काठमाडौं– काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्वाचित भएका छन्।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा नम्बर २२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन्।
उनीहरू दुवैजना एमालेको तर्फको उम्मेदवार रहेको एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।