• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

वीरगञ्जमा पुरानै प्रतिस्पर्धी मैदानमा, कसले मार्ला बाजी?

64x64
ईश्वर बराल शनिबार, वैशाख १७, २०७९  ०९:४१
1140x725

काठमाडौं– मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मेयरमा मुख्यतः पुरानै प्रतिस्पर्धीहरुबीच पुनः प्रतिस्पर्धा हुने भएको छ। २०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो भएका दुई उम्मेदवार यतिबेला फरकफरक पार्टीबाट प्रतिस्पर्धामा होमिएका छन्।

२०७४ असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट मेयरको उम्मेदवार बनेका विजय सराबगी विजयी भएका थिए। उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरेका थिए। उनी गत फागुन अन्तिममा नेकपा एमाले प्रवेश गरेका थिए। नवप्रवेशी भए पनि सराबगीले नै मेयरको टिकट पाए।

त्यस्तै, अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार भएका राजेशमान सिंह पनि उम्मेदवार भएका छन्। त्यतिबेलाको राजपा जसपा हुँदै लोसपा बनिसकेको छ। महन्थ ठाकुरले नेतृत्व गरेको लोसपामै रहेका सिंह एमाले प्रवेशको तयारी गरिरहेका थिए। तर, एमालेबाट मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका उनले सराबगीको एमाले प्रवेशसँगै आफ्नो एमाले प्रवेशको योजनालाई खारेज गरिदिए। बरु जसपा प्रवेश गरे। उनी अहिले जसपाबाट मेयर उम्मेदवार बनेका छन्।

काठमाडौं बसेर पत्रकारिता गरिरहेका गिरिश गिरी पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरको उम्मेदवार बनेका छन्। वीरगंज महानगरपालिकालाई राप्रपाको प्रभाव क्षेत्र नै मानिन्छ। अर्कोतिर, गिरीका बाबु पनि सो महानगरको पूर्वमेयर हुन्, जसको मेयर रहेकै बेलामा २०६० सालमा माओवादीबाट हत्या भएको  थियो। गिरिश गिरीको छवि र उनका बाबुको लिगेसीले उनलाई पनि प्रतिस्पर्धी उम्मेदवार बनाउने चर्चा भइरहेको छ।

तर यसपटकको निर्वाचनमा मुख्यगरी सराबगी र सिंहबीच प्रतिस्पर्धा हुने चर्चा गरिन्छ। त्यसको कारण भनेको सराबगी निवर्तमान मेयर हुनु र सिंह सत्ता गठबन्धनका उम्मेदवार हुनु नै हो। गिरीले पनि आफू अनुकूल नतिजा नल्याउलान् भन्नचाहिँ सकिँदैन।

२०७४ को स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट सराबगीले १९ हजार ३९३ मत पाएका थिए। दोस्रो भएका नेपाली कांग्रेसका द्विवेदीले १७ हजार १ सय ९७, तेस्रो भएका राजपाका सिहंले १२ हजार १६५, चौथो भएका नेपाल लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तवले ८ हजार ७ सय १, पाँचौँ भएका नेकपा एमालेका बसरुद्धीन अन्सारीले ८ हजार ६८८ र छैटौँ भएका नेकपा माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३०५ मत ल्याएका थिए।

तत्कालीन निर्वाचनमा पार्टीहरु एक्ला–एक्लै चुनावी मैदानमा उत्रेका थिए। त्यतिबेला शीर्ष ६ स्थानमा रहेका पार्टीहरु अहिले दुई पक्षमा छन्।

व्यक्तिगत मतका आधारमा भने २०७४ सालमै सराबगी विजयी भएको र प्रतिस्पर्धी सिंह त्यतिबेला तेस्रो भएका कारण सराबगीको पल्ला भारी हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सराबगी आफुले अघिल्लो कार्यकालमा महत्त्वपूर्ण कामहरू गरेको र जनताले मन पराएको बताउँछन्। बाँकी रहेका कामको निरन्तरता र नयाँ कामहरूको प्रतिबद्धता लिएर फेरि उम्मेदवार बनेको उनको भनाइ छ। 'वीरगञ्जमा पात्र महत्त्वपूर्ण हो। अघिल्लो निर्वाचनमा संगठनविहीन संघीय समाजवादी फोरमबाट जितेको थिएँ। यसपटक एमालेबाट जित्छु', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'गठबन्धनबाट केही चुनौती रहे पनि त्यसले मलाई छेक्न सक्दैन।'

