काठमाडौं–नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीबाट कूल ३० हजार ६ सय २८ जनाको उम्मेदवारी परेको जनाएको छ।
निर्वाचन तालिकाअनुसार ३१ हजार २ सय ५१ जनाको मनोनयन दर्ता भएकोमा ६ सय २३ जनाको मनोनयन फिर्ता भएको पनि र देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्राय सबै पदमा उम्मेदवारी परेको पनि कांग्रेसले जनाएको छ।
निर्वाचन आयोगले कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरी १७ गते शनिबार सबैलाई निर्वाचन चिन्ह पनि दिइसकेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।