• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

काठमाडौंबासीले पार्टी, मन र मत परिवर्तन गर्नुपर्ने बेला आएको छ : समीक्षा बास्कोटा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १५, २०७९  २१:११
1140x725

स्थानीय तहको निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको निर्वाचन सबैभन्दा रोचक हुने देखिन्छ। पुराना पार्टीले यसलाई साखको विषय बनाएका छन् भने नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारले परिवर्तनको खुड्किलो बनाउन खोजेका छन्। अघिल्लो वर्ष महानगरमा २३ हजारभन्दा बढी मत पाएको विवेकशील साझा पार्टीले यसपल्ट समीक्षा बास्कोटालाई मेयरका रुपमा मैदानमा उतारेको छ। बास्कोटासँग आगामी निर्वाचनलाई लिएर नेपाल लाइभले गरेको संवाद :

काठमाडौं महानगरपालिकामा तपाईंले मेयरको दाबी गर्नुभएको छ। महानगर हाँक्न दुई महिला अहिले मैदानमा हुनुहुन्छ। तपाईंहरूको विगतको जस्तो लहर छैन, पार्टी एक ढिक्का पनि छैन। यस्तो अवस्थामा आफूलाई जितेको हिस्सेदार बनाउन कति चुनौतीपूर्ण ठान्नुहुन्छ?
तपाईंले भनेजस्तै पहिला म महिला र युवा पनि हो। ४० वर्ष मुनिको छु। जोश, जाँगर र उत्साहका साथ यो फोहोरी राजनीतिलाई सफा गर्न बाहिर बसेर हैन, तलाउभित्र पसेर सफा गर्न आएको छु। युवाहरू, महिलाहरू राजनीतिमा आउनु पर्‍यो भन्छौं। तर याे आवाज विभिन्न कोठे बैठक, सेमिनार र विभिन्न ठाउँमा उठाउँछौं। नेतृत्व महिलालाई दिनुपर्ने बेलाचाहिँ हामी हिच्किचाउँछौँ। र, अलिक ज्यादा प्रश्न त्यहाँ गर्छौं। तर विवेकशील साझाले त्यस्तो प्रश्नलाई सामना गरेर, हामी ५१ प्रतिशत हिस्सा रहेका महिलालाई नेतृत्वमा किन नपुर्‍याउने भनेर काठमाडौं महानगरपलिकाको मेयर र उपमेयर दुवै पदमा महिलालाई उम्मेदवार अघि सारेकाे छ। यसले एक किसिमको तरङ्ग ल्याएको छ।  यसले अन्य पार्टीका युवा तथा महिलालाई पनि सकारत्मक सन्देश प्रवाह गरेको छ।

पार्टीभित्र विचारको विमति हुन्छ। तर महानगरवासीले परिवर्तन चाहनुभएको छ। महानगरवासीले विभिन्न नेतृत्वलाई हेरिसक्नु भयो। कम्युनिस्टले नगरे कांग्रेस, कांग्रेसले नगरे कम्युनिस्ट भनेर बस्नुभएका महानगरवासी अहिले सही समयमा हुनुहुन्छ। अब पार्टी, मन, मत परिवर्तन गर्नुपर्ने बेला आएको छ। हाम्रो महानगर कस्तो बनाउने? भावी पुस्तालाई कस्तो महानगर बुझाउने? भ्रष्टाचाररहित समाज बनाउने कि भ्रष्टाचारसहित समाज बनाउने? यो प्रमुख चासोको विषय रहेको छ। र, यस विषयलाई महानगरवासीले तराजुमा जोख्नुभयो भने हामीले भ्रष्टाचाररहित समाजको परिकल्पना गरेका छौं।

