काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले 'स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति–सचिवालय' गठन गरेका छन्।
सचिवालयको संयोजकमा केन्द्रीय सदस्य नानु बाँस्तोल रहेकी छन्। यस्तै, सदस्यहरूमा डा. सुरेश आचार्य, डा. प्रभु वुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन्।
सचिवालयले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र उपसमितिहरूले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे संयोजन गर्नेछ।
यस्तै, कांग्रेसका विभिन्न सांगठनिक संरचनाहरूले स्थानीय तहको निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउनका लागि गरिरहेका कामहरुको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक कार्य गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।