काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांगे्रस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताए। गठबन्धनबीचको चुनावी तालमेलले राम्रो परिणाम ल्याउने उनको दाबी थियो।
‘यही सरकारलाई संसदीय चुनावसम्म जोगाइ राख्न गठबन्धन दलबीच चुनावी तालमेल गरिएको हो,’ नेता पौडेलले भने। लोकतन्त्र, स्थायित्व र उपलब्धिको रक्षा गर्न कांग्रेस गठबन्धन दलबीच तालमेल गरेर अगाडि बढेको उनको भनाइ थियो।
देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन श्रमिकले खेलेको भूमिका महत्त्वपूर्ण रहेको नेता पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।