अनि, भ्रष्टाचारको दलदलमा फसेका दलहरूबाट त्यो सम्भव छ त? तपाईं दशकौंदेखि त्यही पदमा बसेर काम गर्दै हुनुहुन्छ। त्यहाँबाट सकारात्मक नतिजा आएन पनि भन्ने अनि फेरि त्यो पार्टीलाई छान्ने ? कि नयाँ परिवर्तनका अजेण्डा बोकेर आएको पार्टीलाई छान्ने? परिवारिक विरासतको कुरा गर्ने कि उत्कृष्टताको कुरा गर्ने?  जसले परिवारिक विरासतलाई छोडेर नयाँ सम्भावना खोजी गर्दैछ भने महानगरवासीले त्यो सम्भावना, सपनाको खोजी गर्ने कि नगर्ने भन्ने सवाल हो। व्यवस्थित महानगर गफमा मात्रै कि धरातलमा बनाउने भन्ने छ। र, यो चुनौतीलाई महानगरवासीले बुझ्नुभएको होला भन्ने लाग्छ। 

तपाईं २०७४ को प्रदेश सभामा उठ्नु भएको थियो। करिब २७ प्रतिशत मत प्राप्त गरेर तेस्रो हुनु भएको थियो। त्यसपछि महानगरमा आउनु भएको छ। तपाईंले ठ्याक्कै लक्षित गरेको समूह कुन हो जसले तपाईंलाई भोट हाल्छ?
मलाई लाग्छ महिलाको मत अवस्य आउँछ। घर, परिवार, व्यापार, व्यवसाय सम्हाल्न सक्ने महिलाले जब ठूलो महानगर कसले सम्हाल्ने भन्ने सवाल आउँछ, तब सबै महिलाले आफूमा मलाई देख्न थाल्नुहुन्छ। समाजले निर्धारण गरेको बन्धन तोडेर जब मलाई मैदानमा आएको देख्नुहुन्छ, तब सबै महिलाले मलाई मत दिनु हुन्छ।  युवाले पनि मलाई मत दिनुहुन्छ। र, अन्य दलका मतदाताले। किनकि गठन्धनको नाममा दुविधा सिर्जना भएको अवस्थामा परिवर्तनको संवाहकको रूपमा मलाई मत दिनु हुन्छ।

तपाईंले मतको अपेक्षा गरेको एउटा समूह महिला हो। तर त्याे मत तपाईं एक्लैलाई आउने देखिएन। अर्को पार्टीले पनि महिला नै अगाडि सारेपछि तपाईंलाई आउने मत घट्ला जस्तो लाग्दैन? 
घट्दैन जस्तो लाग्छ। अन्य पार्टीहरूले महिलालाई नेतृत्वदायी भूमिकामा अगाडि सार्नु मेरो लागि व्यक्तिगत रूपमा सुखद् पक्ष हो। विवेकशील साझाले त्यो झंकार ल्याइदियो र त्यो झंकारले अर्को ठूला दलहरूले सार्वजनिक गर्नु पनि मेरा लागि  सुखद् पक्ष हो। र, यसले मेरो मत किन काट्दैन भने उहाँकै पार्टीका नेता ‘म भ्रष्टाचार गरेर चुनाव लड्छु, निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा पनि म झुटो विवरण पेश गर्छु र म पैसाको दबाबमा चुनाव लड्छु’ लगायतका कुरा गर्नुहुन्छ।

