काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य सुधार आएको छ। बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४.९४ अंकले बढेर २३२५.४५ विन्दुमा पुग्यो।
बिहीबार कारोबार सुरु भएपछि घटेको बजार अन्तिम समयमा भनेर बढेर बन्द भएको हो।
बिहीबार कारोबारमा आएका १२ मध्ये ५ समूहको उपसूचक घट्यो भने ७ समूहको उपसूचक बढ्यो। बिहीबार सबैभन्दा बढी 'अन्य' समूहको उपसूचक सबैभन्दा बढी २.०५ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक सबैभन्दा बढी ०.८५ प्रतिशतले घट्यो।
बिहीबार कूल २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ रुपैयाँमा किनबेच भयो।
एक साताको अन्तरालपछि मंगलबार बढेको सेयर बजार बुधबार पुन: ओरालो लागेको थियो। बुधबार सेयर बजार ३६.७३ अंकले घटेर २३२०.५१ बिन्दुमा झरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।