• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

चुनावी घोषणापत्र : आफ्नो प्रशंसा, विपक्षीप्रति आलोचनाको बेग

64x64
ईश्वर बराल मंगलबार, वैशाख १३, २०७९  २०:३४
1140x725

काठमाडौं- प्रमुख राजनीतिक दलहरूले स्थानीय चुनावलाई लक्षित गर्दै जारी घोषण पत्रमा मौलिक योजना, लक्ष्यका अतिरिक्त अन्य पार्टीको कटु आलोचना तथा गालीहरू पनि लिपिबद्ध गरेका छन्। प्रतिस्पर्धी दलहरूको चर्को विरोध गरेर माहोल आफ्नोतर्फ पार्ने रणनीति अख्तियार गर्दा स्वच्छ र लोकतान्त्रिक पद्धति अनुरूपको चुनावी प्रतिस्पर्धाको मर्मलाई भने ध्यान नदिएको देखिन्छ।

नेकपा एमाले र सत्ता गठबन्धनका पार्टीहरुबीचको तीखो घोचपेच घोषणापत्रहरूमा छरपष्ट छन्। नेकपा एमालेले आफ्नो घोषणापत्रमा अदालतको फैसला र गठबन्धन सरकारलाई तारो बनाएको छ। कांग्रेसले भने तत्कालीन नेकपा सरकार र नेकपा एमालेलाई निशाना साँधेको छ।

केपी ओली सरकारले दुई पटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापित गरिदिएको थियो। दोस्रो पटकको पुनःस्थापनासँगै उनी पदबाट बाहिरिएका थिए। त्यसपछि नै तत्कालीन विपक्षी गठबन्धन सत्ता गठबन्धन बन्न पुगेको थियो। विघटनबाट विकसित परिस्थितिलाई दलहरूले आफू अनुकूल व्याख्या गरेका छन्। र, आरोप लगाएका छन्।

नेकपा एमालेले अदालतको फैसलालाई 'राजनीतिक हस्तक्षेप र स्वार्थजन्य सेटिङ' भनेर आरोप लगाएको छ। ओली सरकार बहिर्गमनपछिको सरकारलाई ‘जनादेशलाई निषेध गर्दै बनेको सरकारको जवाफदेहिता जनताप्रति होइन, आफूलाई सत्तामा पुर्‍याउने शक्ति केन्द्रतिर’ रहेको भन्दै वर्तमान गठबन्धनको आलोचना गरेको छ।

आफ्नो नेतृत्वको पछिल्लो सरकारको आत्मप्रशंसामा केन्द्रित एमालेको घोषणापत्रको केही खण्ड संसद् विघटनलाई सही र अदालतको फैसला तथा त्यसपछिको स्थितिलाई गलत भन्ने पुष्टि गर्नमा केन्द्रित छ।

'प्रतिपक्षी दलका विरुद्ध मोर्चाबन्दी गर्ने, हिंसालाई  दुरूत्साहन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र मुख्य राष्ट्रिय प्रश्नमा सहमति त कुरै छाडौं, सामान्य परामर्श समेत गर्न अक्षम भएको’ भन्दै गठबन्धनप्रति टिप्पणी गरेको छ।

नेपाली कांग्रेसले पनि आफ्नो घोषणापत्रको सुरूबाटै तत्कालीन नेकपा सरकारको गतिविधिलाई तीव्र रूपमा आलोचना गरेको छ। ‘खेर गएको पाँच वर्ष’ भन्दै पछिल्लो पाँच वर्षलाई व्याख्या गरेको कांग्रेसले पार्टीहरूले ‘कस्तो भूमिका निर्वाह गरे भन्ने विषयलाई वस्तुनिष्ठ विश्लेषण’ गर्न आह्वान गरेको छ।

नेकपा सरकारले ल्याएका विधेयक तथा गरेका गतिविधिलाई बुँदागतरूपमा उठाएको नेपाली कांग्रेसले आफ्नो धारणा राख्दै कडा शब्दमा उक्त परिस्थितिलाई व्याख्या गरेको छ।

Ncell 2
Ncell 2

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विधेयक, नागरिकतासम्बन्धी विधेयक, गुठीसम्बन्धी विधेयकहरू संसद्‌मा दर्ता गरेको र तिनले सिर्जना गरेको स्थितिलाई आफ्नो पक्षमा व्याख्या गर्दै कांग्रेसले तत्कालीन सरकारको कटु आलोचना गरेको छ।

‘सात दशकको अकल्पनीय संघर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्‌भाव र सहिष्णुता लगायत यो सम्पूर्ण व्यवस्थामाथि नै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले गरेको सुनियोजित आक्रमणको फेहरिस्त निकै लामो’ रहेको कुरा कांग्रेसले उल्लेख गरेको छ।

‘चोरलाई चौतारो, साधुलाई सुली’को संज्ञा दिँदै ‘बालकृष्ण ढुङ्गेललाई आममाफी दिएको र नेकपा (एमाले) ले पोलिटब्युरो सदस्य’ बनाएकोमा आफ्नो घोषणा पत्रमा कांग्रेसले आपत्ति प्रकट गरेको छ।

१२ पृष्ठ जति अन्य पार्टीको आलोचनामा खर्चिएको कांग्रेसले आत्म प्रशंसामा पनि पृष्ठ खर्चेको छ।

अपिल भन्दै सार्वजनिक गरिएको माओवादी केन्द्रको 'घोषणापत्र'मा तत्कालीन ओली नेतृत्वको सरकार र वर्तमान एमालेको आलोचना गरिएको छ। उसले आफू मात्र यो परिवर्तनको पक्षधर रहेको दाबी गरेको छ।

‘जनक्रान्तिका उपलब्धिको रक्षा र बाँकी कार्यभारहरु पूरा गर्ने म्यान्डेडसहित जनादेशप्राप्त गरेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक घोषणाले जनादेशको अपमान मात्र होइन, जनक्रान्तिका उपलब्धि सहित संविधान र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर प्रहार गर्न पुग्यो’, माओवादी केन्द्रले भनेको छ।

वर्तमान व्यवस्थाको उपलब्धिको जस आफूले लिएको माओवादी केन्द्रले आउँदो निर्वाचनमा आफूले नजिते सिंगो परिवर्तन नै संकटमा पर्नेसम्मको जिकिर घोषणापत्रमा गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो घोषणा पत्रमा एमालेबाट छुट्टिएर असल कम्युनिस्ट बन्ने प्रयत्न गरेको उल्लेख गरेको छ। ओली सरकारबाट जनताले गरेका अपेक्षामाथि कुठाराघात भएपछि ओलीको दक्षिणपन्थी अवसरवादका विरूद्ध समयमै विद्रोह गरेर कम्युनिस्ट आन्दोलनलाई जोगाउने प्रयास गरेको घोषणापत्रमा उल्लेख गरेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै आइतबार, मंसिर २१, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
गोवाको नाइट क्लबमा विष्फोट, २३ जनाको मृत्यु आइतबार, मंसिर २१, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आइतबार, मंसिर २१, २०८२
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्