• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

दाङको घोराही उपमहानगर, जहाँ हुँदैछ शंकर पोखरेल र कृष्णबहादुर महराको शक्ति परीक्षण

64x64
नेपाल लाइभ आइतबार, वैशाख १८, २०७९  २०:२९
1140x725

दाङ-दाङको घोराही उपमहानगरमा उम्मेदवारका रुपमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड‘ र एमालेका नरुलाल चौधरी मैदानमा छन्। तर, प्रतिष्पर्धा उनीहरुको मात्रै छैन। प्रतिष्पर्धा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र एमालेका महासचिव शंकर पोखरेलबीच समेत रहेको चर्चा यहाँ भइरहेको छ। 

आगामी संसदीय निर्वाचनमा आमने-सामने हुने नेताद्वयको मत सर्वेक्षणका रुपमा समेत उपमहानगरको निर्वाचनलाई हेरिएको छ। त्यसकारण नेताद्वय आफ्ना उम्मेदवार जिताउन मैदानमै उत्रिइसकेका छन्। उनीहरु दुवै गत निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भएका थिए। बाम गठबन्धनबाट संघीय सांसद बनेका महरा सभामुख भए भने प्रदेश सांसद भएका पोखरेल मुख्यमन्त्री बने। त्यो सहकार्य यसपल्ट शत्रुतामा परिणत हुने निश्चित छ। चुनावअघि नै आफूलाई बलियो देखाउन उनीहरु कुनै कसर बाँकी नराख्ने विश्लेषण हुन थालेको छ। 

२०७४ को मत परिणामलाई हेर्ने हो भने गठबन्धनलाई जित निकाल्न कठिन छैन। २०७४ को निर्वाचनमा एमालेका चौधरी २२ हजार ३० ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका भुपबहहादुर डाँगी क्षत्रीले १७ हजार ४ सय ८४ मत ल्याए भने माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याए। 

तर चुनावमा अंकगणितले मात्रै अर्थ राख्दैन। बदलिएको परिस्थिति, उम्मेदवार र मतदातामा विकास हुने चेतनाले निर्वाचनपिच्छे परिणाम फेरिँदै जान्छ। 

सत्ता गठबन्धनको सम्भावना
नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर चुनाव लडिरहेका कारण गणितीय हिसाबले नै सत्ता गठबन्धन बलियो देखिन्छ। घोराहीलाई नजिकबाट नियालिरहेका पत्रकार तथा विश्लेषक  सुशील गौतम गठबन्धनलाई दुवै दृष्टिबाट केलाउनुपर्ने बताउँछन्। 

उनले सत्ता गठबन्धनका लागि सकारात्मक पक्ष बुँदागत  गरेका छन् :

१‍. यहाँका केही मतदाता रुकुम  र रोल्पाबाट बसाइँ सरेकाहरु छन्। उनीहरु माओवादीका पक्षमा छन्।

२.  कांग्रेस र माओवादीको गठबन्धन छ। गत वर्षको मतांकलाई आधार बनाउँदा गठबन्धन नै अगाडि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

३. नेपाली कांग्रेसका तर्फबाट २०७४ मा मेयरका प्रत्यासी बनेका भूपबहादुर डाँगीले उपमेयर स्वीकारेका छन् र कांग्रेसको भागमा धेरै वडा परेका छन्। 

४. सत्ता गठबन्धनका कारण प्रमुख गुमाउनु परेकोमा कांग्रेस कार्यकर्तामा रहेको असन्तुष्टि यहाँ सतहमै आइपुगेको देखिँदैन। 

यसरी हेर्दा गठबन्धनलाई हराउन मुस्किल पर्ने देखिन्छ। तर घोराही गठबन्धनका लागि चुनौतीरहित नभएको गौतम बताउँछन्। 

१. देशव्यापी रुपमा गठबन्धनको पक्ष र विपक्षमा कांग्रेसका कार्यकर्ता छन्। त्यसको केही प्रतिविम्ब घोराहीमा पनि छ। केही कार्यकर्ता असन्तुष्ट छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२. यो क्षेत्रलाई द्वन्द्वपिडित क्षेत्र भनिन्छ। त्यसको प्रतिच्छायाँ मतदानमा  पर्न सक्ने अनुमान छ। द्वन्द्वमा माओवादीबाट पीडित बनेका कांग्रेसका नेता-कार्यकर्ताले माओवादी केन्द्रका उम्मेदवारलाई मतदान नगर्ने सक्ने अड्कलबाजी छ। 

