काठमाडौं–नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट देशव्यापी रुपमा प्रचार कार्यक्रम ‘थोरै सभा, धेरै घरदैलो’ केन्द्रित गर्ने भएको छ।
पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ को आइतबार बसेको बैठकले सभाहरूमा केन्द्रीय वक्ता नदोहोरिने गरी व्यवस्थापन गर्नेसमेत निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसका उपसभापति एवं उपसमितिका संयोजक धनराज गुरुङको सभापतित्वमा भएको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्धारण गरेका खुलासभाबाहेक अन्य कार्यक्रमहरू विकेन्द्रित रूपमा आयोजना गर्ने÷गराउने निर्णय गरेको छ। बैठकमा उपसमिति सदस्यहरू सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला एवं सदस्य सचिव डा प्रदीप पराजुलीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।