• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावको मुखमा देउवाको फेरि उपद्रव

64x64
नेपाल लाइभ आइतबार, वैशाख १८, २०७९  २१:४७
1140x725

काठमाडौं-मन्त्रिपरिषद्को आइतबारको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजी) मा बढुवा गरेको छ। सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका एआईजी सहकुलबहादुर थापालाई पन्छाएर मन्त्रिपरिषद्ले उनलाई आईजी बनाउने निर्णय गरेको हो।

आईजी कसलाई बनाइएला भन्ने विषयमा पहिल्यैदेखि चर्चा हुँदै आएको थियो। सत्ता गठबन्धनमा अन्य प्रभावशाली नेताहरु, सत्ताको नेतृत्व गरेको दल कांग्रेसभित्रका प्रभावशाली नेताहरु नै आईजी बनाउँदा वरियता मिच्न नहुने पक्षमा हुँदाहुँदै पनि प्रधानमन्त्री देउवा वरियता मिचेर सिंहको पक्षमा उभिएका थिए। परिणामतः दोस्रो 'आईजी काण्ड' हुनसक्ने आँकलन हुँदै आएको थियो।

यो निर्णयको विरोध पनि सुरु भएको छ। मन्त्रिपरिषद्को निर्णय बाहिरिएको केही बेरमै कांग्रेस नेता शेखर कोइरालाले ट्विटरमार्फत् प्रतिक्रिया व्यक्त गरेका थिए। 'वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ', उनको भनाइ छ।

स्थानीय तहको निर्वाचन आउन १२ दिन बाँकी छँदा प्रधानमन्त्री देउवाले विवादित निर्णय लिएपछि यो विषयलाई एउटा घटनामात्रै होइन, उनको निर्णय शैलीको निरन्तरतामा हेर्न सकिन्छ। जब चुनाव आउँछ, प्रधानमन्त्री देउवा पार्टीको छविमा क्षति पुग्ने यस्ता निर्णय गर्न अघि सर्छन्। र विपक्षीलाई मुद्दा उपलब्ध गराइदिन्छन्।

२०७४ सालको निर्वाचनअघि पनि देउवा यसैगरी विवादमा फसेका थिए।

२०७४ जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए, गृहमन्त्री विमलेन्द्र निधि। २०७३ फागुन ३ गते आईजी उपेन्द्रकान्त अर्यालले अवकाश पाउँदै थिए। उनलाई प्रतिस्थापन गर्ने उच्च वरीयतामा थिए, क्रमशः नवराज सिलवाल, प्रकाश अर्याल र जयबहादुर चन्द। प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेसबाट गृहमन्त्री बनेका निधिसम्म वरीयता अनुसार सिलवाललाई नै आईजीपी बनाउनुपर्ने पक्षमा थिए। तर, देउवाले तेस्रो वरीयताका चन्दलाई आईजीपी बनाउन दबाब दिए। देउवाको दबाबको सामु प्रधानमन्त्री र गृहमन्त्रीको केही लागेन। परिणामतः २०७४ फागुन १ गते चन्द आईजीपी बनाइए।

सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले त्यही दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै सरकारको निर्णय कार्यान्वन नगराउन आदेश दिएको थियो। त्यसपछि प्रहरी अस्पतालका प्राविधिक एआईजी डा दिनेशचन्द्र पोखरेललाई निमित्त आईजीपीको जिम्मेवारी दिइएको थियो।

चैत ८ गते सर्वोच्चले चन्दलाई आईजी बनाउने निर्णय बदर गरेको थियो। सर्वोच्चले त्यसबेला उत्प्रेषणको आदेशबाट चन्दलाई आईजी बनाउने निर्णय खारेज गर्दै वरिष्ठता, ज्येष्ठता, कार्य सम्पादन मूल्यांकनका आधारमा आईजी बनाउन आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि चैत २८ गते कार्यसम्पादन र वरीयतामा अघि रहेका प्रकाश अर्याललाई आईजी बनाइएको थियो। पहिलो नम्बरका सिलवालको भने कार्यसम्पादन मूल्यांकन फरक–फरक देखिएको भन्दै छानबिन गरी टुंग्याउन निर्देशन दिएको थियो। यो विषय कालान्तरमा धेरै गिजोलिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

