काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजी) बढुवामा वरीयता मिचिएको भन्दै असन्तुष्टि जनाएका छन्।
वरीयता मिचेर आईजी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम भएको पनि उनको भनाइ छ। सरकारको निर्णयले प्रहरी संगठनलाई पुन: विवादमा ल्याउन काम भएको पनि उनले बताएका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कोइरालाले भनेका छन्, 'वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।'
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई आईजी बढुवा गर्ने निर्णय गरेको हो।
सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्ष अघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले उनलाई आईजी बनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।