काठमाडौं– सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टीसँग गठबन्धन नभएको र आफ्नो एकल उम्मेदवार पनि नभएको स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिकाविरुद्ध मतदान गर्ने निर्णय गरेको छ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्।
एकीकृत समाजवादीले महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, आफ्नो पार्टीसँग गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने निर्णयसमेत बैठकले गरेको छ। साथै, गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयत्न गर्ने निर्णयसमेत पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।