३. नेकपा माओवादी केन्द्रको प्रभाव घट्दो छ। गत निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवारसमेत रहेका दाङ ईञ्चार्ज जीवन गौतमले चुनावको संघारमै पार्टी छाडेका छन्। लामो समय माओवादी प्रवक्ता महराको स्वकीय सचिवका रुपमा काम गरेका प्रमोद शर्मा दुई महिनाअघि मात्रै एमाले प्रवेश गरेका छन्। 

४. सत्ता गठबन्धनका सबै दललाई समेट्न नसक्दा माओवादी केन्द्र र कांग्रेसको मात्रै तालमेल भएको छ। 

एमालेको अपेक्षा
नेकपा एमालेले चौधरीलाई दोहोर्‍याएर मैदानमा उतारेको हो। यसअघि पनि मेयरका रुपमा काम गरिसकेका उनी तुलनात्मक रुपमा कम विवादित रहेको विश्लषक गौतम बताउँछन्। भन्छन्, 'थारुहरुको बाहुल्य क्षेत्रमा चौधरी उम्मेदवार छन्। पढेलेखेका मान्छे हुन्। तुलनात्मक रुपमा कम विवादित छन्।'

एमालेले एउटा जित्ने आधार यो हो। अर्को विगतका तुलनामा एमालेले यो क्षेत्रमा आफ्नो संगठनमा सुधार गर्दै लगेको देखिएको उनी बताउँछन्।  

मुख्यगरी सत्ता गठबन्धनका माथि उल्लेखित चार चुनौतीको लाभ उठाएर नतिजा आफ्नो हातमा पार्ने प्रयासमा एमाले रहने देखिएको छ। 

साझा समस्या एकीकृत समाजवादी
एकीकृत समाजवादी केन्द्रीय निर्णयअनुसार घोराहीको गठबन्धनमा समाहित हुन सकेन। आफूलाई चारवटा वडा मात्रै दिएको भन्दै असन्तुष्ट एकीकृत समाजवादीले मेयर, उपमेयरदेखि विभिन्न वडामा आफ्नै उम्मेदवार उठाएको छ। 

केन्द्रीय गठबन्धनबाट निरन्तर भइरहेको निर्देशनलाई तपशिलमा राखेर एकीकृत समाजवादीका लुम्बिनी प्रदेश प्रमुख मेटमणि चौधरी मैदानमा उत्रिएका छन्।  प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा शोभा शाहको उम्मेदवारी परेको छ। 

एकीकृत समाजवादी गठबन्धन र एमाले दुवैको साझा चुनौतीजस्तो देखिएको छ। एमालेबाटै छुट्टिएका कारण कति मतदाता घटाउन सक्छ भन्ने यकिन छैन। तर चौधरी नै उम्मेदवार भएका कारण जातीय मत विभाजन हुनसक्ने सम्भावना देखिन्छ। 

एकीकृत समाजवादी छुट्टै लड्नु गठबन्धनका लागि सिधा हानी हुने विश्लेषक गौतम बताउँछन्। झिनो मतान्तरले  हारजित हुने अवस्थामा एकीकृत समाजवादीले काट्ने मतले समस्यामा पार्न सक्ने उनको बुझाइ छ। 

नयाँ मतदाता पारिवारिक स्कुलिङकै प्रभावमा रहेको उनी बताउँछन्। तर, केही भने यसपल्ट राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लाग्न सक्ने संकेत छ। वामपन्थी र कांग्रेसप्रति वितृष्णा भएकाहरुको समूह राप्रपातर्फ लाग्ने देखिएको छ। 

विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा सक्रिय, लामो समय शिक्षण पेशामा रहेकी साहित्यकार  सरिता देवकोटालाई राप्रपाले मेयरमा उठाएको छ। उनले काट्ने भोटले पनि घोराहीको हिसाब गडबड गर्न सक्ने गौतम बताउँछन्।
 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्