अघिल्लो निर्वाचनको दलीय मत परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिंहको पल्ला भारी देखिन्छ।

सिंहले सार्वजनिक अभिव्यक्तिहरुमा आफ्नो जित सुनिश्चित रहेको बताउने गरेका छन्। 'प्रतिगमन र संविधान विरोधी शक्तिहरुलाई परास्त गर्न बनेको गठबन्धनका साझा उपमेयर पदका उम्मेदवार श्री इम्तियाज आलमज्यूसँग आज पहिलो घरदैलो गरियो। हाम्रो दुवै पार्टीको मिलनले हाम्रो जित सुनिश्चित भएको छ', शुक्रबार मात्रै उनले फेसबुकमा स्टाटस लेखेका छन्।

विगतका सम्पूर्ण तिक्ततालाई भुल्दै आज वीरगञ्जको विकास, समृद्धि र सुन्दर भविष्यको लागि हामीहरु काँधमा काँध जोडेर अगाडि बढेको उनले लेखेका छन्। 'हाम्रो यस साथलाई वीरगञ्जका आदरणीय नगरवासीहरुले सहयोग गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु', उनले लेखेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, परिणामको पूर्वानुमान गर्न कुनै एउटा मात्रै आधार लिँदा वस्तुनिष्ठ नहुन सक्छ। सोही अनुसार उम्मेदवारले गर्ने गरेको दाबी पनि अपूर्ण हुन जान्छ।

मूलतः पछिल्ला चार वर्षमा पार्टीहरुको संरचनामा फेरबदल आएको छ। सबैभन्दा ठूलो पार्टी नेकपा एमाले विभाजन भएको छ। तर माओवादीका धेरै कार्यकर्ता यो पार्टीमा प्रवेश गरेका छन्। एमालेका उम्मेदवारलाई लोसपाले पनि साथ दिएको छ। फेरि सो पार्टी उम्मेदवार सराबगी आफैं यसअघिका विजयी उम्मेदवार हुन्।

सिंह जसपाबाट उम्मेदवार बनेका हुन्। तत्कालीन संघीय समाजवादी फोरम पनि यतिबेला जसपा भएको छ, जसमा तत्कालीन राजपाको केही अंश थपिएको छ। मुख्यतः सिंहको उम्मेदवारी निश्चित व्यक्ति र पार्टीको मात्रै होइन। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्। जसमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमोको पनि साथ छ। कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम मिसिएको छ। एकीकृत समाजवादीले एमालेको एक हिस्सा लिएको छ।

चर्चामा नआएको अर्को पक्ष पनि छ। सत्ता गठबन्धनका दलहरूबीच मेयर र उपमेयरमा मात्र तालमेलको सहमति बनेको हो। महानगरपालिका अन्तर्गतका वडाहरुमा भने दलहरुको आ–आफ्नै उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन्। परिणामतः गठबन्धनका उम्मेदवारलाई विपक्षी दलहरुको भन्दा आफ्नै सहयोगी दलका वडा अध्यक्ष/सदस्यका उम्मेदवारहरुको भूमिकाले अप्ठ्यारो पार्न सक्ने आकलन गर्न थालिएको छ। केन्द्रको एक पक्षीय निर्णयका विरुद्ध तलबाट आक्रोश सार्वजनिक भएका छन्। यसको फाइदा एमाले उम्मदवारलाई पुग्न सक्छ।

व्यक्तिगत मत कति हो भन्ने निर्क्यौल नभएको र नयाँ मतदाताको झुकाव कसप्रति रहन्छ भन्ने निश्चित नहुने भएकाले यहाँको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ। 
 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्