काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.५६ अंक बढेर २३२७.०८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६० अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १६ कम्पनकिो ४ लाख ९९ हजार ८८० रुपैयाँ ८० पैसा बराबरको ७१६ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।