मेरो क्षमताका आधारमा पार्टीले उम्मेदवार बनाएको हो, न कि परिवारिक विरासतका आधारमा। सँगै उहाँहरूको पार्टी भ्रष्टाचारले भरिएको र व्यापारीहरूको लगानी रहेको पार्टी हो। जसले गर्दा भोलि गएर भनेजस्तो काम गर्न सकिन्न। तर, हामी (विवेकशील साझा)सँग त्यस्तो केही छैन। हामीसँग महानगरवासी र नागरिकहरू हुनुहुन्छ। यो महानगरलाई कसरी व्यवस्थित बनाउने?  महानगरवासीको समय कसरी बचत गर्ने? कसरी सहज र सुलभ ढङ्गले सेवा प्रवाह गर्ने? भन्नेमा हामी केन्द्रित हुन्छौं। जसका कारण हाम्रो उहाँहरूसँग तुलनै हुन सक्दैन। किनभने जुन प्रक्रियाबाट उहाँहरू आउनुभएको छ र जुन प्रक्रियाबाट हामीहरू आएका छौं, जसले गर्दा सम्भावना अझ बढी हाम्रो पार्टीमा देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईं अमेरिकामा कानुन पढ्नुभयो। कानुनका साथै अन्य व्यवसायमा पनि संलग्न हुनुहुन्छ। परिवर्तन त ती क्षेत्रबाट पनि सम्भव थियो होला। तर, तपाईंले ती सब कुरालाई तपसीलमा राखेर राजनीतिमा किन आउनुभयो?
म कानुन पढेर आएँ। र, यहाँ काम गर्न थालें।  तपाईं यहाँ देख्न सक्नुहुन्छ,  कानुन व्यवसायीकै पनि पेशागत संगठन छन्। तपाईं स्वतन्त्र कानुन व्यवसायी भएर काम गर्न सक्नुहुन्न। कुनै न कुनै संगठनमा आबद्धता जरूरी छ। न्यायाधीश नियुक्तिमा भागबन्डाकाे विषयलाई न्याय परिषद, बार एशोसिएसनलेा उठाइरहेका छन्। डाक्टर, इन्जिनियर, मिडिया सबैतिर राजनीतिक आबद्धता छ। र, म जहाँ काम गर्थें, त्यहाँ पनि भनेजस्तो योजना तथा नीतिहरू आउँदैनथे। जसको जड थियो, राजनीतिक हस्तक्षेप।

मैले सानो ठाउँमा बसेर एउटा व्यवसायलाई सुधार्न सक्छु। तर, यहाँको नीति, कार्यक्रममा जबसम्म हाम्रो हस्तक्षेप हुँदैन, तबसम्म यो सुध्रिँदैन भनेर राजनीतिमा आएँ। शिक्षा, स्वास्थ्यमा रहेको बेथिति रोक्न समाज सेवाको भावले म महानगर रोजेर नेतृत्वको लागि आएँ। 

महानगरलाई लिएर तपाईंको सपना के हो ? मान्छेले के महसुस गर्छन् तपाईं मेयर भएपछि? 
पहिलो त भ्रष्टाचारमा शून्य सहनशीलता। नीति, नियमहरूको सही पालना। त्यस्तै, सबै सेवा प्रवाह विद्युतीय माध्यमबाट वितरण गर्छौं। हामी प्रणाली निर्माण गर्छौं। हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्छौं। शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो। त्यसमा काम गर्छौं।

Xtrem

Xtrem

त्यसैगरी, हामीले नेवा संस्कृतिको पुनःजागरण भनेका छौं। वास्तुकला, काष्ठकला, ढुङ्गाको कलालाई हामी जीवित तुल्याउँछौं। सार्वजनिक यातायातलाई व्यवस्थित र विद्युतीय बनाउँछौं। 

फोहोर व्यवस्थापनमा पर्याप्त ध्यान दिइनेछ। त्यसको प्रशोधन गरी पुनः प्रयोग गर्ने व्यवस्था मिलाइने छ। त्यस्तै कौसी खेतीलाई प्रवर्द्धन गरिनेछ। महानगरभित्र जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको स्तरोन्नति गरिनेछ। शिक्षकहरूलाई तालिम तथा विद्यार्थीहरूलाई उद्यमशीलताको शिक्षा प्रदान गरिनेछ।

बालबालिका, अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरू निर्माण गरिनेछ। महानगरभित्र सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था गरिनेछ। एक वर्षभित्र कम्तिमा ५० ओटा सार्वजनिक शौचालयका तयार गरिनेछन्।  

महानगरभित्रका नदीहरूलाई फोहोर प्रशोधन गरी सफा बनाइनेछ। महानगरवासीलाई शीरमा राखेर उहाँहरू के–के चाहनुहुन्छ हामी त्यहीअनुसार काममा केन्द्रित  हुन्छौं। 

