काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा (एमाले)को विजय यात्रालाई रोक्न नसक्ने बताएका छन्।
चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको बताएका हुन्।
एमालेको शक्ति अझै बलियो रहेको भन्दै उनले पाँच दलको गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताए।
‘विकास गर्ने एक मात्र पार्टी एमाले हो’, उनले भने, ‘यो कुरा जनतालाई बुझाउन सकियो भने मात्र एमालेले निर्वाचन जित्ने छ।’
एमाले केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने बताए। प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीहरूको संरक्षण गर्ने एकमात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।