काठमाडौं– वैशाख ३० गतेका लागि तय स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दिएकामध्ये ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सोमबार गरेको पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिए।
यस्तै, ७५३ स्थानीय तहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।