काठमाडौं- नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले राजनीतिक सुधारका लागि लड्न एमाले प्रवेश गरेको बताएका छन्।
आज नेकपा एमालेमा प्रवेश गरेपछि बोल्दै उनले प्रहरी संगठनको सुधारमा लडाइँ लडेजस्तै राजनीतिक लडाइँ लड्ने बताए। बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेजमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले टीका लगाई उनलाई पार्टी प्रवेश गराएका हुन्।
प्रहरी नियमावली अनुसार राजीनामा स्वीकृत नभई पार्टी सदस्य बन्न मिल्छ र? भन्ने पत्रकारको प्रश्नमा उनले त्यसरी हेर्न नहुने बताए।
नेपाल प्रहरी प्रमुख 'आइजिपी' बन्न नपाएपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर प्रहरी प्रधान कार्यालयले सिलवालको राजीनामा आएपछि स्वीकृतिका लागि गृहमा पठाए पनि गृहको मानव स्रोत व्यवस्थापन महाशाखामा पुगेको छैन। महाशाखा प्रमुख सहसचिव ईश्वरराज पौडेलले सिलवालको राजीनामाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन्।
सम्बन्धित समाचार:
राजीनामाको टुंगो नलाग्दै नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।