोमा, २०७४ सालमा म जितेर जाँदा प्रोजेक्ट बैँक पूरै खालि थियो, केही पनि थिएन। अहिले मैले यसमा थुप्रै प्रोजेक्टहरु राखेको छु। तसर्थ म जितेर जानसाथ नगरबासीका थुप्रै प्रोजेक्टहरु छन्, प्रोजेक्ट बैँकमा। यी र यस्तै कामहरुलाई पूरा गर्नका लागि मैले यसपालि दोहोरिन खोजेको हुँ।

तपाईं दोहोरिँदा नयाँ पुस्ताले अवसर पाएनन्, फेरि अर्को पाँच वर्षको लागि अवसर बन्द भयो भन्ने कुराहरु आइरहेका छन्। यसलाई कसरी लिनुहुन्छ? 

हुन त म पनि ६५ वर्षको युवा नै हुँ, खासै फरक पर्दैन। युवाहरु भन्दा मेरो क्रियाशिलता कम छैन भन्ने मेरो आँकलन हो। तर यो भन्दै गर्दा ५ वर्षको दौरानमा जति मैले अनुभव बटुलेँ, जति मैले कामको अनुभव लिएँ र मैले जति जनतासँगको सम्बन्ध बढाएँ यो भनेको चानचुने कुरा होइन। तसर्थ म फेरि दोहोरिँदा यहाँका जनतालाई अझ बढी सन्तुष्टि दिन सकिन्छ भन्ने मेरो ठम्याइ रह्यो। मैले पाँच वर्षमा गरेका कामका कारणले नेपाली कांग्रेस ललितपुरका संगठन लगायत मेरो नगरक्षेत्र, छिमेकी गाउँपालिका तथा नगरपालिकाहरु र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै नेपाली कांग्रेसको बृद्धि भएको मैले पाएको छु। अब न्यू कमरले मैले जतिको गर्न त ५ वर्ष काम गर्नु पर्‍यो नि त। मसँग अनुभव भएको हुनाले मैले चाहिँ तत्कालै काम गरी सेवा प्रदान गर्न सक्छु। 

तर यसअघिको निर्वाचनमा  मुख्य प्रतिस्पर्धी र यस चुनावमा पनि उम्मेदवार रहेका हरिकृष्ण व्यञ्जनकारले तपाईंले केही पनि काम नगरेको र महानगरको विकास १० वर्ष पछाडि धकेलिएको बताइरहनु भएको छ। के भन्नु हुन्छ?

म प्रतिपक्षी भइदिएको भए मेरो पनि त्यस्तै टोन आउँथ्यो होला। म चाहिँ अलि अप्टिमिस्टिक टाइपको मान्छे छु। कसैले राम्रो काम गरेको छ भने त्यसलाई नराम्रो लेप लगाउन जान्दिँन, तारिफ गर्छु। भएको कामलाई स्वच्छ मनले तारिफ गर्न नसक्नु नै मेरा विपक्षीको कमजोरी हो। तर कथम् कदाचित म विपक्षी भएको भए चिरिबाबुले यो यो राम्रो काम गर्‍यो, यो यो क्षेत्रमा चिरिबाबु असफल रह्यो भनेर बुँदागत रुपमा भन्थे होला। उहाँले लगाएका आरोपहरु चुनावको मुखमा भोट बुटुल्न मात्र हो।  

अघिल्लो पटक तपाईंले चक्रपथमा मोनोरेल चलाउनेदेखि विद्युत, टेलिफोन र केबल तार भूमिगत गर्नेसम्मका योजनाहरु अघि सार्नु भएको थियो। अहिले योजनाहरु के छन्, त्यही कुराहरु छन् कि फेरिए? रेल तथा मोनोरेलका कुराहरु तपाईंको दलले संकल्प पत्रबाट हटाएको छ, तपाईंको योजना के छ?

