• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२९ औं आईजीपीमा प्रतिस्पर्धा : सिलवाल काण्ड ‘रिप्ले’ कि सशस्त्रकै निरन्तरता?

इतिहासमै पहिलोपटक ३ ‘लट’का एआईजीको प्रतिस्पर्धा?
64x64
नारायण अधिकारी शुक्रबार, वैशाख ९, २०७९  १९:०५
1140x725

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। थापा क्षेत्रीसँगै उनका ब्याची अतिरिक्त महानिरीक्षक (एआईजी)हरु हरिबहादुर पाल, निरज शाही, प्रधुम्न कार्की र हालै एआईजीमा बढुवा भएका बसन्त पन्त पनि अवकाशमा जानेछन्।

त्यसपछि एआईजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक बाँकी रहन्छन्। उनीहरुमध्येबाटै एक जनाले प्रहरी महानिरीक्षकको रुपमा संगठनको कमाण्ड सम्हाल्नेछन्। जति–जति वैशाख १८ को मिति नजिकिँदैछ आईजीका लागि प्रतिस्पर्धीमा रहेका एआईजीहरुको दौडधुप पनि त्यति नै चर्को छ।

अनौपचारिक कुराकानीको क्रममा एक डीआईजीसँग आईजीपी प्रतिस्पर्धीहरुबारे जिज्ञासा राख्दा उनको जवाफ थियो, ‘टाइम ट्राभल’ को परिकल्पना जस्तो विगत र भविष्यको यात्रा गर्न मिल्ने भए सायद चारै प्रतिस्पर्धीले भविष्यको यात्रा तय गरेर आईजीपी को हुन्छ भन्ने टुंगो लगाइसक्थे, अहिले नै मुटुको धड्कन बढाउँदै नङ टोक्दै बस्नु पर्थेन।’

ती डीआईजीको जवाफले आईजीको लागि दौडधुपमा रहेका प्रतिस्पर्धी एआईजीको अहिलेको अवस्थालाई चित्रण गर्छ। सँगै आशंका पनि उब्जाएको छ– यसपटकको आईजी बढुवा ५ वर्ष अगाडिको 'सिलवाल काण्ड' त दोहोरिने हैन? 

५ वर्ष अगाडि प्रहरीको २५औं आईजीको बढुवा हुँदा सत्तामा भएका व्यक्ति नै अहिले पनि सरकार सञ्चालन गरिरहेका छन्। प्रधानमन्त्री फरक भएपनि सत्ताको बागडोर सम्हाल्ने व्यक्ति भने उनै छन्। 

त्यतिबेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित दल सम्मेलित गठबन्धन सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गरिरहेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दलाई सरकारले आईजीमा बढुवा गर्ने निर्णय गर्‍यो। 

वरीयतामा पहिलो नम्बरमा रहेका भनिएका डीआईजी नवराज सिलवाललाई पाखा लगाएर तेस्रो नम्बरमा रहेका भनिएका चन्दलाई बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भयो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै चन्दलाई बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न भन्यो। 

सर्वोच्चको आदेशपछि अर्को श्रृङ्खलाको सुरुवात भयो। जसअन्तर्गत सत्तारुढ दलका सांसद्‌हरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्‌मा महाअभियोग दर्ता गरे। जुनियरलाई आईजीमा बढुवा गर्दाको परिणामले सुरु भएको श्रृङ्खलालको परिणाम स्थानीय चुनावमा देखियो– कांग्रेस र माओवादीले नराम्रो हार बेहोरे। 

Ncell 2
Ncell 2

अघिल्लोपटक वरीयता मिचेर आईजीपी बनाउन खोज्दाको परिणामबाट तर्सिएको कांग्रेस यसपटक भने 'सचेत' भएको जस्तो देखिन्छ। यसको संकेत केही हदसम्म सशस्त्र प्रहरीमा देखिएको छ।

वैशाख १८ गतेपछि सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को जिम्मेवारी सम्हाल्ने गरी पहिलो नम्बरका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेर कांग्रेस नेतृत्वको सरकारले वरीयताको 'सम्मान' गर्ने संकेत गरेको छ। दुई साता अघि नै भावी आईजीपीको टुंगो लगाउँदै वैशाख ४ गते अर्याललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

अर्यालविरुद्ध कुनै उजुरी नपरे सिफारिस भएको एक सातापछि उनले एआईजीको फुली लगाउनेछन्। वरीयता क्रममा पहिलो नम्बरमा रहेको आधारमा बढुवाका लागि सिफारिस गरिएकाले अर्यालयविरुद्ध उजुरी पर्ने सम्भावना एकदमै न्यून छ।

सशस्त्रमा एआईजीबाट मात्रै आईजी बनाउने प्रावधान भएकाले वैशाख १८ पछि अर्याल मात्रै एकल एआईजी हुने भएकाले सशस्त्र प्रहरीको कमाण्ड उनैले सम्हाल्ने पक्कापक्की छ।

