काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा सभा गर्ने भएको छ। आज (बुधबार) मोरङको विराटनगरबाट सभाको आरम्भ हुने छ।
विराटनगरको सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
विभिन्न दश ठाउमा हुने सभामा देउवा र पौडेलले सम्बोधन गर्नेछन्। साथै स्थान अनुसार पार्टी पदाधिकारी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।
सार्वजनिक सूची अनुसार विराटनगर, भरतपुर, काठमाडौं, बुटवल, दमौली, जनकपुर, पोखरा, तुलसीपुर, धनगढी, डडेलधुरामा सभा हुनेछ।
यस्तो छ, सभा हुने मिति, स्थान र केन्द्रीय वक्ताहरुः
१. वैशाख २१ गते मोरङ (विराटनगर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
विश्वप्रकाश शर्मा, महामन्त्री लगायत अन्य वक्ताहरू
२. वैशाख २२ गते चितवन (भरतपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
३. वैशाख २३ गते काठमाडौं
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता लगायत अन्य वक्ताहरू
४. वैशाख २४ गते (बिहान ११ बजे) रुपन्देही (वुटवल)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
गगनकुमार थापा, महामन्त्री लगायत अन्य वक्ताहरू
५. वैशाख २४ गते (दिउँसो १२ः३० बजे) तनहुँ (दमौली)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
डा. प्रकाशशरण महत, प्रवक्ता लगायत अन्य वक्ताहरू
६. वैशाख २४ गते (दिउँसो २ बजे) धनुषा (जनकपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
भीष्मराज आङ्दम्बे, सहमहामन्त्री
महेन्द्र यादव, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
७. वैशाख २५ गते (बिहान ११ बजे) कास्की (पोखरा)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
धनराज गुरुङ, उपसभापति
जीवन परियार, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
८. वैशाख २५ गते (दिउँसो २ बजे) दाङ (तुलसीपुर)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
किशोरसिंह राठौर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
९. वैशाख २६ गते कैलाली (धनगढी)
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
फरमूल्लाह मंसुर, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
१०. वैशाख २७ गते डडेल्धुरा
शेरबहादुर देउवा, सभापति
रामचन्द्र पौडेल, नेता
बद्री पाण्डे, सहमहामन्त्री लगायत अन्य वक्ताहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।