मोनोरेलको कुरा मैले मेरो घोषणापत्रमा समावेश गरेको छैन, यो काठमाडौँ महानगरपालिकाको योजना हो। तर काठमाडौँ महानगरपालिकाले चक्रपथको लगभग २८ किलोमिटरको दूरीमा मोनोरेल चलाउने भन्दा ललितपुर महानगरपालिकामा ७.९ किलोमिटर पर्छ। मेरो भनाइ के हो भने यहाँ यातायातको समस्या त छ। यसको समाधानका लागि कसैले मोनोरेल चलाउँछ भने त्यो त राम्रै कुरा हो। त्यसैले यस्तो कुरालाई सहयोग गर्नुपर्छ ‘पुस’ गर्नका लागि हो। अथवा मैले ल्याप्चे लगाएर अप्रुभ गरेको हो।  विद्युत, टेलिफोनको तारको बारेमा काठमाडौंमा काम सुरु भइसकेको छ। यो चाहिँ विश्व बैँकको प्रोजेक्ट हो, त्यही प्रोजेक्ट अन्तर्गत ललितपुरमा पनि यसको कार्यक्षेत्र पर्छ। र, ललितपुरमा पनि छिट्टै काम सुरु हुने कुलमान घिसिङ सरले भन्नुभएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ललितपुर महानगरले एसियन विकास बैँकबाट ७४ करोड रुपैँया ऋण होइन कि ग्रान्ट ल्याएर लगनखेल, पाटन दरबार क्षेत्र, मंगलबजार, शङ्खमुल, बङ्गलामुखी कुम्वेश्वर देखि शङ्खमुलसम्मको २.८ किमि को ट्रङ्कलाइन प्रोजेक्ट सुरु गरेको छ। हुन त यसको निर्माण अवधि ५४० दिन हो। काम सुरु हुनासाथ कोभिड महामारी सुरु भयो। हाम्रो २३ जना कामदारहरुलाई सङ्क्रमण भयो। त्यसकारण त्यो प्रोजेक्ट लामो समयका लागि बन्द गर्नुपर्यो। अब त्यो ५४० दिनको सट्टा सम्भवत ७४० दिन हुन सक्छ र त्यो प्रोजेक्ट चाहिँ सकिन्छ। तर यो प्रोजेक्टको ट्रङ्कलाइनमा १.४ डायमिटरको पाइपको व्यवस्थापन छ। त्यो खनेकै बेला हामीले दाँया बाँया बिजुलीको पाइप, टेलिफोनको पाइप राख्ने व्यवस्था गरेका छौँ। यो योजना सकिँदा लगनखेलदेखि २.८ किमिको आकाश चाँहि सफा देखिन्छ। कुनै पनि किसिमको तारहरु रहँदैन। 

ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सहर ललितपुरको संरक्षण मात्रै होइन, यसलाई आधुनिक सुविधा सम्पन्न सहर बनाउने पनि तपाईंको योजना घोषणापत्रमा थियो। यो बाचा पूरा भयो?

एकैपटकमा सबै कुरा पूरा हुँदैन। ‘रोम वाज नट बिल्ट ओभरनाइट’ भन्छ नि! रोम कति वर्ष लगाएर कति जना वादशाहहरुले बनाए, अहिले हामी हेर्न जाँदा आहा कति राम्रो चिटिक्क परेको भन्छौँ। 

तपाईं यसअघि निर्वाचित भएपछि पाँच वर्षको अवधिमा के-के काम सम्पन्न भए ?
ललितपुर महानगरपालिकामा सांस्कृतिक क्षेत्रलाई अक्षुण राख्दै त्यहाँ त्यस्तै किसिमको विकास निर्माण गर्दै त्यो भन्दा बाहिरी क्षेत्रलाई स्मार्ट सिटी बनाउने भनेर मैले भनेको थिएँ, त्यो बमोजिम हामीले धेरै कामहरु गरिसकेका छौँ। हामीले ‘म्युनिसिपल ट्रान्सपोर्टेसन मास्टरप्लान’ अध्ययन गराएका छौँ। त्यसबाट सिफारिस भएका कुराहरु एकपछि अर्को गर्दै कार्यान्वयन गर्दै आइरहेका छौँ। कतिपय ठाउँमा वान वे गरेका छौँ, कुनै ठाउँमा मोटरसाइकल समेत छिर्न पाइँदैन, कुनै ठाउँमा जान पाइन्छ फर्किन पाइदैन, यस्ता प्रावधानहरु हामीले धेरै ठाउँहरुमा लागू गरिसकेका छौँ । अर्को, रात्रिकालीन सहरहरु उज्यालो हुनुपर्छ भन्ने मान्यता राख्दै अहिलेसम्म ४ ओटा रुटमा स्मार्ट सिटी लाइट इन्टल गरिसक्यौँ । तसर्थ बाग्मती पुलबाट भित्र छिर्नसाथ उज्यालो सहरमा छिरेको अनुभव गर्नुहुन्छ। यो हाम्रो फेज १ को काम हो। यो सकेर हाम्रो फेज २ को काम सुरु भइसकेको छ। यसमा चाहिँ हामी स्मार्ट सिटी लाइट बुंगमती, खोकना, हरिसिद्धि, सुनकोटी, धापाखेल बाट बत्ति राखेर जावलाखेल, लगनखेल प्रवेश गछौँ। यसको काम पनि सुरु भइसकेको छ। यसमा हामी ११५० ओटा स्मार्ट सिटी लाइट इन्स्टल गर्दै छौँ। त्यसपछि हाम्रो फेज ३ छ, चक्रपथको रोडलाई धेरैले ज्यानमारा रोड भन्छन्। त्यहाँ एउटा सडकमा हुनुपर्ने केही छैन। अपांगमैत्री, साइकल लेन, ट्राफिक बत्ति केही पनि छैन। ललितपुर महानगरभित्र पर्ने ७.९ कि मि क्षेत्रमा बत्ति नभएकै कारण अध्याँरोमा दर्घटनाहरु भएको देखिन्छ। त्यस क्षेत्रमा हामीले स्मार्ट सिटी लाइट राख्न ठेक्का दिइसकेका छौँ। बनाएर सकेपछि पनि ५ वर्षसम्म प्रविधिमा केही घटबढ भयो उहाँहरु नै जिम्मेवार हुनेछन्। यस्तो अवधारणामा हामीले काम गनै गइरहेका छौँ। त्यसमाथि हामीले सार्वजनिक जग्गाहरुमा थुप्रै पार्कहरु बनायौँ। पुराना पोखरीहरुको पुर्ननिर्माण गरी त्यसलाई आकर्षक देखिने गरी छेउमा खाने बस्ने ठाउँहरु बनायौँ । यी र यस्ता कुराहरु धेरै गर्यौं। तपाई ललितपुर महानगरपालिकाको कुनै पनि सडकमा जानुहोस्, हरियाली देख्नुहुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सहरलाई साइकल र वातावरण मैत्री बनाउन तपाईंले गरेको प्रयासले प्रचार र प्रशंसा दुवै पायो, तर पर्याप्त भएन कि जस्तो देखियो। कस्ता समस्या रहेछन्?

