• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
क्लासिक कथा

मेरो छोरो घूस खाँदैन

मनु ब्राजाकी शनिबार, वैशाख १०, २०७९  १५:४७
1140x725

हिजो ऊ स्वास्नी र छोरो लिएर काठमाडौँबाट आएको थियो, आजै महाभारत सुरु भइहाल्यो।

'गधा… गोब्रे कीरा… अफिसर रे! यस्ता छुसी अफिसर! सबै काँबाट काँ पुगिसके, लिन्ठिङलिन्ठिङ हल्लनदास अफिसर! सत्यहरिश्चन्द्र बन्न खोजेको होला… पाजी! के मुख देखाउन आएको यो बूढो बाउलाई?'

'तपाईंलाई सन्चो छैन बा, आराम गर्नुभए हुन्थ्यो नि!' उसले स्वास्नीतिर हेर्दै भन्यो।

स्वास्नीको अनुहार निर्विकार थियो- तटस्थ अर्थात्, स्वास्नीको मनस्थिति पनि लोग्नेपक्षतिर होइन ससुरापक्षतिर नै थियो। अर्थात्, तटस्थताको एउटा किनार हुन्छ नै।

'भुत्रो आराम गर्नु… आराम गर्नु रे! हेर् लोकप्रसादको छोरालाई, खरदार भएर बिल्डिङ ठोकिसक्यो। हेर् गोलु विष्टको छोरालाई, घरका सम्पूर्ण आइमाईका नाककान, नारीगला पहेँलपुर पारिसक्यो। हेर् वीरमानको भाइलाई, मोटरसाइकल कुदाएर हिँड्छ। पद्यराजको नातिलाई, सुब्बा पनि छैन यता गाउँमा मिल ठड्याइसक्यो, उता काठमाडौँमा लाख रुपियाँको घडेरी किनिसक्यो। त्यै शुक्रनाथकी साइँलीलाई हेर् न, जाबो नर्स त हो कि राजमार्गछेउ पाँगेको घडेरी किनेर दोकान ठड्याइसकी….। तैँले के गरिस्? हँ, तैँले… तँ छुसीलाई त त्यै तलब पनि नपच्ने भो, अघाएर कत्रो डकार मारेको।'

वरिपरि छरछिमेकीहरुको आकस्मिक उन्नतिले गर्दा बूढाबाको मानसिक सन्तुलन बिग्रन आँटेको छ। तीस वर्ष शिक्षक पेसामा घोटिएर अभाव र अपमानको घामपानी सहेर, घूसको नाउँमा घर जस्तो 'घ' पनि सुन्न नचाहेर बल्लतल्ल छोरालाई अफिसर बनाएका थिए। सबै बाउले झैँ भविष्यको रङ्गीन सपना उनले पनि देखेकै थिए। त्यै भविष्यको रङ्गीन सपनालाई अफिसर छोराले धमिल्याउँदै थियो। उनले सोचेको थिए- मैले त दुक्ख पाएँपाएँ, मेरो छोरो र नातिनातिनाहरु सुख पाऊन्, तर यो लठुवा त घूसै खान्नँ भन्छ!'

'तैँले घूस नखाएर के भो… देश कुन उन्नतिको शिखरमा पुग्यो र? तँलाई कम्ता दुक्ख गरेर पढाएको हो र? म स्कुलमा घोटिन्थेँ, तेरी आमा ठूलाबडाको चाकडीमा घरघर पुग्थी। अब यो बुढेसकालमा हाम्रो दशा देखेर तँलाई त्यो जाबो घूस खाने पनि आँट आएन लाछी? आफ्नै दुलैको मुख हेर् न, कस्तो ओइलाएको जस्तो छ। हे प्रभु! के दशा आइलागेको हो यो…'

अफिसमा घूस नखाँदा अमिलिएको थियो भने यहाँ आएर मनसमेत अमिलियो। जति पटक घर आयो सदैव यही लाञ्छना सुन्नुपर्थ्यो उसले। अतः आज साहसपूर्वक उसले धेरै दिनदेखि आफ्नो मनमा लागेको कुरा बासित सोध्ने अठोट गर्‍यो ।

