काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा मेयरका अन्य उम्मेदवारको बारेमा चर्चा गर्नु आवश्यक नै नभएको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार जिफन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘अन्य पार्टीका कसै उम्मेदवारको बारेमा केही भनिरहन र चाहन्न चर्चा गर्नै लायक नै छैनन्। उहाँहरूले इच्छा गर्नुभएको छ। त्यो पाइन्छ,’ उनले भने, ‘उहाँहरूको इच्छालाई सलाम गर्ने हो। सूर्य चिह्नमा मतदान गरेर एमालेलाई जिताउने हो।’
उनले नेकपा एमाले नेतृत्वमा काठमाडौं महानगरपालिकालाई नमूना शहरका रुपमा अघि बढाइने प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।