अहिलेसम्म ललितपुर महानगरपालिका नै पहिलो नगरपालिका हो, जसले साइकल लेनको व्यवस्था गर्‍यो। हामीले अहिलेसम्म साढे ३२ कि मि साइकल लेन बनाइसकेका छौँ। त्यही कारणले अलिकति चर्चा परिचर्चा हुन गयो। हामीले अहिले चाहिँ चक्रपथको ७.९ कि मि क्षेत्रमा दुबै सर्भिस ट्राय्कमा गरी १५.८ कि मि को अन्तर्राष्ट्रिय स्तरको लेन बनाउँदै छौँ। ठेक्काको काम भइसकेको छ, काम छिट्टै सुरु हुँदैछ। चर्चा बटुल्न मात्रै गरिएको काम चाँही होइन। एउटा स्मार्ट सिटीमा हुनुपर्ने धेरै कुराहरुमध्ये यो पनि एउटा महत्त्वपूर्ण कुरा हो। त्यसैले हामीले यो काम सुरु गर्यौ। सुरुमा भएकामा थप्दै पनि छौँ र थप्ने योजनाहरु पनि छन्। उदाहरणका लागि चक्रपथमा हामीले १५.८ किमि को लेन बनाउँदै छौँ भनेपछि यो कुनै मजाक होइन। 

यातायात व्यवस्थापनको कुरा त एकदमै चुनौतीपूर्ण छ। साथसाथै फोहोर व्यवस्थापनको कुरा सधै चुनावी अजेन्डा बनिराख्ने तर कहिल्यै समाधान नहुने अवस्था देखिन्छ। यो विषयमा ५ वर्षमा कसरी काम गर्नुभयो र अबका योजना के छन्?

यातायात व्यवस्थापनको कुरा एकदमै चुनौतीपूर्ण हो, तर हामीले हात बाँधेर बसेका छैनौँ । हामीले साझा बससँग सहकार्य गरेका छौं। जति पनि हरियो बस छन्, त्यसमा हाम्रो लगानी छ। त्यसकारण बसको संख्या बढ्यो र गोदावरी, बुंगमती रुट पनि थप्यो। यसको संख्या अझ थप्दै छौँ। ललितपुरभित्रका बस नछिर्ने ठाउँहरुमा पर्यटन प्रवर्धनका लागि साझासँगै सहकार्य गरेर इ बस सञ्चालन गदैछौँ। इ बसहरु यतिबेलासम्म आइसक्नुपर्नेमा युक्रेन युद्धाका कारण केही ढिला भएको छ तर हामी चलाउँछौं। 

यो पर्यटक चक्रपथको विषय निकै चर्चामा थियो । त्यसमा के कति काम भयो?

