काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता उल्लंघन नगर्न नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्देशन दिएको छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ती दललाई निर्वाचन प्रभावित हुने कार्य नगर्न भनिएको छ। आयोगले नेपाली कांग्रेसका नेता शंशाक कोइरालालाई पनि सचेत गराएको छ।
उनले गत निर्वाचनमा आफ्नो छ करोड खर्च भएको अभिव्यक्ति दिएका थिए। त्यस्तै, एमालेका तर्फबाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितलाई पनि स्पष्टिकरण सोधेको छ।
स्थापितलाई कारबाही गर्न माग गरेको ओरेकलाई पनि आयोगले सचेत गराएको छ। आचारसंहिता उल्लंघन गरेकाले स्पष्टीकरण सोधिएको अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।