तपाईंले उठाएकामध्ये सबैले प्राथमिकतामा राखेको विषय हो फोहोर व्यवस्थापन। महानगरले पनि भन्छ। सरकार पनि भन्छ-कुहिने र नकुहिने फोहाेर छुट्याउनुहोस्। तर कार्यान्यवन हुन सकेको छैन। तपाईं कसरी प्रेरित गर्नुहुन्छ महानगरवासीलाई? 
महानगरले यससम्बन्धी विस्तृत योजना बनाएर नै अघि बढ्नुपर्छ। एउटा नीति बनाएर समय निर्धारण गरी कुहिने र नकुहिने फोहार संकलन गर्न आग्रह गर्न सकिन्छ। नागरिकलाई जनचेतना जगाएर यस्तो कार्य सम्पन्न गर्न सकिन्छ। प्रभावकारी कार्यक्रम ल्याए महानगरवासी स्वतःस्फूर्त सहभागी हुनुहुन्छ। 

तपाईंहरूको घोषणापत्रमा डिजेल, पेट्रोलबाट चल्ने गाडीलाई विस्तारै विद्युतीयमा लैजाने भन्नुभएको छ। तपाईंहरूले भनेअनुसार पाँच वर्षमा कसरी सम्भव छ? 
पाँच वर्षमा पूरै विद्युतीय यातायातमा लैजान नसकिएला। तर रूपान्तरण गर्न सकिन्छ। महानगरले सबै विद्युतीय साधन खरिद गर्नेछ। सार्वजनिक यातायतमा सार्वजनिक, निजी तथा सरकारी साझेदारी गरेर रूपान्तरण गर्न सकिन्छ। अर्को कुरा, महानगरमा धेरै पैसा डिजेल, पेट्रोलका लागि निकासा हुन्छ।  विद्युतीय सवारी साधनहरू मात्र प्रयोगमा ल्याएर ठूलो मात्रामा बजेट रोक्न सकिन्छ। 

तपाईंहरूले उठाउनु भएको अर्को महत्त्वपूर्ण कुरा शिक्षाको छ। निजी क्षेत्रको प्रभावलाई न्यूनीकरण र सार्वजनिक शिक्षालाई कसरी बढोत्तरी दिनुहुन्छ? 
यसमा ठ्याक्कै आजको भोलि परिवर्तन ल्याउन संघीय सरकारको नीति त्यहीअनुसारको आउनुपर्‍यो। संघीय सरकारको नीतिचाहिँ सामुदायिक शिक्षालाई मास्ने किसिमको आइरहेको छ। यस्ताे अवस्थामा महानगरले मात्र सामुदायिक शिक्षालाई बचाउने भन्ने आउँदैन। त्यसमा दुवै निकायकाे समन्वय जरूरी छ। र, हामी शिक्षाविद्हरूसँग बसेर नीति निर्माण गर्छौं। 

तपाईंहरूको पार्टीले संघीयतालाई राम्रोसँग स्वीकार्दैन। संघीयताविरोधी विचारहरू हामी हेर्न, देख्न पाउँछौं। संघीयताकै एउटा अंग स्थानीय सरकारलाई यसैको मूल्य,मान्यता अनुसार सम्वर्द्धन गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने?
हामीले उठाएको अजेन्डा स्थानीय तहको पुन:संरचना र संघीयताको खारेजी हो। स्थानीय सरकार र संघीय सरकारमा अधिकार धेरै रहेको तर, प्रदेशचाहिँ ‘प्यान्डुलम’ रहेको अवस्थामा हामीले तिरेको करले मन्त्री फेरबदल गर्ने बाहेक केही गरेको छैन।

यसले नागरिकको जनजीवनमा केही फरक ल्याउन सकेको छैन। त्यसैले यो खारेज गर्नुपर्छ भनेर हामीले भनेका छौं। यो खारेजीसँगै ७५३ स्थानीय तहहरू एकदमै धेरै रहेकाले यसको पनि पुनर्संरचना गर्नुपर्छ भनेका छौं। तर, स्थानीय निकायको अधिकार खोस्ने भनेको हैन। यसलाई अझै सुदृढ गर्नुपर्छ भनेका छौं।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्