• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

इटहरी उपमहानगर :  एमालेको गढलाई सत्ता गठबन्धनको चुनौती 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २०, २०७९  १६:०१
1140x725

सुनसरी– पूर्वको उदाउँदो सहरको रुपमा देखापरेको इटहरी उपमहानगरपालिमा चुनावी सरगर्मी बढेको छ। तराईकाे गर्मीजस्तै इटहरीमा निर्वाचनको माहोल पनि दिनदिनै चर्को बनिरहेको छ। 

सुनसरीका दुई उपमहानगरमध्ये धरान र इटहरी दुवै वाम झुकाव भएको क्षेत्र हो। खासगरी इटहरी एमालेले हरेक निर्वाचनमा जित हात पार्दै आएको क्षेत्र हो। यसपटक उक्त क्षेत्रमा जितको झण्डा फहराउन सत्ता गठबन्धनले आफ्नो शक्ति केन्द्रित गरिरहेको छ। त्यसैले निर्वाचन झन् रोचक हुने देखिएको छ। 

इटहरीमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र एमालेबीच कडा टक्कर हुने अनुमान गरिएको छ। यहाँ तीन दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरका उम्मदेवार छन्। उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्ट छन्। उनीहरूलाई चुनौती दिन एमालेका तर्फबाट मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी मैदानमा छन्।   

त्यस्तै, तेस्रो शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ। जसले मेयरमा पूर्वअञ्चल प्रशासक भएका राप्रपा नेता रामकुमार सुब्बाका छोरा आकाशहाङलाई अघि सारेको छ।  उपमेयरममा बबिताकुमारी चौधरी छन्। राप्रपाका नेता सुब्बाको इटहरीमा प्रभाव भएकाले उनले कांग्रेस र कम्युनिस्टको भोट काट्ने अनुमान गरिएको छ।  

कांग्रेस जितको इतिहास बनाउन अग्रसर, एमाले विरासत जोगाउने कसरतमा 
२०७४ सालको निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी मेयरमा र उपमेयरमा एमालेकै लक्ष्मी गौतम विजयी भएका थिए। चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएकी थिइन्। 

उक्त समयमा नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्। त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएका थिए। अहिले एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पनि आफ्नो संगठन विस्तार गरेकाले सत्ता गठबन्धन सहज अवस्थामा रहेको उनीहरूको दाबी छ। तर, नेकपा एमालेले भने आफूहरू विगतभन्दा झन् राम्रो संगठन र अवस्थामा रहेको दाबी गरेको छ। 

२०७४ सालको निर्वाचनमा इटहरीमा एमालेले मेयर–उपमेयरसँगै आठवटा वडा जितेको थियो। वडा नम्बर २, ४, ५, ९, १८, १९, १३ र १४ मा एमालेले जितेको थियो। नेपाली कांग्रेसले १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र  २० नम्बर वडामा जितेको थियो। त्यो बेला लोकतान्त्रिक फोरम नेपालका तर्फबाट वडा नम्बर १० मा जितेका वडाअध्यक्ष कांग्रेसमा समायोजन भएका थिए। इटहरीमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले एक जना मात्र जनप्रतिनिधि जितेको थियो।   

इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेका सर्वध्वज साँवाले मेयर जितेका थिए। त्यो निर्वाचनमा उपमेयरसहित आठ वटा वडामा पनि एमालेले नै जितेको थियो। वडा नम्बर ७ मा भने नेपाली कांग्रेसले जितेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

मतदाताको अवस्था
२०७४ सालमा इटहरीमा खसेको मतमध्ये ५२ हजार पाँच सय २२ मत सदर भएको थियो। आगामी स्थानीय तहका लागि मतदाता संख्या एक लाख चार हजार ६२६ पुगेको निर्वाचन आयोगले जनाएको छ। यहाँ २०७४ सालको निर्वाचनमा ७७ हजार ६७७ जना मतदाता रहेका थिए। यसपटक २३ हजार मतदाता थपिएका छन्। यी मतदाता निर्णायक हुन सक्ने देखिन्छ। 

के भन्छन् उम्मेदवार?
गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका हेमकर्ण पौडेलले यसपटक आफूहरूले जित्ने अवस्था बन्दै गएको दाबी गरे। विगतमा भन्दा यसपटक आफूहरू बलियो भएको र २०७४ सालमा एमालेले नगरमा काम नगरेका कारण यसपटक जनताले आफूहरूलाई जिताउने उनको विश्वास छ। 

‘अहिले नै हामी जित निश्चित भएको त भन्दैनौं। तर, लगभग हामी विजयी हुने अवस्थामा पुगेका छौं’, पौडेलले भने, ‘२०७४ सालमा जनताले जसरी विश्वास गरे त्यसमा धोका भयो। इटहरीको व्यवस्थित विकासभन्दा जनप्रतिनिधि अन्यत्रै लागेको जनताले थाहा पाएका छन्। यसपटक हामीले विगतका गल्तीहरू पनि सच्चाएर योजनावद्ध इटहरी शहर विकासको योजनालाई पनि अघि सारेका छौं। जनता उत्साही भएको पाएको छु।’ 

तर, नेकपा एमालेका तर्फबाट मेयर पदका प्रतिस्पर्धी यामुकुमार सुब्बाले आफूहरू एक्लै पर्याप्त रहेको बताए। उनले यो क्षेत्र विगतदेखि नै वामझुकाव भएको क्षेत्र भएकाले जतिसुकै गठबन्धन बनाएपनि जित सहज नहुने टिप्पणी गरे। उनले २०७४ सालको निर्वाचनमा नगरले धेरै राम्रा कामहरूको सुरुवात गरेको र अब त्यसलाई निरन्तरता दिन पनि आफ्नो नेतृत्व आवश्यक हुने उनले बताए। इटहरीका जनताले आफूलाई छान्नेमा ढुक्क रहेको सुब्बा बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राप्रपाको दुवैलाई डर 
यो क्षेत्रमा तेस्रो शक्तिको रुमपा राप्रपा रहेको छ। राप्रपाले २०७४ सालको निर्वाचनमा पनि नेकपा एमाले, नेपाली कांग्रेसपछिको मत पाएको र यसपटक पुराना नेता एवं पूर्वमन्त्रीकै छोरा निर्वाचनमा होमिएका कारण केही मत दुवै तर्फको काट्ने देखिएको छ। 

राप्रपाले एकल रुपमा जित हात पार्न नसकेपनि कुनै उम्मेदवारलाई हराउनका लागि भने भूमिका खेल्ने देखिन्छ। राप्रपाले जुन पक्षको बढी मत आफूतिर तान्छ त्यो पक्ष पराजित हुनसक्ने विश्लेषण गरिएको छ।

२०७४ मा राप्रपाबाट उठेका रोहितबहादुर कार्कीले ३ हजार ७१५ मत पाएका थिए। अहिले सुब्बाले त्यसको दोब्बर भन्दा धेरै मत ल्याउने आकलन गरिएको छ। राप्रपाले जति धेरै मत ल्यायो, नेकपा एमाले र सत्ता गठबन्धनका बीचमा प्रतिस्पर्धा उति नजिकको हुने देखिन्छ। यस्तो अवस्थामा झिनो मतान्तरले जुनसुकै पार्टीले नतिजा आफ्नो पक्षमा पार्न सक्ने दुवै पक्षका उम्मेदवारले स्वीकारेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्