काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।
ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिसकिएको प्रजिअ उपाध्यायले बताए। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
अक्सिजन भर्ने क्रममा विष्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।