Ncell 2
Ncell 2
nimb
nimb

'बा, म एउटा कुरा सोध्छु नरिसाउनुहोला, तपाईंले यत्रा वर्ष स्कुलमा हाड घोट्नुभो, तर घूस खानुभएन। स्कुल निर्माणमा, विद्यार्थीहरुलाई टेस्ट पास गराउँदा, स्कुलका सरसामान किन्दा, किन घूस खानुभएन? किन हिनामिना गर्नुभएन? किन विद्यार्थीहरुलाई रातरातभरि फ्री ट्युसन पढाउनुभो? किन? भन्नुस् किन? गाउँको भविष्यका लागि, कि देशको भविष्यका लागि, कि मेरो भविष्यका लागि, कि आफ्नो भविष्यका लागि?'

आदर्शको भावना उम्लिएर झण्डै आँखामा नआएको बूढा शिक्षक यस अप्रत्याशित प्रश्नले एक्कासि झस्किएर निरुत्तर भए। हतप्रभ भए। अनि आफ्नो यस अनौठो अफिसरतिर हेर्न थाले।

उनका अनेकौँ शिष्यहरु अफिसर भइसकेका थिए। तिनीहरुलाई उनी सदैव इमानदारी र सदाचारको उपदेश दिन्थे र सन्तुष्ट हुन्थे। उनको आफ्नै जीवन पनि एउटा उज्ज्वल उदाहरण थियो। शिष्य अफिसरहरु उनीसित आँखा जुधाउन सक्तैनथे। मुन्टो निहुर्‍याएर विनम्रतापूर्वक गुरुको उपदेश सुनिराख्थे।

उनी सात दिनसम्म निरुत्तर नै रहे। क्रमशः अन्यमनस्क हुँदै गए। भोक र निद्रा दुवै हराउँदै गयो। अफिसर छोराले सोच्यो, अब बल्ल बाको चित्त बुझ्यो। फतफत र गनगन बन्द भयो। अतः ऊ छैटौँ दिन आफ्नो छुट्टी सकेर सपरिवार काठमाडौँ हिँड्यो।

Xtrem

Xtrem

आठौँ दिनका दिन बूढा शिक्षक मुखर भए। आँगनमा आएर चिच्याए- 'मेरो छोरो घुस खाँदैन, बुझिस् प्यारी बुढी!'

बूढीलाई फर्सीको मुन्टा केलाउन लागेको देखेर व्यङ्ग्यपूर्वक हाँस्तै उनी बाहिर आए। जिङ्ग्रिङ्ग कपाल, राता आँखा, मैलो लुगा, गाउँको आडमा पृथ्वी राजमार्ग लम्पसार परेको थियो। त्यहाँ चिया पसलनेर एउटा बस अडिएको देखेर हानिँदै आए र एउटा सुटबुट लगाएको यात्रीलाई हात हल्लाईहल्लाई भन्न थाले- 'बुझ्नुभो मेरो छोराले घूस खाँदैन। कहिल्यै खाँदैन। धरोधर्म खाँदैन। मेरो छोरो… तपाईंले चिन्नुभएको होला… हरिकृष्ण, अग्लो, गहुँगोरो छ, नाकनेर कोठी पनि विचार गर्नुहोला… कहिल्यै घूस खाँदैन…'

चिया पसलनेरको राणाकालीन परिचित वरपीपलको चौतारी र त्यो अपरिचित यात्री दुवै वाल्ल पर्छन्। उनी भने अन्य यात्रीहरुलाई पनि सोही कुरा बुझाउँदै छन्- 'गहुगोरो, अग्लो… नाकनेर कोठी, विचार गर्नुहोला… हरिकृष्ण, कहिल्यै घूस खाँदैन… बुझ्नुभो, मेरो छोरा घूस खाँदैन!'

सम्पूर्ण बस वाल्ल परेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्