• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
रोल्पा र उदयपुरमा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी
64x64
रासस मंगलबार, वैशाख १३, २०७९  १३:५३
1140x725

रोल्पा- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा उम्मेदवारी दिएको छ। जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो।

उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि गङ्गादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ। रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश सहसचिव केवी गुरुङले जानकारी दिए। 

उनका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका पार्टीका केन्द्रीय सदस्यसमेत रहेका चुडामणि वलीले गाउँपालिकाको अध्यक्षमा र सुशिला वलीले उपाध्यक्षमा स्वतन्त्ररुपमा उमेदवारी दिएका छन्।

यस गाउँपालिकाको वडा नं २ को अध्यक्षमा टीकाराम नेपाली, ३ को वडाध्यक्षमा लालबहादुर वली, ४ को वडाध्यक्षमा नन्दे वली, ५ को वडाध्यक्षमा यमनकुमार चन्द र ६ को वडाध्यक्षमा दीपेन्द्र खत्रीको उम्मेदवारी परेको छ।

यस्तै थवाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती र अजय घर्ती, उपाध्यक्षमा रायबहादुर पुनको उम्मेदवारी परेको छ। वडाध्यक्षमा वडा नं १ मा फर्के झाँक्री, वडा नं २ मा तीर्थनारायण मिजार र वडा नं ५ मा दुकमन रोकाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। 

सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा दीपेश विष्टको उम्मेदवारी परेको छ। यस गाउँपालिकाको २ नं वडाध्यक्षमा बेगमध्वज थापा ’एनान’ र वडा नं ६ को वडाध्यक्षमा सन्तोष सुवेदीको उम्मेदवारी परेको हो।  

परिवर्तन गाउँपालिकाको अध्यक्षमा लालबहादुर डाँगी र उपाध्यक्षमा मीरा बुढामगरले उमेदवारी दर्ता गराएका छन्। यस्तै वडा नं २ को अध्यक्षमा अनिल केसी, ३ नं वडाध्यक्षमा पृथ्वीविक्रम डाँगी, ४ नं वडाध्यक्षमा चित्रबहादुर बुढा ५ नं वडाध्यक्ष खिमप्रसाद घर्ती शाह र ६ नं वडाध्यक्षमा दीपक थापाले उम्मेदवारी दिएका छन्। 

सुनछहरी गाउँपालिकाको अध्यक्षमा पुष्टमन घर्तीमगरले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन्। यहाँ तीन दलिय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको जनाइएको छ। ६ नं वडाध्यक्षमा भने हेमन्त पुनले उमेदवारी दिएका छन्। 

Ncell 2
Ncell 2

त्यसैगरी लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया विकले उम्मेदवारी दर्ता गरेका छन्। यहाँको वडा नं १ को अध्यक्षमा नबहादुर खत्री, वडा नं २ को अध्यक्षमा जीतमान खड्का, ३ को वडाध्यक्षमा लीलाबहादुर घर्ती क्षेत्री, ४ को वडाध्यक्ष टेकबहादुर विष्ट र ५ नं वडाध्यक्षमा सुर्वणकुमार रोका मगरको उमेदवारी परेको छ। 

उक्त पार्टीबाट रोल्पा नगरपालिका, त्रिवेणी र माडी, गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी परेको छैन। त्रिवेणी गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा बेदबहादुर पुन र ६ नं वडाध्यक्षमा खिमराज पुनको उम्मेवारी परेको छ।

माडी गाउँपालिका–५ को वडाध्यक्षमा प्रकाश केसी र रोल्पा नगरको १० नं वडाध्यक्षमा धनबहादुर खत्रीले उम्मेदवारी दिएका छन्। उक्त पार्टीद्वारा जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गएको हो। गुरुङका अनुसार केही स्थानमा कांग्रेस र एमालेको तालमेलमा तथा केही स्थानमा एकल उमेदवारी दर्ता गरिएको हो।  

यसैगरी विप्लव नेतृत्वको पार्टीले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि सोमबार उदयपुरको चार पालिकामा विभिन्न पदमा मनोनयन गराएको छ। उक्त पार्टीका उदयपुर इञ्चार्ज लक्ष्मण पौडेलका अनुसार सो पार्टीको तर्फबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुलामी मगरले उम्मेदवारी दिएका हुन्। 

यस्तै सो पालिकाको वडा नं ५ को अध्यक्षमा केशव श्रेष्ठ, वडा नं ६ को अध्यक्षमा ढबबहादुर राउत र वडा ८ को अध्यक्षमा रेवती श्रेष्ठले उमेदवारी दर्ता गराएका छन्। जिल्लाको त्रियुगा नगरपालिकाको उपमेयरमा सो पार्टीका रामकृष्ण सदाले उम्मेदवारी दिएका छन् भने भने बेलका नगरपालिका–९ को वडाध्यक्षमा मनकुमारी राईले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए। 

उनका अनुसार कटारी नगरपालिकाको वडा नं ९ र ४ मा पनि वडाध्यक्षका लागि उक्त पार्टीबाट उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन बुधबार, जेठ ७, २०८२
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व बुधबार, जेठ ७, २०८२
आजदेखि भारतमा विद्युत् निर्यात सुरु बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार, जेठ ७, २०८२
शिक्षा समितिको बैठक सुरू बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्