यस सन्दर्भमा हाम्रो तर्फबाट हुनुपर्ने कामहरु भयो। नेपाल  सरकारको क्षेत्रभित्र पर्ने जुन ८ मिटरका बाटाहरु छन्, त्यो हामी जितेर आउनुभन्दा पहिले नै टेन्डर भएका हुन्, अहिलेसम्म सकिएको छैन। त्यसले गर्दा हाम्रो साइकल लेनको काम पनि अवरुद्ध भयो र हेरिटेज टु हेरिटेज कनेक्टीभिटिको काम पनि हुन सकेको छैन। नेपाल सरकारले यो काम सक्ने बित्तिकै हामी काम गछौँ। 

काठमाडौँमा जस्तै ललितपुरमा पनि व्यवसायको निकै सम्भावना छ। तर ललितपुर महानगरले जुन खालको नीति नियम बनाउनु पर्थ्यो  त्यो बनाउन सकेन भन्ने विज्ञहरुको भनाइ छ, यसमा के भन्नुहुन्छ ?

यसमा अलिकति सुधार त गर्नै पर्छ। व्यावसायीक क्षेत्रलाई बढाउन व्यवसायीहरु पनि योजना र प्रस्तावनाहरु लिएर आउनु पर्यो। आएको खण्डमा त हामी सहयोग गछौँ। राम्रोसँग व्यवसाय गर्नेहरुलाई महानगरपालिकाले सहयोग गरिरहेको छ। साना व्यवसायीहरुले पनि स्कीम लिएर आए भने हामी सहयोग गछौँ। यसअघि हामीले साना व्यवसाय र हस्तकलाको तालिम दियौँ तर त्यो तालिममा मात्रै सीमित भयो, त्यसको प्रतिफल देखिएन। अबदेखि हामीले तालिममा उत्कृष्ठ हुने र त्यही सम्बन्धी केही गर्न खोज्नेलाई व्यवसाय गर्न सम्भवत व्याज तिर्नु नपर्ने गरी महानगरबाट ऋण दिने पनि हाम्रो योजना छ। यसबाट रोजगारी बढ्नुका साथै साना व्यवसायहरुमा जागरण आउँछ भन्ने पनि विश्वास छ। 

५ वर्षअघि लगनखेल र जावलाखेलको तरकारी बजारमा कोल्ड स्टोर बनाउने, लगनखेलमा व्यापारीक भवन र सुन्दरीघाटको कान्जी हाउस बनाउने योजना अघि सार्नुभएको थियो, यी योजानाहरु पूरा भए ?

लगनखेलमा जुन डिप कोल्ड स्टोर बनाउने भनेका थियौँ, त्यसमा हामी अलिकति पछाडि पर्‍यौं । अहिले हामीले अध्ययन गर्न दिएका छौँ। त्यो पनि हाम्रो प्रोजेक्ट बैँकको एउटा योजना हो। अब आउने समयमा चाहिँ पक्कै पनि हामी त्यसतर्फ प्रवेश गर्छौं। जावलाखेलमा हामीले छुट्टै नयाँ बनाउने भनेको होइन, त्यो क्षेत्र अस्वभनीय देखेर एउटा पार्क बनाउने भनेको हो। अहिले हामीले एउटा सुन्दर पार्क बनाईसकेका छौँ। 

सबै वडामा पुस्तकालयको व्यवस्था, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुल्चोक इन्जिनियरिङ कलेज र पाटन कलेजसँगको सहकार्यमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिवद्धता पनि यसअघिको निर्वाचनमा गर्नु भएको थियो,  यसमा के कति काम भयो? 

२९ आटै वडाहरुमा पुस्तकालयको व्यवस्था भइकझ छ, कुनै ठाउँमा केही कारणबस् भएन होला। त्यता तिर हामी हेछौँ नै। काठमाडौँको केशर पुस्तकालय र ललितपुरको मदन पुस्तकालय एकदमै चर्चित छ। ललितपुरमा अर्को शारदा पुस्तकालय भन्ने धेरै पुरानो नगरको मातहतमा थियो। तर ०४६ सालको जनआन्दोलनमा त्यो पुस्तकालय नासियो। यसलाई पुर्नजीवन दिनका लागि कामहरु पनि सुरु भएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरामा हाम्रो राम्रो काम भइरहेको छ । प्रत्येक वर्ष करिब १० प्रतिशत विद्यार्थीहरुलाई यो सुविधा दिइरहेका छौँ । मेरो यसपटकको घोषणापत्रमा चाहिँ प्राविधिक विषय पढ्ने विद्यार्थीहरुलाई थप छात्रवृत्ति दिने कुरा पनि उल्लेख छ। 

धापाखेलमा आयुर्वेदिक अस्पताल, शंखमुलमा अस्पताल भवन तथा वडैपिच्छे योग तथा प्राकृतिक चिकित्सा केन्द्र बनाउने योजना थियो र केही बजेट पनि विनियोजन गर्नुभयो, त्यसमा कति काम भयो?

