काठमाडौं– सत्तारूढ गठबन्धनले गठबन्धनको मर्म र भावना अनुसार नै चुनावी अभियानमा लाग्न निर्देशन दिएको छ।
गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बसेको बैठकले पाँच दलिय गठबन्धनमा समझदारी भएको तर, समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न-गराउन आ-आफ्ना दलले मातहतका निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ।
साथै, गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय गरिएको छ। यो निर्णय पालना नगर्नेलाई आ-आफ्ना दलले कारबाही गर्ने निर्यण भएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्।
गठबन्धनको निर्णय विपरीत कतिपय स्थानीय तहमा बागी उम्मेदवारी परेको छ भने कतिपय क्षेत्रमा गठबन्धन अस्वीकार गर्दै सबै दलले उम्मेदवारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।