• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

देउवाको दूतको भूमिकामा खाण : मिसन चाक्सीबारीको सफलतापछि भरतपुर 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १५, २०७९  १९:१८
1140x725

काठमाडौं- नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्‌मा गृहमन्त्री छन् नेता बालकृष्ण खाण। उनको भूमिका मन्त्रीका रुपमा देउवालाई सघाउने मात्रै छैन, राजनीतिक रुपमा अप्ठ्यारो पर्दा उनी 'सक्रिय-निष्क्रिय' पनि हुने गर्छन्।

देउवाको दूतका रुपमा खाण तेस्रोपल्ट 'मिसन भरतपुर'मा छन्। ६ महिनाको अवधिमा उनले 'मिसन चाक्सीबारी' र 'मिसन कोटेश्वर' सफलतापूर्वक पूरा गरिसकेका छन्। मिसन चाक्सीबारीले देउवाको सभापतिमा दोहोरिने चाहना पूरा गरायो भने मिसन कोटेश्वरले गठबन्धन नटुटाएर एमसीसी पास गर्ने सफलता दिलायो।

मिसन भरतपुरको सफलता र असफलतासँग गठबन्धनको भविष्यसमेत जोडिएकाले उनी बढी मिहिनेत गरिरहेका छन्।

मिसन भरतपुर
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रोपल्ट माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई सघाउने निर्णय स्थानीय कांग्रेस नेता-कार्यकर्ताले सहज रुपमा लिन सकेनन्। तालमेल गरेर चुनाव गर्ने राजनीतिक निर्णय लिइसकेका देउवालाई 'दिन' र माओवादी केन्द्रलाई 'लिन' सजिलो त्यही महानगरपालिका थियो। त्यसैमाथि यसअघि जुन स्थानीय तह जसले जित्यो, त्यसैको अग्राधिकार हुने निर्णय भइहाल्यो।

चितवनका कांग्रेस कार्यकर्ताको दबाब, डेलिगेसन र विरोध केहीले काम गरेन। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रले प्रमुख लिएर भरतपुर महानगरका वडाहरुमा समेत तालमेल गर्ने निर्णय भयो।

त्यो निर्णय कार्यान्वयन यसपल्ट सहज देखिएको छैन। कांग्रेसमा भोट हाल्न पाउनुपर्ने मत राख्दै आएका युवाहरू भविष्य देखेर हच्किए। तर, कांग्रेसका विगतहरुले यसपल्ट विद्रोह गरिदिए। कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिए। उनलाई उनीभन्दा पाका उमेरका कांग्रेस पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा लगायतले सघाए।

युवा कांग्रेसको विद्रोहलाई 'लोभ र धम्की'ले मत्थर पार्न सकिन्थ्यो। देशभरि नै सबै पार्टीले युवालाई 'भविष्य बिग्रिने डर' देखाएर रोक्ने सफलता हासिल गरिरहेका छन्। तर, पाको पुस्ताको विद्रोहलाई सजिलै निस्तेज पार्ने उपाय नसुझेपछि बुधबार खाण चितवन झरेका हुन्।

खाणले बिहीबार बिहानबाट भेटघाट सुरु गरेका छन्। सुरुमा पौडेलका समर्थक पूर्वजिविस सभापति कृष्णलाल सापकोटालाई भेटे। उनले पार्टीको जितका लागि बागी उम्मेदवारी फिर्ता लिने कुरामा सहजीकरण गर्न आग्रह गरे। त्यसपछि यो विद्रोहमा 'ब्याकअप' दिइरहेका कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठलाई उनकै घरमा पुगेर भेटे।

Ncell 2
Ncell 2
nimb
nimb

दुवैको अडान एउटै थियो- मेयरमा रुखमा भोट हाल्न पाउनुपर्ने। त्यसका लागि आफूहरुले सुरुदेखि नै आवाज उठाए पनि सुनुवाइ नभएको उनीहरुले गुनासो गरे। बाध्य भएर कांग्रेस जोगाउन उम्मेदवार उठाएको उनीहरुको भनाइ थियो।

त्यसपछि खाण उम्मेदवार पौडेलकहाँ पुगे। चितवन कृष्णनगरस्थित पौडेल निवासमा पुगेका खाणले गठबन्धन जोगाउनुपर्ने बाध्यताले सम्झौता गर्नुपरेको बताउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरे।

