काठमाडौं– सुरज पाण्डेको डेब्यु निर्देशन रहेको फिल्म ‘परस्त्री’को छायांकन सकिएको छ। गत वर्षको फाल्गुन २९ गते सुरु भएको फिल्मको छायांकन ४० दिनमा सकिएको हो। फिल्मको निर्माण पक्षले शनिबारबाट छायांकनलाई अन्त्य गरेको छ।
काठमाडौंसँगै मुस्ताङलगायतका विभिन्न ठाउँमा भएको फिल्मको छायांकन काठमाडौंमा ३० दिनसम्म चलेको थियो। नेपाली सँगै हिन्दी भाषामा पनि प्रदर्शन गरिने यो फिल्म कात्तिक ६ गतेदेखि हलमा रिलिज गर्ने तयारी रहेको बताइएको छ।
डीएस डिजिटलको ब्यानरमा बनेको फिल्मलाई शर्मिला पाण्डे र लेखक खनालले नै लगानी गरेका छन्। डार्क थ्रिलर विधामा रहेको फिल्ममा अभिनेता कोसिस क्षेत्री र अभिनेत्री शिल्पा मास्के मुख्य भूमिकामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।