• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
वीरगञ्जमा पुरानै प्रतिस्पर्धी मैदानमा, कसले मार्ला बाजी?
64x64
ईश्वर बराल शनिबार, वैशाख १७, २०७९  ०९:४१
1140x725

काठमाडौं– मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मेयरमा मुख्यतः पुरानै प्रतिस्पर्धीहरुबीच पुनः प्रतिस्पर्धा हुने भएको छ। २०७४ सालको निर्वाचनमा पहिलो र तेस्रो भएका दुई उम्मेदवार यतिबेला फरकफरक पार्टीबाट प्रतिस्पर्धामा होमिएका छन्।

२०७४ असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट मेयरको उम्मेदवार बनेका विजय सराबगी विजयी भएका थिए। उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरेका थिए। उनी गत फागुन अन्तिममा नेकपा एमाले प्रवेश गरेका थिए। नवप्रवेशी भए पनि सराबगीले नै मेयरको टिकट पाए।

त्यस्तै, अघिल्लो निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार भएका राजेशमान सिंह पनि उम्मेदवार भएका छन्। त्यतिबेलाको राजपा जसपा हुँदै लोसपा बनिसकेको छ। महन्थ ठाकुरले नेतृत्व गरेको लोसपामै रहेका सिंह एमाले प्रवेशको तयारी गरिरहेका थिए। तर, एमालेबाट मेयरको उम्मेदवार बन्ने आकांक्षा राखेका उनले सराबगीको एमाले प्रवेशसँगै आफ्नो एमाले प्रवेशको योजनालाई खारेज गरिदिए। बरु जसपा प्रवेश गरे। उनी अहिले जसपाबाट मेयर उम्मेदवार बनेका छन्।

काठमाडौं बसेर पत्रकारिता गरिरहेका गिरिश गिरी पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरको उम्मेदवार बनेका छन्। वीरगंज महानगरपालिकालाई राप्रपाको प्रभाव क्षेत्र नै मानिन्छ। अर्कोतिर, गिरीका बाबु पनि सो महानगरको पूर्वमेयर हुन्, जसको मेयर रहेकै बेलामा २०६० सालमा माओवादीबाट हत्या भएको  थियो। गिरिश गिरीको छवि र उनका बाबुको लिगेसीले उनलाई पनि प्रतिस्पर्धी उम्मेदवार बनाउने चर्चा भइरहेको छ।

तर यसपटकको निर्वाचनमा मुख्यगरी सराबगी र सिंहबीच प्रतिस्पर्धा हुने चर्चा गरिन्छ। त्यसको कारण भनेको सराबगी निवर्तमान मेयर हुनु र सिंह सत्ता गठबन्धनका उम्मेदवार हुनु नै हो। गिरीले पनि आफू अनुकूल नतिजा नल्याउलान् भन्नचाहिँ सकिँदैन।

२०७४ को स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट सराबगीले १९ हजार ३९३ मत पाएका थिए। दोस्रो भएका नेपाली कांग्रेसका द्विवेदीले १७ हजार १ सय ९७, तेस्रो भएका राजपाका सिहंले १२ हजार १६५, चौथो भएका नेपाल लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तवले ८ हजार ७ सय १, पाँचौँ भएका नेकपा एमालेका बसरुद्धीन अन्सारीले ८ हजार ६८८ र छैटौँ भएका नेकपा माओवादी केन्द्रका रहवर अन्सारीले ८ हजार ३०५ मत ल्याएका थिए।

तत्कालीन निर्वाचनमा पार्टीहरु एक्ला–एक्लै चुनावी मैदानमा उत्रेका थिए। त्यतिबेला शीर्ष ६ स्थानमा रहेका पार्टीहरु अहिले दुई पक्षमा छन्।

व्यक्तिगत मतका आधारमा भने २०७४ सालमै सराबगी विजयी भएको र प्रतिस्पर्धी सिंह त्यतिबेला तेस्रो भएका कारण सराबगीको पल्ला भारी हुनसक्छ।

