काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन्। चुनावी सभालगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन्।
अध्यक्ष ओली बिहान १० बजे झापा प्रस्थान गर्ने उनका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए। ‘उहाँ झापा र इलाममा चुनावी कार्यक्रममा सहभागी हुन जान लाग्नुभएको हो,’ उनले भने, ‘त्यहाँका कार्यक्रम सकेर अध्यक्ष भोलि फर्किनुहुनेछ।’
झापाको भद्रपुर, विर्तामोड, धुलाबारीलगायतका क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुनुका साथै इलाममा हुने कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ।
स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी रहेको छ। निर्वाचनलाई केन्द्रीत गर्दै एमाले अध्यक्ष ओलीले दौडधुप तीव्र बनाएका छन्।
ओलीकै गृहजिल्लाको दमक नगरपालिकामा पाँचदलीय गठबन्धन र राप्रपा मिलेकाले त्यहाँ निर्वाचन जिताउन उनलाई चुनौती थपिएको छ। यसअघिको निर्वाचनमा दमक एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।