• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी घोषणापत्र : आफ्नो प्रशंसा, विपक्षीप्रति आलोचनाको बेग

64x64
ईश्वर बराल मंगलबार, वैशाख १३, २०७९  २०:३४
1140x725

काठमाडौं- प्रमुख राजनीतिक दलहरूले स्थानीय चुनावलाई लक्षित गर्दै जारी घोषण पत्रमा मौलिक योजना, लक्ष्यका अतिरिक्त अन्य पार्टीको कटु आलोचना तथा गालीहरू पनि लिपिबद्ध गरेका छन्। प्रतिस्पर्धी दलहरूको चर्को विरोध गरेर माहोल आफ्नोतर्फ पार्ने रणनीति अख्तियार गर्दा स्वच्छ र लोकतान्त्रिक पद्धति अनुरूपको चुनावी प्रतिस्पर्धाको मर्मलाई भने ध्यान नदिएको देखिन्छ।

नेकपा एमाले र सत्ता गठबन्धनका पार्टीहरुबीचको तीखो घोचपेच घोषणापत्रहरूमा छरपष्ट छन्। नेकपा एमालेले आफ्नो घोषणापत्रमा अदालतको फैसला र गठबन्धन सरकारलाई तारो बनाएको छ। कांग्रेसले भने तत्कालीन नेकपा सरकार र नेकपा एमालेलाई निशाना साँधेको छ।

केपी ओली सरकारले दुई पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएको थियो। दोस्रो पटकको पुनःस्थापनासँगै उनी पदबाट बाहिरिएका थिए। त्यसपछि नै तत्कालीन विपक्षी गठबन्धन सत्ता गठबन्धन बन्न पुगेको थियो। विघटनबाट विकसित परिस्थितिलाई दलहरूले आफू अनुकूल व्याख्या गरेका छन्। र, आरोप लगाएका छन्।

नेकपा एमालेले अदालतको फैसलालाई 'राजनीतिक हस्तक्षेप र स्वार्थजन्य सेटिङ' भनेर आरोप लगाएको छ। ओली सरकार बहिर्गमनपछिको सरकारलाई ‘जनादेशलाई निषेध गर्दै बनेको सरकारको जवाफदेहिता जनताप्रति होइन, आफूलाई सत्तामा पुर्‍याउने शक्ति केन्द्रतिर’ रहेको भन्दै वर्तमान गठबन्धनको आलोचना गरेको छ।

आफ्नो नेतृत्वको पछिल्लो सरकारको आत्मप्रशंसामा केन्द्रित एमालेको घोषणापत्रको केही खण्ड संसद् विघटनलाई सही र अदालतको फैसला तथा त्यसपछिको स्थितिलाई गलत भन्ने पुष्टि गर्नमा केन्द्रित छ।

'प्रतिपक्षी दलका विरुद्ध मोर्चाबन्दी गर्ने, हिंसालाई  दुरूत्साहन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र मुख्य राष्ट्रिय प्रश्नमा सहमति त कुरै छाडौं, सामान्य परामर्श समेत गर्न अक्षम भएको’ भन्दै गठबन्धनप्रति टिप्पणी गरेको छ।

नेपाली कांग्रेसले पनि आफ्नो घोषणापत्रको सुरूबाटै तत्कालीन नेकपा सरकारको गतिविधिलाई तीव्र रूपमा आलोचना गरेको छ। ‘खेर गएको पाँच वर्ष’ भन्दै पछिल्लो पाँच वर्षलाई व्याख्या गरेको कांग्रेसले पार्टीहरूले ‘कस्तो भूमिका निर्वाह गरे भन्ने विषयलाई वस्तुनिष्ठ विश्लेषण’ गर्न आह्वान गरेको छ।

नेकपा सरकारले ल्याएका विधेयक तथा गरेका गतिविधिलाई बुँदागतरूपमा उठाएको नेपाली कांग्रेसले आफ्नो धारणा राख्दै कडा शब्दमा उक्त परिस्थितिलाई व्याख्या गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विधेयक, नागरिकतासम्बन्धी विधेयक, गुठीसम्बन्धी विधेयकहरू संसद्‌मा दर्ता गरेको र तिनले सिर्जना गरेको स्थितिलाई आफ्नो पक्षमा व्याख्या गर्दै कांग्रेसले तत्कालीन सरकारको कटु आलोचना गरेको छ।

‘सात दशकको अकल्पनीय संघर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्‌भाव र सहिष्णुता लगायत यो सम्पूर्ण व्यवस्थामाथि नै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले गरेको सुनियोजित आक्रमणको फेहरिस्त निकै लामो’ रहेको कुरा कांग्रेसले उल्लेख गरेको छ।

‘चोरलाई चौतारो, साधुलाई सुली’को संज्ञा दिँदै ‘बालकृष्ण ढुङ्गेललाई आममाफी दिएको र नेकपा (एमाले) ले पोलिटब्युरो सदस्य’ बनाएकोमा आफ्नो घोषणा पत्रमा कांग्रेसले आपत्ति प्रकट गरेको छ।

१२ पृष्ठ जति अन्य पार्टीको आलोचनामा खर्चिएको कांग्रेसले आत्म प्रशंसामा पनि पृष्ठ खर्चेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अपिल भन्दै सार्वजनिक गरिएको माओवादी केन्द्रको 'घोषणापत्र'मा तत्कालीन ओली नेतृत्वको सरकार र वर्तमान एमालेको आलोचना गरिएको छ। उसले आफू मात्र यो परिवर्तनको पक्षधर रहेको दाबी गरेको छ।

‘जनक्रान्तिका उपलब्धिको रक्षा र बाँकी कार्यभारहरु पूरा गर्ने म्यान्डेडसहित जनादेशप्राप्त गरेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणाले जनादेशको अपमान मात्र होइन, जनक्रान्तिका उपलब्धि सहित संविधान र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर प्रहार गर्न पुग्यो’, माओवादी केन्द्रले भनेको छ।

वर्तमान व्यवस्थाको उपलब्धिको जस आफूले लिएको माओवादी केन्द्रले आउँदो निर्वाचनमा आफूले नजिते सिंगो परिवर्तन नै संकटमा पर्नेसम्मको जिकिर घोषणापत्रमा गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो घोषणा पत्रमा एमालेबाट छुट्टिएर असल कम्युनिस्ट बन्ने प्रयत्न गरेको उल्लेख गरेको छ। ओली सरकारबाट जनताले गरेका अपेक्षामाथि कुठाराघात भएपछि ओलीको दक्षिणपन्थी अवसरवादका विरूद्ध समयमै विद्रोह गरेर कम्युनिस्ट आन्दोलनलाई जोगाउने प्रयास गरेको घोषणापत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्