लगत्तै देउवा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग दर्ताको प्रकरणमा फसे। कार्कीमाथि २०७४ वैशाख १७ मा कांग्रेस-माओवादीका सांसद्हरुले महाभियोग दर्ता गर्दा पनि प्रधानमन्त्री प्रचण्ड नै थिए। तर मुख्य खेलाडी देउवा थिए। आईजी प्रकरणपछिको तन्किएको देउवा-कार्कीको खटपटले नै त्यो महाभियोग दर्ता भएको थियो। महाभियोग प्रस्तावमा समेत आईजी प्रकरणलाई उल्लेख गरिएको थियो। सो प्रस्तावमा '...नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न पाउने अधिकारमा हस्तक्षेप गरी फैसला गरेको, कार्य सम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक भएको प्रहरी नायब महनिरीक्षकलाई दोस्रोमा रहेको र दोस्रोमा रहेको प्रहरी नायब महानिरीक्षकलाई पहिलोमा रहेको भनी तथ्यलाई तोडमोड गरी झुठो कुरा उल्लेख गरी फैसला गरेको...' भनिएको थियो।

२०७४ सालमा सम्पन्न तीन वटै चरणको निर्वाचनमा एमालेले यो विषयलाई मुद्दा बनायो। चुनावमा कांग्रेसले कमजोर नतिजा निकाल्नुको कारण धेरै हुनसक्छन्, तर पक्कै चुनाव अगाडिका यस्ता अग्रसरताहरु पनि कारण थिए। जसलाई कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले फरक-फरक सन्दर्भमा चर्चा गर्ने गरेका छन्।

पाँच वर्षपछि अर्को चुनावको मुखमा मुलुक छ। वैशाख ३० गते त देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। तर देउवाले विवादास्पद निर्णयको शृंखला सुरु गरेका छन्।

गत चैत २४ गतेको मन्त्रिपरिषद् बैठकबाट उनले यस्तै निर्णय गराएका थिए। अर्थतन्त्रमाथि संकट आउन लागेको र त्यसबाट बँच्न उपयुक्त प्रयत्न गर्न नसकेको बरु विवादास्पद निर्णयमा फसेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको आलोचना भइरहेको थियो। यसैबीच मन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच असमझदारी पनि बढिरहेको थियो। तर, देउवाले मन्त्री शर्माको कुरा सुने र गभर्नर अधिकारीलाई निलम्बन गर्न छानबिन समिति गठन गरे। सत्ता साझेदार पार्टीहरु र विपक्षी पार्टीहरु मात्रै होइन, विज्ञहरुले समेत यो निर्णयको आलोचना गरे। सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेशमार्फत अधिकारीलाई पुनःस्थापित गरिदियो। पछि अन्तरिम आदेशमार्फत् त्यसलाई निरन्तरता दिएको छ।

गभर्नर प्रकरण सेलाउन नपाउँदै देउवा पुनः आईजी काण्डमा फसेका छन्। सरकारको निर्णयलाई लिएर प्रतिस्पर्धी एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापाले आईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका समाचार सार्वजनिक भएका छन्। यो विषय अझै धेरै उछालिने निश्चित छ।

कांग्रेसका एक नेताले देउवाको यस्तो निर्णय शैलीलाई चुनावको मुखमा गरिएको उपद्रवको रुपमा व्याख्या गरे। 'माथिल्लो तहमा रहनुभएको उहाँले निर्णय त गरिदिनुहुन्छ। त्यसको जवाफ कार्यकर्ता र जनतासँग प्रत्यक्ष सम्पर्कमा जोडिएका नेताले दिनुपर्छ। चुनावको मुखमा त्यो ज्यादै कठिन काम हो', उनी भन्छन्।


 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  २१:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्