पौडेलले आफूले मात्रै निर्णय गरेर नहुने जवाफ दिएका छन्। खाणसँगको भेटवार्तापछि पौडेलले आफूले उम्मेदवार फिर्ता नलिने अडान दोहोर्‍याएको बताएका छन्। भेटपछि पत्रकारसँग पौडेलको भनाइ थियो, 'चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यका लागि उम्मेदवार बनेको हुँ। फिर्ता लिने विषय मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन।'

निर्वाचन आयोगको कार्यतालिका अनुसार शुक्रबार १० देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ। त्यो समय घर्की नसकेका कारण अझै पनि खाणले यो मिसनमा सफलता हासिल गर्ने सम्भावना कायम छ। राज्यमन्त्री उमेशलाल श्रेष्ठ र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलगायत पनि चितवन पुगेका छन्। खाणले यो मिसन सफल बनाउनेमा देउवा आश्वस्त हुनुपर्छ। किनभने यसअघि उनलाई सुम्पिएका दुई मिसनमा आफूलाई प्रमाणित गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मिसन चाक्सीबारीको सफलता
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुरुवाती परिणाम देउवाले अपेक्षा गरेजस्तो आएन। उनलाई अर्को समूहका शेखर कोइरालाले नजिकबाट टक्कर दिए भने प्रकाशमान सिंह र विमलेन्द्र निधिलगायतले भोट काटे।

पहिलो चरणमा देउवाले २ हजार २५८ मत पाए। उनीसँग प्रतिस्पर्धा गरिरहेका कोइरालासहितका चार प्रत्यासीले २ हजार ४८५ मत पाए। सभापतिको निर्वाचन दोस्रो चरणमा जाने निश्चित भइसकेपछि देउवाले सिंहलाई आफूतिर ल्याउन योजना बनाए।

कुनै समय एउटै गुटमा रहेका तर, पछिल्लो समय नेतृत्वमा 'देउवाको विकल्प' खोज्नुपर्ने अजेन्डा लिएर अघि बढेका सिंह सहजै आफ्नो समूहमा आउने देखेनन्। सिंहलाई आफ्नो समूहमा ल्याउनका लागि दूतका रुपमा गृहमन्त्री खाणलाई रोजे। निर्वाचनको अन्तिम समयसम्म संस्थापनइतरको साझा उम्मेदवार बनाउन भनेर सक्रिय सिंह देउवाको पक्षमा ल्याउने मिसन सफल भयो। देउवाले जित हासिल गरे।

देउवातिर जान सिंहलाई सहज भएन। उनीमाथि नेतृत्व परिवर्तनका अजेन्डाका विषयमा प्रश्न उठाइयो। देउवालाई सघाउने भएपछि सिंहको जवाफ थियो, 'दुईटा अजेन्डा बोकेर म यसपटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्‍यो। त्यो अजेन्डामा भोट मागेको हुँ। फस्ट राउन्डको म्यान्डेटले मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो।'

त्यो समय सिंहलाई प्रधानमन्त्रीकै अफर गरिएकोसम्मका अनुमान लगाइए। सिंहले प्रष्ट गरेनन् तर आफूनिकटकासँग भोट माग्दा भने, 'ढुक्क भएर मतदान गर्नुहोला, सबै विषयमा कुरा भएको छ।’

शक्ति  र अवसरको बाँडफाँटको प्याकेजमा खाणले सिंहलाई मनाएको चर्चा प्रमाणित हुने क्रममै छन्।

देउवाको दूतका रुपमा एमसीसी पास गराउने काममा समेत खाणले भूमिका खेलेका छन्। खासगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन देउवाले खाणलाई दूत बनाएर पठाएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकहाँ पनि खाण देउवाको सन्देश लिएर पुगेका थिए।

खाणका लागि भरतपुर अर्को परीक्षा बनेको छ। किनभने चितवनमा गठबन्धनलाई एमाले र राप्रपाको तालमेलले चुनौती थपिएको छ। कांग्रेसले बागी उम्मेदवारी फिर्ता गर्न नसकेको अवस्थामा मेयरमा रेणु दाहालले हार्दा गठबन्धन नै संकटमा पर्ने अवस्था छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्