सशस्त्रकै जस्तो निरन्तरता प्रहरीले पनि पाउनसक्ने जानकार स्रोतहरु बताउँछन्। 

लामो समयदेखि प्रहरी बढुवासम्बन्धी मुद्दाहरुको अध्ययन गरिरहेका अधिवक्ता सुरज बस्नेत भन्छन्, ‘ज्येष्ठता, व्यवसायिक छवि, विवादरहित ट्रयाक रेकर्ड रहेको, विगतमा कुनै पनि विभागीय कारबाही नभएको, मानव अधिकार उल्लंघनमा कारबाही सिफारिस नभएको, आचरण र व्यवहार राम्रो भएको, आर्थिक अनियमिततामा नमुछिएको उत्कृष्ठ र अब्बल व्यक्ति नै प्रहरीको विशिष्ट श्रेणीमा बढुवा हुन योग्य हुन्छन्।’

प्रहरीको भावी (२९औं) महानिरीक्षकका लागि ४ जना अतिरिक्त महानिरीक्षकहरु प्रतिस्पर्धामा रहे पनि प्रहरी नियमावलीले तय गरेको मापदण्ड नै बढुवाका लागि प्रमुख आधार बन्नेछन्।  ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यलाई नियमावलीले आधार मानेको छ। 

हालका चारै जना प्रतिस्पर्धीहरु २०४९ साल चैतमा प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए। एआईजी पोखरेल भने एसएसपी हुँदादेखि आफ्ना ब्याचीहरुलाई पछि पार्दै बढुवा भएका थिए।

कांग्रेस र माओवादीको गठबन्धन सरकारले २०७४ सालमा एसएसपीको बढुवा निकाल्दा आफ्नो ब्याचका 'उम्मेदवार'मध्ये पोखरेल पहिलो नम्बरमा बढुवा थिए। एसएसपीबाट डीआईजीमा बढुवा हुँदा पनि पोखरेल पहिले नै बढुवा भएका थिए। पोखरेल डीआईजी भएको ४ महिना पछि मात्रै उनका ब्याची थापा, सिंह र धानुक डीआईजीमा बढुवा भएका थिए। 

एआईजी बढुवामा त पोखरेलले एकल रुपमा 'छलाङ' मारेका थिए। सरकारले २५ मंसिर २०७७ मा पोखरेल एक्लैलाई एआईजीमा बढुवा गरेको थियो। 

एआईजीमा रहेर पोखरेलले लामो समय काम गरिसकेका छन्। हाल मानवस्रोत विभागको कमाण्ड सम्हालिरहेका उनले यसभन्दा अघि कार्य र अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

थापाले कार्य विभागको जिम्मेवारी सम्हालेका छन् भने भर्खर बढुवा भएका सिंह र धानुकलाई क्रमश सीआईबी र प्रशासन विभागमा पदस्थापन गरिएको छ। 

सिंह र धानुकसँगै पन्त एआईजीपीमा बढुवा भएपछि सर्वोच्चमा रिटसमेत परेको छ। आफूभन्दा जुनियरलाई र कारबाहीमा परेकाहरुलाई बढुवा गर्दा आफूहरुलाई छुटाएको भन्दै असन्तुष्ट डीआईजीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश दिने/नदिने भन्ने छलफलका लागि वैशाख १२ गतेलाई पेसी तोकिएको छ।

इतिहासमै पहिलोपटक ३ ‘लट’का एआईजीको प्रतिस्पर्धा?
नेपाल प्रहरीको इतिहासमा सम्भवत: पहिलोपटक ३ लटमा बढुवा भएका एआईजीहरुबीच भावी आईजीका लागि प्रतिस्पर्धा हुने भएको छ।

पहिलो लटमा २०७७ मंसिर २४ गते बढुवा भएका विश्वराज पोखरेल, दोस्रो लटमा २०७८ असार २१ मा बढुवा भएका सहकुलबहादुर थापा र तेस्रो लट २०७८ चैत १७ गते बढुवा भएका धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीका लागि प्रतिस्पर्धामा छन्। 

पोखरेल एआईजी भएको १६ महिनापछि तथा थापा एआईजीपी भएको ९ महिनापछि सिंह र धानुक एआईजीमा बढुवा भएका हुन्।

यसअघि एकै मितिमा बढुवा भएका एआईजीहरुबीच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने तीन फरक–फरक मितिमा बढुवा भएका एआईजीहरुबीच प्रतिस्पर्धा हुँदैछ। वरीयताक्रम अनुसार अघिपछिका बीच प्रतिस्पर्धा हुनु सामान्य नै रहे पनि यो पटक झण्डै डेढ वर्ष ज्येष्ठतासँग प्रतिस्पर्धा हुने भएको छ। 

नेपाल प्रहरीमा एउटै मितिमा एआईजी भएका व्यक्तिहरुबीच आईजीमा प्रतिस्पर्धा हुँदै आएकोमा तीन फरक मितिमा एआईजी भएकाहरु आईजीपीको प्रतिस्पर्धामा भएको इतिहास छैन।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्