काठमाडौं– कलाकार किशोर भण्डारी स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदको उम्मेदवार बनेका छन्।
‘डिट्ठासाब’ उपनामले चिनिने भण्डारीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ को वडा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका हुन्।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै जनताको व्यक्तित्व विकास गर्ने आफ्नो प्रमुख चुनावी अजेण्डा रहेको उनले बताएका छन्।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठासाब’ हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिका निर्वाह गर्दै आएका उनले अब साँच्चै डिट्ठासाब भएर जनताको सेवा गर्न राजनीतिमा होमिएको बताए।
उनले आफू विशुद्ध जनताको सेवामा लाग्न राजनीतिमा आएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।