Ncell 2
Ncell 2

सराबगी आफुले अघिल्लो कार्यकालमा महत्त्वपूर्ण कामहरू गरेको र जनताले मन पराएको बताउँछन्। बाँकी रहेका कामको निरन्तरता र नयाँ कामहरूको प्रतिबद्धता लिएर फेरि उम्मेदवार बनेको उनको भनाइ छ। 'वीरगञ्जमा पात्र महत्त्वपूर्ण हो। अघिल्लो निर्वाचनमा संगठनविहीन संघीय समाजवादी फोरमबाट जितेको थिएँ। यसपटक एमालेबाट जित्छु', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'गठबन्धनबाट केही चुनौती रहे पनि त्यसले मलाई छेक्न सक्दैन।'

अघिल्लो निर्वाचनको दलीय मत परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिंहको पल्ला भारी देखिन्छ।

सिंहले सार्वजनिक अभिव्यक्तिहरुमा आफ्नो जित सुनिश्चित रहेको बताउने गरेका छन्। 'प्रतिगमन र संविधान विरोधी शक्तिहरुलाई परास्त गर्न बनेको गठबन्धनका साझा उपमेयर पदका उम्मेदवार श्री इम्तियाज आलमज्यूसँग आज पहिलो घरदैलो गरियो। हाम्रो दुवै पार्टीको मिलनले हाम्रो जित सुनिश्चित भएको छ', शुक्रबार मात्रै उनले फेसबुकमा स्टाटस लेखेका छन्।

विगतका सम्पूर्ण तिक्ततालाई भुल्दै आज वीरगञ्जको विकास, समृद्धि र सुन्दर भविष्यको लागि हामीहरु काँधमा काँध जोडेर अगाडि बढेको उनले लेखेका छन्। 'हाम्रो यस साथलाई वीरगञ्जका आदरणीय नगरवासीहरुले सहयोग गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु', उनले लेखेका छन्।

तर, परिणामको पूर्वानुमान गर्न कुनै एउटा मात्रै आधार लिँदा वस्तुनिष्ठ नहुन सक्छ। सोही अनुसार उम्मेदवारले गर्ने गरेको दाबी पनि अपूर्ण हुन जान्छ।

मूलतः पछिल्ला चार वर्षमा पार्टीहरुको संरचनामा फेरबदल आएको छ। सबैभन्दा ठूलो पार्टी नेकपा एमाले विभाजन भएको छ। तर माओवादीका धेरै कार्यकर्ता यो पार्टीमा प्रवेश गरेका छन्। एमालेका उम्मेदवारलाई लोसपाले पनि साथ दिएको छ। फेरि सो पार्टी उम्मेदवार सराबगी आफैं यसअघिका विजयी उम्मेदवार हुन्।

सिंह जसपाबाट उम्मेदवार बनेका हुन्। तत्कालीन संघीय समाजवादी फोरम पनि यतिबेला जसपा भएको छ, जसमा तत्कालीन राजपाको केही अंश थपिएको छ। मुख्यतः सिंहको उम्मेदवारी निश्चित व्यक्ति र पार्टीको मात्रै होइन। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्। जसमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राजमोको पनि साथ छ। कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम मिसिएको छ। एकीकृत समाजवादीले एमालेको एक हिस्सा लिएको छ।

चर्चामा नआएको अर्को पक्ष पनि छ। सत्ता गठबन्धनका दलहरूबीच मेयर र उपमेयरमा मात्र तालमेलको सहमति बनेको हो। महानगरपालिका अन्तर्गतका वडाहरुमा भने दलहरुको आ–आफ्नै उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन्। परिणामतः गठबन्धनका उम्मेदवारलाई विपक्षी दलहरुको भन्दा आफ्नै सहयोगी दलका वडा अध्यक्ष/सदस्यका उम्मेदवारहरुको भूमिकाले अप्ठ्यारो पार्न सक्ने आकलन गर्न थालिएको छ। केन्द्रको एक पक्षीय निर्णयका विरुद्ध तलबाट आक्रोश सार्वजनिक भएका छन्। यसको फाइदा एमाले उम्मदवारलाई पुग्न सक्छ।

व्यक्तिगत मत कति हो भन्ने निर्क्यौल नभएको र नयाँ मतदाताको झुकाव कसप्रति रहन्छ भन्ने निश्चित नहुने भएकाले यहाँको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ। 
 

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्