धापाखेलमा अस्पताल बनाउन बजेट पनि व्यवस्थापन गर्यौ, जहाँसम्म लाग्छ उहाँहरुले ड्रइङहरु बनाइसक्ने काममा लागि पर्नुभएको छ । त्यसपछि शंखमुलमा रोटरी इन्टरनेसनलसँन मिलेर एउटा हट क्लिनिक खोल्ने योजना छ, त्यसलाई पनि बजेट व्यवस्थापन गरिसकेका छौँ । योग तथा व्यायाम मान्छेहरु आफै गर्छन् । तैपनि योग कक्षाहरु केही वडाहरुमा सञ्चालन गरेका छौँ । 

कर्मचारीले गर्ने साना साना कामहरुमा आफैं संलग्न हुँदा चाहेजस्तो काम हुन सकेन भन्ने आरोप तपाईंमाथि कर्मचारीले नै लगाउने गरेको चर्चा छ, यसमा सत्यता छ?

मैले धेरै वर्ष योेजनामा काम गरिसकेको र सरकारी कर्मचारीहरुले समयमै काम नगर्दिने, राम्रो काम नगर्ने, काम गर्ने शैलीमा सुधार गर्नुपर्ने भएकाले म त्यति खुसी हुन्नथे र कतिपय कामहरु म आफैं पनि गर्थेँ। कामहरु राम्रोसँग क्वालिटि देखिने र देखाउने गरी गर्नुपर्छ। कामहरु भयो कि भएन, के के भए, के कति काम भए सबै सोधखोज गर्ने गर्थेँ। मैले भन्दाखेरी अप्ठ्यारो लाग्न सक्छ, यो संयत्रले त्यति राम्रो काम गर्न सकेको छैन।

फेरि मेयरमा लडिरहँदा पुरानै कार्यक्रमहरुको निरन्तरता हुन्छ कि केही नयाँ योजना पनि छन्?

थुप्रै नयाँ योजनाहरु छन्। जस्तै कोभिड महामारीमा ललितपुर महानगरले देशकै सबैभन्दा राम्रो काम गरेको आम जनता र नेपाल सरकारले पनि भनेक‍ो छ। हामीले छिटो निर्णय लिएर कार्यान्वयन गरेकाले हामी उत्कृष्ठ भयौँ होला। विश्व स्वास्थ्य संगठनका महासचिवले पनि हामीले गरेका कामको बारेमा सुन्नुभएको रहेछ। अस्ति आउनुभएको बेलामा हाम्रो खोप केन्द्र भ्रमण गर्नुभयो। उहाँले धेरै तारिफ गरेर जानुभयो। यो एउटा प्रमाण हो, कुनै काम अचानक आइपर्दा हाम्रो क्षमता प्रदर्शन कसरी गर्नुपर्छ भनेर। र, हामीले मेरो नेतृत्वमा काम गरेर यो क्षमता देखायौँ, आगामी दिनमा पनि देखाउने छौँ। 

यसअघिको चुनावमा उठ्दा सभापति शेरबहादुर देउबासँग बाजी राखेर जित्नु भयो जसबापतको रकम पनि पाउनु भएको चर्चा चलेको थियो, यसपटक पनि यस्तो केही भएको छ?

म जित्छु नै भन्ने मेरो आँकलन थियो। मैले गरेका कामहरु, वडा अध्यक्ष पनि भइसकेको र विभिन्न कामहरुमा पनि संलग्न भइरहेको हुनाले जित्छु नै भन्ने मेरे अन्तस्करणले भनिरहेको थियो। तर यो कुरालाई मैले मार्केटिङ गर्न सकेको थिइँन। म नेतागणलाई चिन्थेँ तर उहाँहरुले मलाई चिन्नुहुन्नथ्यो। महानगर जस्तो ठाउँमा नाम पनि कहिल्यै नसुनेको चिरिबाबु महर्जन भन्ने ज्यापुले आएर जित्ला र भन्ने उहाँको मनमा लाग्नु ठिकै हो। त्यो बेला मैले बाजी राखे र जितेँ। सय रुपैयाँ बाजी राखेको हजार पाएँ । मैले ५ वर्षमा जति काम गरे, ती कामहरुकै कारण यसपालि चाहिँ बाजी राख्नु परेन। मैले फेरि टिकट पाएँ, र जितेर पनि देखाउँछु। 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्